देशभक्तिसँग जोडिएको राष्ट्रियता
राष्ट्रियताका सम्बन्धमा गरिने विवेचनामा ‘देशभक्ति’ अन्योन्याश्रित रहने भावनात्मक तत्त्व हो। देशभक्ति भन्नु देशप्रतिको प्रेम, आस्था, सम्मान, गौरवको अभिव्यक्ति हो। देशभक्ति व्यक्तिगत रूपमा बढी प्रकट हुन्छ। देशको भूगोलप्रतिको अपनत्व, इतिहासप्रतिको गौरवानुभूति, जनताप्रतिको प्रेम वा भातृत्व भावना, देशका अमूर्त वा भौतिक सम्पदा संस्कृतिप्रतिको मोह वा श्रद्धा आदि सबै देशभक्ति भावनाद्वारा निसृत हुने विषय हुन्। ती सबैमा मुलुकवासीको साझा भावना गाँसिएको हुन्छ। देशवासीको तिनकाप्रति रहने आस्था एवं विश्वासको वैयक्तिक श्रद्धानुभूति नै देशभक्ति भावना हो। इतिहासमा देशभक्ति भावनाले ओतप्रोत भएर हजाराँै नेपाली वीरले नेपाल निर्माणका खातिर रगत बगाएथे। नेपाल एकीकरणकालीन कालखण्ड नेपाली वीरहरूको देशभक्ति गाथाले भरिएको पाइन्छ। कत्रो देशभक्तिको भावना थियो मुलुक निर्माण र रक्षाका लागि! गाइनेहरूले सारङ्गी रेट्दै देशभक्तिका गाथाहरू गाउँदै हिँडेथे। आमाहरूले जवान छोराहरूलाई देशका खातिर शत्रुहरूसँग मुकाविला गर्दै रणभूमिमा विजयी भएर आउने आशीर्वाद दिएथे, त्यो देशभक्ति हो।
बजेट निर्माणमै बेमेल
केही दिनअघि विभिन्न सञ्चार माध्यममा पर्साको कालिकामाई गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच कुरा नमिल्दा तोकिएको समयमा बजेट आउन नसकेको, उपाध्यक्षलगायत गाउँ सभाका बहुमत सदस्यले सभाको बैठक बहिस्कार गरेको, राजस्व परामर्श समितिको बैठकसमेत नबसेको, वडामा बजेटको सिलिङ कम दिएको, अध्यक्षले मनपरी बजेट निर्माण गरेको, उपाध्यक्षको टिम अध्यक्षविरुद्ध पत्रकार सम्मेलन गर्न वीरगञ्ज पुगेको, यस्तायस्तै विषय समावेश भएको समाचार आयो।
साउनमा शिवको आराधना
आजकल यस्तो लाग्छ कि साउन महिना सुरु हुनु भनेको बजारमा हरिया, पहेँला पोते, चुरा र पहिरनहरूको सजिसजाउ हुनु। महिलाको सिउँदोमा सिन्दुर, निधारमा टीका र हत्केलामा मेहन्दी लगाउने रन्को बढ्नु हो। अवश्य पनि पौराणिक प्रचलन र संस्कारलाई हेर्ने हो भने साउन महिनामा देवी पार्वतीले कठोर तपस्या र साधना गरेर भगवान् शिवलाई प्रसन्न बनाएको प्रसङ्ग जोडिएर आउँछ। यसले श्रीमान्–श्रीमतीबीचको प्रेम र श्रद्धालाई कायम राख्न थप मद्दत अवश्य पुग्दछ तर भगवान् शिव र देवी पार्वतीको ध्यान, साधना, कल्याणकारिता सबै पक्षलाई बिर्सेर केवल शृङ्गार र शारीरिक सौन्दर्यतामा ध्यान दिएर मात्र, श्रीमान्का लागि प्रेम दर्शाएको भन्दा व्यावहारिक नहोला। त्यसमा पनि शिव मन्दिरको दर्शन गर्नु, शिवलिङ्गको पूजा गर्नुलाई वास्तविक अर्थ नै नबुझी व्याख्या र विश्वास गरिएको पाइन्छ । समर्थगुरु सिद्धार्थ औलिया बताउनुहुन्छ,
प्रतिनिधि सभा कार्यकालको अन्योल
