• ९ जेठ २०८१, बुधबार

ढकारी गाउँपालिकाको कार दुर्घटना, उपाध्यक्ष घाइते

blog

अछाम, जेठ २८ गते । धनगढीबाट ढकारी आउँदै गरेको ढकारी गाउँपालिकाको कार अछामको साँफेबगर नगरपालिका ४ खाल्सैनको बुढीगंगा पुल नजिक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहान करिब ५ बजे भएको दुर्घटनामा गाउँपालिका उपाध्यक्ष नेत्रकला शाही र चालक लली नेपाली घाइते भएका भएका छन् ।

चालक नेपालीको छातीमा चोट लागेको र उपाध्यक्ष शाहीलाई सामान्य चोट लागेकोमा बयलपाटा अस्पतालमा उपचारका लागि लगिएको स्थानीय हिरण्डबहादुर कुँवरले जानकारी दिनुभयो । 

दुर्घटनामा भएको बा २ झ ३७६५ नम्बरको कारमा रहेका गाउँपालिका अध्यक्षसहित अन्य चार जनालाई चोटपटक नलागेको साँफेबगर इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । धनगढीबाट प्रदेशस्तरीय अभिमुखिकरण सकेर कार्यक्रमबाट अध्यक्ष, उपाध्यक्षसहित ६ जना उक्त कारमा आइरहेको बताइएको छ । चालक निदाएका कारण कार भित्तामा ठोक्किएर सडकमा उत्तानो परेर दुर्घटना भएको भनाइ छ ।

Author

शिवराज ढुंगाना