• १ कात्तिक २०८२, शनिबार

विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ

blog

राजकुमार भट्टराई 

खोटाङ, कात्तिक १ गते । आफ्नै विद्यार्थी बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक प्रधानाध्यापक पक्राउ परेका छन् । १३ वर्षीया छात्रालाई विद्यालयमै पटक पटक बलात्कार गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका –१ राखा बाङ्देलको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका हुन् । 

असोज २२ गते बालिकाको आफन्तले जाहेरी दिएपछि विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताउनुभयो । उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेर परिवारकै संरक्षणमा पठाइएको डिएसपी बुढाथोकीले बताउनुभयो । 

स्रोतका अनुसार पीडित बालिका गरिब परिवारको भएकाले प्रधानाध्यापककै आफन्तकोमा बस्दै आएकी थिइ्न । बालिकाले बताएअनुसार प्रधानाध्यापकले विद्यालयमै २ पटक बलात्कार गरेका हुन् । आफु दुई पटक बलात्कृत भएको बालिकाले बताएपछि आफन्तले प्रहरीमा जाहेरी दिएको बताइएको छ ।