संसारभर विधायन निर्माणको सर्वोच्च अधिकार व्यवस्थापिकालाई दिइन्छ। नेपालको सन्दर्भमा सङ्घीय संसद्, प्रदेश सभा र स्थानीय तह गरी तीन प्रकारका विधायन निर्माण गर्ने निकाय छन्। यी तीनमध्ये सङ्घीय संसद् विधायन निर्माण गर्ने उच्च थलो हो। यसर्थ, सङ्घीय संसद्ले निर्माण गर्ने कानुनले अन्य विधायिकाले बनाएको कानुनभन्दा सर्वोच्च हैसियत राख्ने गर्दछन्। हुन त विधायन निर्माण व्यवस्थापिकाको एक्लो प्रयासले मात्र सम्भव हुन सक्दैन। व्यवस्थापिकामा जननिर्वाचित प्रतिनिधि रहने भए तापनि विधि निर्माणमा सहभागितामूलक दृष्टिकोणको आवश्यकता रहन्छ। जसमा सरकार, नागरिक समाज, विज्ञ, विशेषज्ञ, सरोकारवाला निकायलगायत अन्य पक्षको समेत सहभागितामा कानुन निर्माण गर्ने प्रचलन बढ्दै गएको छ । लोकतान्त्रिक संसदीय शासन प्रणालीअन्तर्गत कानुन निर्माण गर्दा सबै जनताको इच्छाको प्रतिनिधितìव भइरहेको छ।
नयाँ विधिबाट प्रधानाध्यापक
ललितपुर महानगरपालिकाले २०७८ फागुन २७ गते प्रधानाध्यापक छनोटका काम गर्न मातहतका विद्यालयलाई परिपत्र ग-यो। निर्देशनको पालना गर्न कुपण्डोलको प्रगति शिक्षा सदन माध्यमिक विद्यालयले फागुन ३० गते प्रधानाध्यापक छनोट प्रक्रियामा सहभागी हुन इच्छुक शिक्षकसँग आवेदन माग ग-यो। आजका मितिसम्म प्रधानाध्यापक छनोट प्रक्रिया त्यो विद्यालयको सूचनापाटीमा मात्र सीमित छ। ललितपुरका अन्य सामुदायिक विद्यालयमा पनि अवस्था त यस्तै हो। महानगरपालिकाले ४५ दिनभित्र प्रधानाध्यापक छनोट प्रक्रिया अगाडि बढाउन पुनः असार १४ गते परिपत्र जारी गरेको छ तर प्रधानाध्यापक छनोट प्रक्रिया थाल्न विद्यालयका वर्तमान प्रधानाध्यापकको रुचि वा चासो देखिनेवाला छैन। खाइरहेको पद त्याग्न प्रधानाध्यापक चाहँदैनन् भन्ने अनुपम उदाहरण ललितपुरका विद्यालयहरू हुन्।
विश्वकै ठूलो मानवीय सङ्कट
दक्षिण एसियाली मुलुक अफगानिस्तानमा चरम मानवीय सङ्कट आइलागेको छ। त्यहाँका जनतालाई विद्रोही तालिबान सरकारले सुरक्षा र राहत दिन सकेन। त्यहाँ आर्थिक गतिविधि शून्य छन्। तालिबान सत्ताबाहिर हुँदा पनि जनताले चरम दुःख पाए भने सत्ता कब्जा गरेपछि त झन् अभिशाप सावित भएको छ। बहुसङ्ख्यक गरिब जनता एकातिर हिउँदको अत्यधिक चिसो र जाडोले सताइएका छन् भने अर्कातिर खान नपाएर मृत्युको मुखमा पुग्दै छन्।
हिंसा रोकथाम
विकृत मनस्थितिले अर्कालाई बिनाकारण हेप्ने, होच्याउने गालीगलौज गर्ने वा शारीरिक मानसिक रूपमा नराम्रो असर पार्ने गरी नकारात्मक व्यवहार गर्नु नै हिंसा हो। अनुशासनहीन अभद्र र अमर्यादित दुव्र्यवहारबाट हिंसाको सुरुवात हुन्छ । हिंसामा पीडित र पीडक दुई पक्ष हुन्छन् । पीडकले पीडितलाई बिनाकारण दुःख दिइरहेको हुन्छ भने पीडित निर्दोष हुँदाहुँदै पनि यातना सहिरहेको हुन्छ। यसको असरले जीवनमा लिने अप्ठ्यारा मोडका बारेमा त कल्पना नै गर्न सकिँदैन। पीडित र पीडक एक–अर्काप्रति सशङ्कित भइरहेका हुन्छन्।
सोच बदलौँ
देशमा सङ्घीयता र गणतन्त्रात्मक व्यवस्थाको औपचारिक अभ्यासले एक चक्र पूरा गरेको छ। संविधान सभाबाट निर्मित संविधानअनुसारको प्रशासनिक पुनर्संरचनापछि देश दोस्रो पटकको निर्वाचनको सँघारमा छ। हालसालै ७५३ अधिकार सम्पन्न स्थानीय तहमा निर्वाचन सम्पन्न भयो। त्यहाँ सरकार चुनिएर नागरिक सेवामा खटिदैछन्। अब चाँडै प्रदेश र सङ्घमा पनि निर्वाचन हुँदैछ।
