• ४ साउन २०८१, शुक्रबार

लिलाम नहुँदा लाखौँ मूल्य बराबरको काठ कुहिँदै

blog

सल्यान डिभिजन वन कार्यालय सल्यानमा राखिएको वरामद काठ । तस्विर : प्रतीक इच्छुक शर्मा ।

प्रतीक इच्छुक शर्मा

सल्यान,  जेठ २७ गते । यहाँ गैरकानुनी रुपमा ओसार पसारका क्रममा वरामद भएको काठ लिलाम नहुँदा राखेको ठाउँमै कुहिन थालेको छ । जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएका  लाखौँ मूल्य पर्ने काठ लिलाम नहुँँदा कुहिन थालेका हुन् । चोरी तस्करीबाट बरामद गरिएका काठ लिलाम नहुँदा डिभिजन वन कार्यालय र त्यस मातहत रहेका सव डिभिजन कार्यालयमा कुहिन थालेका छन् ।

जिल्लामा अहिले मुद्दा फैसला भइसकेको ५ सय क्युफिट र फैसला हुन बाँकी तीन सय क्युफिट गरी ८ सय क्युफिट काठ मौज्दात छ । डिभिजन वन कार्यालय सल्यान मुद्दा शाखाका विजय मुलामीले काठ तस्करी मुद्दामा पक्राउ परेको काठ, फायर लाइनमा ढलेर अवरुद्ध गरेका रुखहरु काटेर नजिकको कार्यालयमा राख्नेगरेको  वताउनुभयो ।

उहाँकाअनुसार लिलामका लागि पटक पटक सूचना जारी गर्दा पनि कुनै निकायले निवेदन नदिएको र मुद्दा चलिरहेको अवस्थामा त्यसको किनारा नलागुन्जेल केही गर्न मिल्दैन । मुद्दा किनारा लागिसक्दा काठ पनि कुहिसकेको हुन्छ ।

डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले लिलाम गर्दा काठको गुणस्तर धेरै खस्किसकेको हुँदा कुनै निकायले खरिद गर्न इच्छा व्यक्त नगरेको वताउनुभयो । उहाँका अनुसार मुद्दा प्रक्रिया समय लाग्दा काठ कुहिने समस्या रहेको छ । आर्थिक वर्ष २०७२–७३ देखि काठ लिलाम हुन नसकेको मुलामीले बताउनुभयो ।