जिसस गठनको प्रक्रिया सुरु
सर्लाहीमा जिल्ला समन्वय समितिको निर्वाचन प्रयोजनका लागि निर्वाचन कार्यक्रम अगाडि बढाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समिति गठनका लागि निर्वाचन कार्यक्रमको सूचना निकालेको हो ।
एनएमएको अध्यक्षमा निमानुरु निर्वाचित
नेपाल पर्वतारोहण सङ्घको शुक्रबार सम्पन्न निर्वाचनबाट निमानुरु शेर्पा निर्वाचित हुनु भएको छ । शेर्पाले प्रत्यासी राजेन्द्र मान श्रेष्ठलाई ६१३ मतान्तरले पछि पार्दै विजयी हुनु भएको छ ।
ढकारी गाउँपालिकाको कार दुर्घटना, उपाध्यक्ष घाइते
धनगढीबाट ढकारी आउँदै गरेको ढकारी गाउँपालिकाको कार अछामको साँफेबगर नगरपालिका ४ खाल्सैनको बुढीगंगा पुल नजिक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहान करिब ५ बजे भएको दुर्घटनामा गाउँपालिका उपाध्यक्ष नेत्रकला शाही र चालक लली नेपाली घाइते भएका भएका छन् ।
पाँच वर्षमै फेरियो गाउँको मुहार एउटा गाउँमा आठवटा सडक
पाँच वर्षअघिसम्म बिरामी पर्दा अप्ठ्यारो बाटोमा स्ट्रेचरमा बोकेर उपचारका लागि दरबाङ हुँदै सदरमुकाम बेनी, पोखरा तथा काठमाडौँ जानुपर्ने पश्चिम म्याग्दीको मालिका–२ रुम गाउँका बिरामीलाई अहिले गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा बसेर सहरका सुविधायुक्त अस्पतालमा जान पाएका छन् ।
जनावरको आक्रमण वृद्धि : दुई वर्षमा सैँतीस जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जबाट बाहिर निस्केका जनावरको आक्रमणबाट २६ महिनामा ३७ जनाको मृत्यु भएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यो अवधिमा सबैभन्दा धेरै बाघको आक्रमणबाट १७ जनाको मृत्यु भएको छ । बाघपछि गैँडाको आक्रमणबाट आठ र हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भएको हो । पछिल्लो तीन महिनायता मात्रै बाघको आक्रमणबाट नौ जनाको मृत्यु भएको पाइएको छ ।
लालपुर्जा ट्याङ्कामा, हलिया बस्तीमा सुनसान
मुक्तहलियाका लागि पाँच वर्षअघि डोटीको पूर्वीचौकी गाउँपालिका–२, बगलेक जङ्गलमा निर्माण गरिएको नमुना बस्ती सुनसान छ । नमुना बस्तीका १८ घर लथालिङ्ग छन् । लक्षित समुदायले सो स्थानमा बस्न नरुचाएपछि बस्ती राख्न सरकारले खर्च गरेको एक करोड रुपियाँ बेकाम भएको छ ।
विद्यालय बन्द गरेर यार्सा टिप्न पाटनतिर
रुकुमपूर्वमा शिक्षक र विद्यार्थी यार्सागुम्बा सङ्कलन गर्न हिँडेपछि विद्यालय बन्द भएका छन् । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका १, २ र ३ नम्बर वडाका अधिकांश विद्यार्थी यार्सा सङ्कलनका लागि पाटनतिर जाने गरेका छन् ।
दोलखा–नागदह सडक कालोपत्रे सुरु
दोलखाको भीमेश्वर नगरपालिका–२ मा रहेको दोलखा–नागदह सडकखण्डमा कालोपत्रे गर्न सुरु गरिएको छ । नगरपालिकाका इन्जिनियर राजुनारायण श्रेष्ठले एक करोड ७१ लाख ५८ हजार रुपियाँ (भ्याटबाहेक)को लागतमा सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने गरी गत मङ्सिर मसान्तमा सीएबी–नाति जेभीले ठेक्का सम्झौता गरेको जानकारी दिनुभयो । हालसम्म सडक स्तरोन्नतिको कामको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । अहिले ५५७ मिटर सडकमा प्रिमिक्स पिच हाल्ने काम भइरहेको छ । चालू आर्थिक वर्षभित्रै सक्ने गरी काम भइरहे तापनि मौसमको कारण काममा समस्या भइरहेको छ ।
विद्युत महशुल बुझाउन पनि रिचार्ज कार्ड
बैशाख अन्तिम साता बागलुङको ताराखोला पुग्नुभएका बागलुङ बजार निवासी सज्जनकुमार सिंह आफन्तको घरमा बास बस्नुभयो । रातको आठ बजेतिर घरमा झ्याप्प विजुली गयो । उहाँले ठान्नुभयो विद्युत प्रसारणमा केही समस्या भए होला । छरछिमेकीको घरमा झलमल उज्यालो थियो ।
ठूलो पार्टी बन्न गठबन्धन गरेका होइनौँ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले निर्वाचनमा ठूलो पार्टी बन्नका लागि मात्रै पाँच दलीय गठबन्धन नगरेको बताउनुभएको छ । काभ्रेको बनेपामा शुक्रबार भएको जनप्रतिनिधीको बधाई तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
घाइते महिलाको हेलिकोप्टरबाट उद्धार
भीरबाट लडेर घाईते हुुनुुभएकी एक जना बृद्ध महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उद्धार गरिएकी महिला नाँम्खा गाउँपालिका – ६ तील गाउँकी ९० वर्षीया याङ्जोम लामा रहनुुभएको छ ।
नवलपरासीमा ड्रागन फ्रुटको खेती शुरु, किसान उत्साहित