भड्किलो सांस्कृतिक खर्च
व्यक्तिको आचरणमा आएको स्खलन भ्रष्टाचार हो। व्यक्तिगत फाइदाका लागि पद र अधिकारको दुरुपयोग हो यो । यसलाई सु–शासन निर्माणको तगारोको रूपमा लिइन्छ। यो विकासको बाधक हो। कु–शासनको सारथि पनि हो। अमेरिकी राष्ट्रपति जो बाइडेन भन्नुहुन्छ यो समाजको क्यान्सर हो, जसले नागरिकको प्रजातन्त्रप्रतिको विश्वास खर्लप्पै खाइदिन्छ। त्यति मात्र होइन यसले सिर्जनशीलता र नवीनतालाई घाइते बनाइदिन्छ। सभ्यताको विकासलाई अद्योगतितिर धकेलिदिन्छ। देशको इज्जत तथा प्रतिष्ठा माटोमा मिलाइदिन्छ। अन्ततः देशलाई असफल राष्ट्रको रूपमा परिणत गरिदिन्छ। भ्रष्टाचार निवारण ऐन, २०५
निर्वाचन संहिताको आवश्यकता
आवधिक निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ निर्वाचन स्वतन्त्र, स्वच्छ, पारदर्शी र भयरहित रूपमा सम्पन्न भएमा मात्र लोकतन्त्र बलियो भई जनमुखी शासन व्यवस्था कायम रहन सक्छ । यसका लागि जनताको चाहना, समाजको माग एवं आवश्यकता र नवीनतम प्रविधिलाई सम्बोधन गर्न नीतिगत रूपमा, कानुनी रूपमा र व्यवस्थापकीय रूपमा परिवर्तन र सुधार भइरहनु पर्दछ । शाब्दिक अर्थमा निर्वाचन भनेको प्रजातान्त्रिक मुलुकको विधायिकाका विभिन्न निकायमा प्रतिनिधित्व गर्ने व्यक्ति वा व्यक्तिलाई त्यसै मुलुकका आम बालिग जनताले मतदानद्वारा चुन्ने काम हो ।
विद्यार्थीलाई दण्ड सजाय
केही समयअघि ललितपुरको एक विद्यालयका शिक्षकले कक्षा पाँचमा पढ्ने ११ वर्षीय विद्यार्थीलाई निर्घात कुटपिट गरेको घटना बाहिरियो । पीडकलाई सजाय गर्न अभिभावक विद्यालय पुगे पनि विद्यार्थीलाई १२ कक्षासम्म निःशुल्क पढाइदिने सर्तमा घटना सामसुम बनाइयो । निजी विद्यालयमा नियुक्त गरिने अनुशासन इञ्चार्ज अर्थात् डीआई भन्ने वित्तिकै विद्यार्थी थर्थर भए पनि डीआईको आँखा छलेर विद्यार्थीबाट सामान्य गल्ती बदमासी भइरहेका हुन्छन् । यसैको निहुँमा विद्यालयका डीआईले सामान्य गल्तीमा पनि कठोर दण्ड सजाय र चरम यातना दिएका घटना बारम्बार बाहिरिइरहेका छन् । लाजिम्पाटको एक कलेजका विद्यार्थी डीआईले दिएको यातना सहन नसकेर आत्महत्या गरेको घटना बाहिरियो । सबैजसो निजी विद्यालयले डीआई नियुक्त गरी विद्यार्थीलाई तर्साउने वा दण्ड सजाय दिने कार्यले विद्यार्थीमा शारीरिक मात्र नभई मानसिक असरसमेत परेको देख्न सकिन्छ । केही वर्ष अघिसम्म डीआईको काम प्रधानाध्यापकले नै गर्दथे । प्रधानाध्यापकले विद्यालयको चौरमा विद्यार्थीलाई लाइन लगाएर वा आफ्नै कार्यकक्षमा बोलाएर निलडाम बस्ने गरी विद्यार्थीलाई हिर्काउनसम्म हिर्काउँथे । हाल केही अभिभावकको विरोधको आवाज विद्यालयसम्म पुग्न थालेपछि भने निजी विद्यालयका प्रधानाध्यापकले शिक्षकमध्येका खाइलाग्दा र जाइलाग्दा व्यक्तिलाई डीआईको पद र पावर थमाउने गरेका छन् ।
नजाने गाउँको बाटो सोध्नु किन ?
