• २९ वैशाख २०८१, शनिबार

एनएमएको अध्यक्षमा निमानुरु निर्वाचित

blog

काठमाडौं, जेठ २८ गते । नेपाल पर्वतारोहण सङ्घको शुक्रबार सम्पन्न निर्वाचनबाट निमानुरु शेर्पा निर्वाचित हुनु भएको छ । शेर्पाले प्रत्यासी राजेन्द्र मान श्रेष्ठलाई ६१३ मतान्तरले पछि पार्दै विजयी हुनु भएको छ । 

अध्यक्ष शेर्पाले ७३५ मत र श्रेष्ठले १२२ मत ल्याउनु भएको थियो । त्यस्तै गरी बरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे, प्रथमउपाध्यक्षमा आङदावा शेर्पा, द्धितिय उपाध्यक्षमा दावा याङजुम शेर्पा, महासचिवमा मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचत हुनु भएको छ । 

त्यस्तै तरी सदस्यहरुमा आङदावा शेर्पा, किसान गुरुङ, सिङगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नाम्ग्यल जङबु शेर्पा, पासाङ दावा शेर्पा, दिनेस तामाङ, निमाडोमा शेर्पा र डोमा शेर्पा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत गोकुलप्रसाद बुर्लाकोटीले जानकारी दिनुभयो । 

पर्वतारोहीहरु सहभागी रहेको नेपालकै ठूलो संस्थामध्ये  यस सङ्घले हाल नेपालका २७ वटा साना हिमालहरुबाट राजस्व सङ्कलन गरी व्यवस्थापन गर्दै आएको छ ।रेडबुकबाट चार जना छनौट हुने छ भने यसका लागि शनिबार (आज) निर्वाचन सुरु भएको छ ।