पश्चिम नवलपरासीको वर्दघाट नगरपालिकाको विभिन्न स्थानमा किसानहरुले ड्रागन फ्रुटको खेती शुरु गरेका छन् । नवलपरासीमा पहिलो पटक नमुना खेतीको रुपमा १४ महिना पहिला रोपिएको ड्रागन फ्रुटले निर्धारित समयमा नै उत्पादन दिन थालेपछि वर्दघाट नगरपालिका ६ का किसान देवीदत्त सापकोटा हर्षित हुनुभएको छ ।
दुई लाख ७० हजार रुपियाँसहित एक पक्राउ
झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गाबजारमा सुभृक्षा बचत तथा ऋण सहकारी संस्थाको ताला फोडेर रकम चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
लिलाम नहुँदा लाखौँ मूल्य बराबरको काठ कुहिँदै
यहाँ गैरकानुनी रुपमा ओसार पसारका क्रममा वरामद भएको काठ लिलाम नहुँदा राखेको ठाउँमै कुहिन थालेको छ । जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएका लाखौँ मूल्य पर्ने काठ लिलाम नहुँँदा कुहिन थालेका हुन् । चोरी तस्करीबाट बरामद गरिएका काठ लिलाम नहुँदा डिभिजन वन कार्यालय र त्यस मातहत रहेका सव डिभिजन कार्यालयमा कुहिन थालेका छन् ।
दिवा खाजा प्रभावकारी
सामुदायिक विद्यालयमा विद्यार्थी नियमित गराउन सरकारले सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ । विद्यालयमा नियमित दिवा खाजा सुरु भएपछि विद्यार्थीको सङ्ख्या बढेको छ ।
श्रीमानको हत्या आरोपमा इनरवती पक्राऊ
सप्तरीमा आफ्नै श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उहाँकै श्रीमतीलाई पक्राउ गरेको छ ।
विपक्षीद्वारा नीति कार्यक्रमको आलोचना
प्रदेश सभामा पेस भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि बिहीबारबाट छलफल आरम्भ भएको छ । सरकारको नीति तथा कार्यक्रमलाई लिएर प्रमुख प्रतिपक्ष दलले खरो आलोचना गरेको छ भने सत्तापक्षका सांसदहरूले बचाउमा उभिएर सुझाव व्यक्त गरेका छन् ।
करको दर घटाउने प्रतिबद्धता
पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मादी गाउँपालिका प्रमुख देवीजङ्ग गुरुङ, रूपा गाउँपालिका प्रमुख नवराज ओझा, माछापुच्छे गाउँपालिका प्रमुख मीनबहादुर गुरुङ तथा उपप्रमुख सीता अधिकारी एवं पोखराका वडाध्यक्षलाई सम्मान गरेको छ ।
लुम्बिनी कपास उद्योगमा आगलागी
रुपन्देहीको सैनामैनामा रहेको लुम्बिनी कपास उद्योगमा आगलागी भएको छ । सैनामैना नगरपालिका–६ कलौनी स्थित पुरानो बजार नजिक रहेको लुम्बिनी कपास उद्योगमा बिहानदेखि आगो लागेको हो ।
विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन
बाँकेमा विद्युतीय सवारीका लागि पहिलो पटक चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन भएको छ । कोहलपुर चौराहास्थित बीबी इन्टरप्राइजेजले विद्युतीय सवारीका लागि चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन गरेको हो ।
मोतीबिन्दुको समस्या बढ्दै
नेपालका पछिल्लो समय आँखामा दृष्टिदोष र मोतीबिन्दुको समस्या बढ्दै गएको पाइएको छ । खस्रेरोगका कारण हुने अन्धोपन निवारणमा नेपालले फड्को मारे पनि दृष्टिदोष, मोतीबिन्दु, जलबिन्दु, अल्छी आँखा, नवजात शिशुमा आँखा पाक्ने रोगलगायत आँखामा लाग्ने चोट पटकबाट आँखाको सुरक्षामा चुनौती बन्दै गएको छ ।
जिसस लमजुङको प्रमुखमा एमालेको गुरुङ
जिल्ला समन्वय समिति लमजुङको प्रमुखमा नेकपा (एमाले) का पूर्णबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । बिहीबार भएको निर्वाचनबाट १० मतकासाथ राइनास नगरपालिका ९ का गुरुङ प्रमुख पदमा बिजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी सुन्दरबजार नगरपालिका ७ निवासी नेपाली कांग्रेसका मुरली कुमालले ६ मत ल्याउनुभयो ।
हुम्लामा सुुपथ मुख्यमा तेल र मैदा बिक्री
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको सिमकोट शाखाबाट खाने तेल र मैदा बिक्री गरेको छ । उपभोक्ताको मागलाई ध्यानमा राखी लिमीटेडको प्रादेशिक कार्यालयद्वारा उपलब्ध भएको उक्त तेल र मैदा बिक्री गरिएको हो ।
फेरिदै रुम गाउँको मुहार
पाँच वर्ष पहिला गाउँमा सडक पुगेको थिएन । गाडी भेट्न पैदल हिडेर दरबाङ बजार झर्नुपथ्र्यो । दैनिक उपभोग्य वस्तुलगायतका सामग्री खच्चडलाई बोकाएर गाउँमा ल्याउनुपथ्र्यो । विरामीलाई अस्पताल लग्न स्ट्रेचरमा राखेर घण्टौंसम्म पैदल हिड्नुपर्ने बाध्यता थियो । पाँच वर्षअघि म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँका स्थानीयवासीका दुःख, पीडा भएपनि संघीयता कार्यान्वयन भएसँगै स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि दुर्गम रुम गाउँको मुहार फेरिएको छ ।