दुई वर्षअघि संसार कोभिड–१९ को महामारीसँग जुध्दै थियो । नेपाल पनि त्यस सङ्क्रामक रोगबाट अछुतो थिएन । त्यसैताका सङ्क्रामक रोग फैलिएजसरी नै सामाजिक सञ्जालमा एउटा फोटो छरपस्ट भयो अर्थात् ‘भाइरल’ भयो । ‘भाइरल’ भएको फोटो कुनै विदेशी उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका एक जनाले नेपाली भूमिमा पाइला राख्दै गर्दा नेपाल आमालाई शिर निहुराएर ढोग्दै गरेको थियो । त्यस्ता फोेटा अरू पनि आउने गर्छन् । तिनको अर्थ र सन्देश गहिरो छ । ‘भाइरल’ सामाजिक सञ्जालको विशिष्ट शब्द हो ।
कृषि अनुसन्धानमा चासो
संयुक्त राज्य अमेरिकाले एउटा नयाँ प्रजातिको स्याउ निकालेको छ । यसको नाम हो, क्रिम्सन क्रिस्प । वासिङ्टन स्टेट युनिभर्सिटीका प्राध्यापकद्वय ब्रुस ब्यारिट र केट इभान्सले यसका लागि अनवरत अनुसन्धान गर्नुभएको थियो । अनुसन्धानको अन्त्यतिर अथवा प्रतिफल आउनुअघि नै ब्यारिट सेवा निवृत्त हुनुभयो तर अनुसन्धान जारी राख्नुभयो ।
सुधारको थालनी शिक्षकबाटै
संविधान देशको मूल कानुन हो। नागरिकका अधिकार र कर्तव्यका साथै शासन व्यवस्था सञ्चालन गर्न सरकारलाई संविधानले नै मार्गदर्शन गरेको हुन्छ। नेपालको संविधानको भाग ३ मा व्यवस्था गरिएको मौलिक हकअन्तर्गत धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था छ। धारा ३१ को पाँच वटा उपधारामा शिक्षालाई नागरिकको आधारभूत अधिकारको रूपमा सुनिश्चित गरिएको छ।
राष्ट्रपतिमा आदिवासी महिला
दक्षिणी छिमेकी भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ। भारतको यस सर्वोच्च नागरिक पदमा पुग्ने उहाँ पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति हुनुभयो। मुर्मूलाई जितको निम्ति पाँच लाख ७७ हजार भोट सजिलै प्राप्त भयो जबकि उहाँका निकटतम प्रतिद्वन्द्वी भारतका भूतपूर्व विदेशमन्त्री यशवन्त सिन्हालाई दुई लाख ६१ हजार भोट प्राप्त भयो। विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारत आफ्नो स्वतन्त्रताको ७५औँ वर्ष (अमृत महोत्सव) मनाइरहेको छ। यस्तोमा एक आदिवासी महिला राष्ट्रपतिको पदमा निर्वाचित हुनु सामान्य उपलब्धि होइन। वर्तमान राष्ट्रपति रामनाथ कोविन्द दलित समुदायबाट आउँछन्। विगत साढेसात दशकमा भारतले तीन–तीन मुस्लिम राष्ट्रपति, दुई महिला, दुई दलित, एक आदिवासी र एक धार्मिक अल्पसङ्ख्यक शिख समुदायबाट राष्ट्रपतिको पदमा विराजमान गराएको छ। तमिलनाडुदेखि लिएर पश्चिम बङ्गालसम्मकालाई पनि प्रतिनिधित्वको अवसर प्राप्त भएको छ।
स्थानीय तह समृद्धिका सर्त
