धान दिवसमा रोपाइँको चटारो (फोटो फिचर)
आज देशभर असार १५ अर्थात धान दिवस मनाइएको छ । धान दिवसको अवसरमा देशभर धान रोपेर यो दिवस मनाइएको छ । सिँचाइको सहज पहुँच र आकाशे पानी परेको ठाउँमा धान दिवस भव्यरुपमा मनाइएको छ ।
काभ्रेमा ३४ प्रतिशत खेतमा रोपाइँ
देशको विभिन्न जिल्लाजस्तै काभ्रेपलाञ्चोकमा पनि २१ औँ राष्ट्रिय धान दिवस मनाइएको छ । कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, मण्डनदेउपुर नगरपालिका र राष्ट्रिय किसान आयोगको संयुक्त आयोजनामा मण्डनदेउपुर–८ धाइटारमा दिवस मनाइएको हो ।
गोरखामा ५ प्रतिशत रोपाइँ सम्पन्न
असार १५ गते धान दिवस मनाउँदै गर्दा गोरखामा जम्मा ५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अहिलेसम्म गोरखामा पानी नपर्दा अधिकांश किसानका खेतहरू बाझै रहेका कारण सोचेजस्तो रोपाइँ हुन नसकेको कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख मिरा चौधारीले जानकारी दिनुभयो ।
म्याग्दीमा २० प्रतिशत मात्रै रोपाइँ
हिमाली जिल्ला म्याग्दीमा असारको १५ गतेसम्म जम्मा २० प्रतिशतभन्दा धेरै रोपाइँ हुन सकेको छैन ।मङ्गला गाउँपालिका–३ बरंजा र बेनी नगरपालिका–४को अर्जेखोला क्षेत्रमा जेठबाटै रोपाइँ थालिएको भए पनि जिल्लाको समग्र धान रोपाइँ हुने क्षेत्र हेर्दा अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
असारे गीतले थकाइको महसुस हुँदैन
असार १५ मा गीत गाउँदै धान रोप्ने र दही चिउरा खाने परम्परागत चलन छ । सरकारले २०६२ साल असार १५ गतेदेखि यही दिनलाई धान दिवसका रूपमा मनाउँदै आएको छ ।
बाँकेमा दुई प्रतिशत मात्र रोपाइँ, किसान चिन्तामा
देशभर राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै गर्दा बाँकेका अधिकांश खेत खडेरीका कारण सुख्खा हुँदा जिल्लाका किसान चिन्तामा छन्।
ताप्लेजुङमा २९ प्रतिशत रोपाइँ सकियो
ताप्लेजुङमा हालसम्म उनन्तीस प्रतिशत धान रोपाइँ भएको छ। जिल्लामा जेठ महिनादेखि नै रोपाइँ सुरु हुने गरेको भए पनि यसवर्ष हालसम्म असार १५ सम्म २९ प्रतिशत मात्र रोपाइँ सकिएको हो।
रुपन्देहीमा २५ प्रतिशत रोपाइँ सम्पन्न
रुपन्देहीमा असार १५ गतेसम्म २५ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ । केही दिन अघि वर्षा भएपछि रुपन्देहीका विभिन्न ठाउँमा रोपाइँ सुरु भएको छ ।
हिलोमा रस्साकस्सी र दौड प्रतियोगिता
२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ को अवसरमा रुकुम पश्चिममा हिलोमा रस्साकस्सी र दौड प्रतियोगिता सम्पन्न गरिएको छ ।
बाजुरामा धान दिवस मनाइयो
बाजुरा नौ वटै स्थानीय तहले भव्य र सभ्य रूपमा धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन् । “जलवायुमैत्री कृषि धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ यहाँका स्थानीय तहले यो वर्षको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई भव्य रूपमा मनाएका हुन् ।
पानी नपर्दा किसानका खेत बाँझै
आज धान रोपाइँ दिवस भए पनि समयमा पानी नपर्दा यहाँका किसानको खेत बाँझै छन् । कैलालीका किसानले बोरिङको भरमा रोपाइँ गर्न बाध्य भएका छन् ।
युवालाई कृषि पेसामा आकर्षित गर्नुपर्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेसाप्रति युवापुस्ताको आकर्षण वृद्धि गर्न विशेष जोड दिएको बताउनुभएको छ ।
खेतीयोग्य जमिन नासिँदै
असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।
धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्ने बताउनुभएको छ ।
कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड
नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कृषि उब्जनी बढाउन किसानलाई यन्त्र एवम् उपकरण प्रयोगमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नवलपुरमा २० प्रतिशत रोपाइँ
नवलपुरमा धान रोपाइँ सुरु भएको छ । असारको दोस्रो साताबाट जिल्लाका विभिन्न ठाउँमा धान रोपाइँ सुरु गरिएको हो ।
उत्पादन बढाउन कृषि यन्त्र, मल खाद्य र सिँचाइको व्यवस्था गरिने
लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले कृषि उत्पादन बढाउन सरकारले आधुनिक कृषि यन्त्रको पहुँच बढाउनुका साथै सिँचाइ र मल खाद्यको उचित व्यवस्था गर्ने बताउनुभएको छ ।
अछामका उत्कृष्ट किसान पुरस्कृत
यहाँ जिल्लास्तरका उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ । २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा जिल्लाका उत्कृष्ट तीन कृषकलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।
धरानको कृषि बजारमा खसी, बोकाको बिक्री बढ्दै
धरान उपमहानगरपालिका-१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसी, बोका किनबेच बढ्न थालेको छ । साताको दुई दिन खसी, बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण र पहाडी भेगबाट व्यापारी आउने गरेका छन् ।
राष्ट्रिय धान दिवसमा पञ्चे बाजाको रमाइलो
सिन्धुली जिल्लामा यो वर्ष राष्ट्रिय धान दिवस-२०८१ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानमा मात्र नभई देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।
खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन
गङ्गा बुढाथोकी उमेरले पाँच दशक पार गर्नुभयो । उहाँको जीविकोपार्जनको मुख्य आधार नै कृषि हो । श्रीमान् हुँदासम्म खेतमा सहयोग हुन्थ्यो । भक्तपुरस्थित चाँगुनारायण नगरपालिका–९ की गङ्गालाई एकल भएपछि पनि एक्लै खेती सम्हाल्नुपरेको छ ।
राष्ट्रपति पौडेलद्वारा धान दिवसमा रोपाइँ
आज असार १५ गते अर्थात् धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरियो । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेलसहित सहभागी हुनुभयो ।
जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादनमा वृद्धि गर्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताउनुभएको छ ।