शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बारा, वैशाख ५ गते । बारामा चट्याङ लागेर एक जना किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा जिल्लाको कोल्हवी नगरपालिका –५ सोनाभारका ३२ वर्षीय लुटावन चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।
खेतमा काम गरिरहेको समयमा उहाँलाई चट्याङ लागेको थियो । प्रहरीका अनुसार ठूलो हुरी बताससहित आएको वर्षाका क्रममा छठिघाट नजिकको खेतमा काम गरिरहेका बेला चौधरीलाई चट्याङ लागेको हो । चट्याङ लागेपछि उहाँ खेतमै ढल्नुभएको थियो ।
घटनास्थलमै गम्भीर घाइते भएका चौधरीलाई सँगै रहेका स्थानीयले तत्काल घरतर्फ लगेका थिए । घर पुर्याउँदा उहाँको मृत्यु भइसकेको प्रहरीले जनाएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक चौधरीको श्रीमती र दुई छोरा छन् । रासस