विगत तीन दशकलाई हामीले नियालेर हे-यौँ र मूल्याङ्कन ग-यौँ भने यसबाट भेटिने तथ्य धेरै होलान्। तीमध्ये देशको विकास भनेको सडक निर्माण, व्यक्तिगत समृद्धि भनेको निजी सवारीसाधनको उपयोग भन्ने बुझाइको बाहुल्यता, हरेक तहका नागरिकका लागि वैकल्पिक उर्वर गन्तव्य विदेश अनि राज्यका लागि विप्रेषण एक प्रमुख आर्थिक स्तम्भका रूपमा स्थापित हुन पुगेको छ। आजको दिनमा उभिएर मूल्याङ्कन गर्ने हो भने माथि उल्लेख गरिएका सबैजसो परिस्थिति चुनौतीपूर्ण बन्दै गएका छन्। राज्यका तीन तहका सरकारले हरेक वर्ष विनियोजन गर्ने बजेटमध्येको उल्लेख्य अंश विभिन्न खाले सडकको अध्ययन, निर्माण, मर्मत र सञ्चालनमा छुट्याउनु परेको छ। कुनै पेसा र व्यवसाय बनाएका हरेक नागरिकले आफ्नो आम्दानीको उल्लेख्य अंश दैनिक यातायात व्यवस्थापनमा छुट्याउनु परेको छ।
अबको अभियान ‘स्मार्ट कृषि’
समयको परिवर्तन सँगसँगै मानवीय जीवनशैली, रहनसहन र आवश्यकता परिवर्तन हुँदै गएका छन्। विशेषगरी विज्ञान र प्रविधिको द्रुततर विकासले मानव जीवनसँग सम्बन्धित हरेक क्षेत्रमा प्रभाव पारेको देखिन्छ। मानिसले दैनिक जीवनमा प्रयोग गर्ने वस्तु तथा सेवादेखि शिक्षा, स्वास्थ्य, विभिन्न उद्योग, कलकारखानामा समेत विज्ञान र प्रविधिको विकासले भारी परिवर्तन ल्याएको छ। यति मात्र होइन, हातमा बोकी हिँड्ने फोनदेखि बसोवास गर्ने गाउँ, सहरसम्मलाई नयाँ प्रविधि र प्राविधिक विकासको सहायताले ‘स्मार्ट’ बनाउने होडबाजी नै चलेको देखिन्छ। उदीयमान नयाँ प्रविधिहरू दिनचर्याको महत्त्वपूर्ण भाग बनिरहेका छन्। जस्तै– स्मार्ट फोन, स्मार्ट सहर, स्मार्ट गाँउ, स्मार्ट पर्यटन आदि। यसको असर कृषि क्षेत्रमा पनि परेको देखिन्छ। कृषि उत्पादन, वितरण, बजारीकरणजस्ता क्षेत्रमा समेत प्रविधिको प्रयोग गरी स्मार्ट कृषिको अवधारणा विकसित हुँदै गएको छ। सामान्यतया स्मार्ट कृषिले परम्परागत कृषि प्रणालीबाट नयाँ आधुनिक प्राविधिमैत्री कृषि उत्पादन प्रणालीत
सिमाना व्यवस्थापनमा तारबार
प्रधानसेनापति प्रभुराम शर्माको असार २३ गतेको एक मन्तव्यले एक प्रकारको तरङ्ग ल्याएको सङ्केत भोलिपल्ट, पर्सिपल्टका छापा र अन्य केही सञ्चारमाध्यमले दिएका हुन्। त्यसयता यो चर्चा बाक्लिएको छ । सीमा व्यवस्थापन दिनानुदिन टड्कारो चुनौती हुँदै आएको परिप्रेक्ष्यमा यो विषय बहसमा आउनु अनौठो होइन । “गतिलो बारबन्देजले असल छिमेकी बनाउँछ,” भन्ने महारथी शर्माको कथन अङ्ग्रेजीमा प्रचलित एक अभिव्यक्ति हो, ‘गुड फेन्सेस मेक गुड नेवर्स ।’ महारथी शर्माले यसै क्रममा थपेको देखियो, “यसो भए तापनि अन्तर्राष्ट्रिय सम्बन्धहरूको परिदृश्यमा अन्तर्राष्ट्रिय सीमाका आआफ्नै विशिष्टता र जटिलता रहने गरेको सर्वविदितै छ ।”
