फलदायी हुने विश्वास
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा हुनुहुन्छ । ऐतिहासिक, सांस्कृतिक, धार्मिक र भाषिक पृष्ठभूमिबाट निर्मित नेपाल–भारत सम्बन्ध थप बलियो बनाउँदै नेपालको अर्थतन्त्र सुधार र विकास गतिविधिलाई बढावा दिने आशा र अपेक्षा छ । केपी ओली नेतृत्वको सरकारको पालामा द्विपक्षीय संवाद नै रोकिएको अवस्थाबाट तत्कालीन प्रधानमन्त्री देउवाले विश्वासको वातावर
नागरिक सरकार बनाउन जनादेश
दक्षिणपूर्वी एसियामा थाइल्यान्ड मात्र उपनिवेश बन्नबाट जोगिएको संवैधानिक राजतन्त्रात्मक मुलुक हो । त्यहाँ सन् १९३२ देखि राजतन्त्र संवैधानिक भयो । संवैधानिक भए पनि राजाको अधिकार धेरै छ । राजा र राजपरिवारको विरोधमा बोल्न र लेख्न पाइँदैन । राजाको विरोध गर्नेलाई १५ वर्षसम्म जेल सजाय हुन्छ । पछिल्ला दिनमा राजतन्त्रको विरोध हुन थालेको छ । राजतन्त्रको विरोध गर्ने दुई सयभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ ।
ज्येष्ठ नागरिकको दक्षता उपयोग
अहिलेको युग ज्येष्ठ नागरिकको हो । विश्वव्यापी जनसङ्ख्या वृद्धि भएसँगै नेपालमा पनि ज्येष्ठ नागरिकको जनसङ्ख्या बढेको छ । नेपालको जनगणना, २०७९ अनुसार अहिले नेपालमा कुल जनसङ्ख्याको १०.२१ प्रतिशत जनसङ्ख्या ज्येष्ठ नागरिकको छ । घट्दो जन्मदर र औसत आयुमा भएको वृद्धिले ज्येष्ठ नागरिकको जनसङ्ख्यामा अझै वृद्धि हुने देखिन्छ । जनसङ्ख्याको यस किसिमको प
प्रमको भारत भ्रमणका अपेक्षा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आजबाट मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमण हुँदै छ । सामान्यतया नेपालका हरेक प्रधानमन्त्रीबाट नियुक्तिलगत्तै भारत भ्रमण हुने गरेको इतिहास छ तर यसपालि प्रधानमन्त्री नियुक्त हुनुभएको पाँच महिनापछि मात्रै उहाँको भारत भ्रमण सम्पन्न हुन लागेको हो । भारतीय पक्षको कुरा गर्दा झन्डै एक दशकको अवधिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार पटक नेपाल भ्रमण गर्नुभएको पाइन्छ । सन् २०१४ अगस्टमा पहिलो पटक मोदी भारतको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
सार्वजनिक संस्थानको अवस्था
सार्वजनिक संस्थान स्थापना गर्नुको मुख्य उद्देश्य आमनागरिकको जीवनयापनमा सहजीकरण गर्नु नै हो । सार्वजनिक संस्थानका उद्देश्यलाई आर्थिक, सामाजिक र राजनीतिक गरी विभिन्न क्षेत्रमा विभाजन गर्न सकिन्छ । समग्रमा अत्यावश्यक वस्तु तथा सेवा सर्वसुलभ एवं सुपथ मूल्यमा उपलब्ध गराउने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, विकासका लागि पूर्वाधारको निर्माण गर्ने, न्यायपूर्ण एवं समतामूलक राज्यको स्थापना गर्ने, आयात प्रतिस्थापन गर्ने, सार्वजनिक क्षेत्रमा नयाँ आविष्कार गर्ने, राजस्
आर्थिक विकास साझा दायित्व
कुनै पनि शासन व्यवस्थाका आ–आफ्नै किसिमका शासकीय गुण र दोष हुन्छन्। शासकीय व्यवस्थाले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थालाई हेर्ने दृष्टिकोणको दायरा फराकिलो बनाउन सक्नु पर्छ। देश र जनताप्रति समर्पित भएर मुलुकको विशेषतामा आधारित आर्थिक प्रगतिका विशिष्ट माध्यमको अध्ययन गरी कार्यान्वयन गरेर उत्कृष्ट समृद्धिको मोडेल विकास गर्नु पर्छ। त्यसरी आफ्नै मौलिक विशेषतामा विकास गरिएको मोडेललाई कार्यान्वयन गरी त्यस क्षेत्रमा देखिएका कमीकमजोरी निरन्तर हटाउँदै परिष्कृत मोडेल बनाई आर्थिक समृद्धि हासिल गर्न सक्नु पर्छ।
सामाजिक क्षेत्रमा सुधारको सङ्केत
मुलुकको आर्थिक गतिविधि तथा आर्थिक एवं सामाजिक स्थिति प्रतिविम्बित गर्ने आर्थिक सर्वेक्षण भर्खरै सार्वजनिक भएको छ। आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणले मुलुकको आर्थिक क्षेत्रमा केही समस्या देखिए पनि सामाजिक क्षेत्रमा भने सुधारका सङ्केत देखिएको तथ्याङ्क सार्वजनिक गरेको छ। मुलुकको स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ, विद्युत्, सूचना प्रविधि आदि क्षेत्रमा आमनागरिकको पहुँच बढ्नुका साथै अन्य सामाजिक क्षेत्रका सूचकाङ्कमा समेत सकारात्मक परिणाम पाइएको सर्वेक्षणमा उल्लेख छ।
विसङ्गतिको विरोध, व्यवस्थाको प्रवर्धन
आधुनिक नेपालको सबै कालखण्डका क्रान्ति र आन्दोलनको साक्षीका रूपमा नेपाली पत्रकारिता रहेको छ । साक्षी मात्र पनि भनेर पुग्दैन होला, पत्रकारिता ती क्रान्ति र आन्दोलनको एउटा महत्त्वपूर्ण हिस्सेदार पनि बन्न पुगेको छ । क्रान्ति र आन्दोलनकै क्रममा कतिपय सञ्चार संस्थासमेत जन्मिएका छन् । । त्यसकारण नेपालको राजनीतिक परिवर्तन र मिडियाको सम्बन्ध एउटा शब्द वा वाक्य विशेषले मात्र व्याख्या गर्न पनि गाह्रो छ । मिडियाले आन्दोलनलाई सघाएको छ आन्दोलनले मिडिया जन्माएको पनि छ । आन्दोलनको सफलतालाई संस्थागत गर्ने पवित्र उद्देश्यले परिवर्तनसँगै मिडियाको सङ्ख्या पनि थपिने गरेको छ ।
सन्दर्भ : गणतन्त्र दिवस गणतन्त्रका उपलब्धि
नेपालमा गणतन्त्र घोषणा भएको आज जेठ १५ गते १५ वर्ष पूरा हुँदै छ । त्यसभन्दा अगाडि देशमा राजतन्त्र थियो र राजा नै राष्ट्रप्रमुख हुन्थे । विसं २०६२/६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधानअनुरूप सम्पन्न संविधान सभाको निर्वाचनपश्चात् गठन भएको संविधान सभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते राजतन्त्र उन्मूलन गरी नेपालमा गणतन्त्र स्थापना ग¥यो । त्यसपछिको संविधान सभाले डा रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा ग¥यो ।