नेपाली कम्युनिस्टका गुरु
पुष्पलालको जन्म १९८१ असार १५ गते काठमाडौँमा भएको थियो। वंशका दाजु गङ्गालाल राणाशाहीविरोधी आन्दोलनमा १९८८ देखि लाग्नुभएको थियो। १९९७ सालमा राणाविरोधी आन्दोलनमा लागेका चार जना गङ्गालाल, धर्मभक्त, दशरथ चन्द र शुक्रराजलाई मृत्युदण्ड दिएपछि पुष्पलाल राणा शासन समाप्त नभएसम्म आजीवन लाग्ने प्रतिज्ञा गर्नुभयो। २००३ (१९४७ जनवरी २५) सालमा भारतको कलकत्तामा राणाविरोधी नेपाली राष्ट्रिय कांग्रेस गठन भयो। पुष्पलाल राष्ट्रिय कांग्रेसको कार्यालय सचिव भएर काम गर्न थाल्नुभयो। १४ अप्रिल १९४७ मा राष्ट्रिय कांग्रेसले सत्याग्रह गर्ने निर्णय ग-यो। त्यसमा पुष्पलालसहित २७ जनाले भाग लिएका थिए। राणाहरूले दमन गरे। आन्दोलनमा नलागेमा छोड्ने सर्तमा सबैलाई छोडे। राष्ट्रिय कांग्रेसभित्र दुई धार देखियो, डिल्लीरमण रेग्मी र बीपी कोइरालाबीच। कांग्रेसमा विवाद भएपछि पुष्पलाल पार्टी छोडेर कलकत्तातिर लाग्नुभयो।
बीपी र पुष्पलालको त्यो बाटो
नेपाली राजनीतिका शिखर पुरुष बीपी कोइरालाको साउन ६ गते र कम्युनिस्ट नेता पुष्पलालको ७ गते स्मृति दिवस मनाइयो। राजनीतिज्ञ, नेता, बुद्धिजीवी, कार्यकर्ता सबैले आआफ्नै तरिकाले यी दुई महापुरुषलाई सम्झिए। नेपाली कांग्रेसले आफ्ना संस्थापक बीपीलाई स्मरण ग-यो भने पुष्पलाललाई विभिन्न चिरामा विभक्त नेपालका अनेकौँ कम्युनिस्ट दलले शीर्ष पुरुषका रूपमा सम्मान प्रकट गरे। सालिकमा ढोगे, माला चढाए, मानौँ उहाँहरूले देखाएको पथमा नै नेपालको राजनीति चलिरहेको छ। यी दुई राजनेताका स्मरणमा अहिलेका नेताले खर्चिएका शब्द सुन्दा वर्तमानका नेता सिद्धान्त, आदर्श र व्यवहारका दृष्टिले अनुकरणीय छन्, प्रशंसनीय छन् र चरित्रका दृष्टिले सम्माननीय छन् भन्ने सबैलाई लाग्दथ्यो। बीपी र पुष्पलालबाट कोही टाढा पुगेजस्तो लाग्दैनथ्यो। जनताको चाहना त्यही नै हो तर वास्तविकता त्यस्तो नहुँदा भने सर्वत्र चिन्ता छाएको पाइन्छ।
प्रश्नपत्रमा खेलाँची
पाँच वर्षअघि त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकले पब्लिक युथ क्याम्पसमा अध्ययनरत एमबीएस पहिलो वर्षका १५० जना परीक्षार्थीको उत्तरपुस्तिका हराएपछि नतिजा रोकियो। नतिजा प्रकाशन गर्ने क्रममा मात्रै उक्त घटना थाहा पाएपछि उनीहरूलाई पुनः परीक्षा गरेर नतिजामा सामेल गराइयो। उत्तरपुस्तिकाजस्तो संवेदनशील विषयमा हेलचेक्र्याइँ गर्ने प्राध्यापकलाई विद्यार्थीले थाहा पाउने गरी कारबाही गरेको जानकारी भने गराइएन। त्रिविले दोषी प्राध्यापकलाई कारबाही गरेको दाबी गरे पनि चित्तबुझ्दो जानकारी कतैबाट आएन।
मिडिया उद्योगका सहयोगी
मिडिया उद्योगले आफ्नो व्यवसाय सुसञ्चालनका लागि अन्य उद्योगहरूसँग पनि सहकार्य गर्नुपर्ने हुन्छ। विज्ञापन, जनसम्पर्क, व्यावसायिक अनुसन्धान, मनोरञ्जन, वितरणलगायतका अनेकौँ क्षेत्रसँगको व्यावसायिक अन्तरसम्बन्धले मिडिया उद्योगलाई सफल बनाउने हो। मिडिया उद्योगको व्यवसायलाई सहयोग पु-याउने हुनाले त्यस्ता क्षेत्रलाई सहयोगी प्रणालीका रूपमा लिइन्छ। सहयोगी प्रणालीले मिडियाको सञ्चालन र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् र मिडिया पनि त्यस्ता प्रणालीको स्थापना, सञ्चालन एवं व्यावसायिक गतिविधिमा प्रत्यक्षतः जोडिएका हुन्छन्। यसरी मिडिया र सहयोगी प्रणालीहरू परिपूरकका रूपमा रहेका हुन्छन्।
दीन–दुःखीको भरोसा बनेको अस्पताल
नेपाली जनतालाई अस्पताल हेर्ने मौका राणा प्रधानमन्त्री वीरशमशेरले दिए। वीरशमशेरले वि.सं. १९४७ साउन १३ वीर अस्पताल स्थापना गरेका थिए। अस्पतालले आउँदो साता आफ्नो १३२औँ जन्मोत्सव मनाउँदैछ। केही शय्याबाट सुरु भएको अस्पतालमा अहिले ३५० भन्दा बढी शय्या रहेका छन्। यो हेर्दा अस्पतालले ठूलो फड्को मारेको पाइन्छ। राणाहरूका लागि सिंहदरबार वैद्यखाना पनि वीर अस्पतालभन्दा जेठो होला। अस्पतालको परिभाषा र इतिहासमा रोगीको सेवामा समर्पित भएका हिसाबले वीर अस्पताल नै जेठो ठहरिन्छ। किनकि अस्पताल गरिब नेपाली जनताका लागि प्राण रक्षकका रूपमा खडा भएको थियो। जबकी आजको परिस्थितिमा अस्पताल सङ्ख्याको वृद्धि भएयता पनि उपचार पद्धति महँगो भएकाले गर्दा गरिब सर्वहारा र दुःखले पीडित नेपाली वीर अस्पतालमै आउने गर्छन्। अस्पतालले स्तरीय
राजनीतिमा सम्मान र सम्मानको राजनीति
बहुदलीय व्यवस्था पुनस्र्थापनापछि २०५० तिर सर्वोच्च नेता गणेशमान सिंह र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्बन्ध धेरै नै बिग्रँदै गएका समाचार आइरहेका थिए। पत्रपत्रिका हेर्दा उहाँहरूबीचको गम्भीर कटुता स्पष्ट हुन्थ्यो, यस्तो कि उहाँहरूबीच सामान्य बोलचाल पनि हुँदैन। सम्भवतः २०५० को चियापान गणेशमानकै आयोजनामा उहाँकै निवास चाक्सीबारीमा भएको थियो। कार्यक्रममा प्रधानमन्त्री कोइराला आउनुहुन्छ कि हुन्न भनेर निकै चाख लागेको थियो। आँगनतिरको साइटबाट जेरी, निमकिन ल्याई बिस्तारै खाँदै अगाडि मूल गेटतिर नेत्री मङ्गलादेवी र सर्वोच्च नेता सिंह पाहुनाको स्वागतार्थ रहनुभएको स्थानमा कुरेर बस्यौँ, गिरिजाबाबु आउने हो कि होइन।