राजन रावत
हुम्ला, वैशाख ६ गते । सिमकोट-नेपालगन्जको हवाई भाडा यस पटक तेईस प्रतिशतसम्म वृद्धि भएको छ ।
हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगन्जको हवाई भाडा वृद्धि भएको हो । सिमकोटबाट नेपालगन्जको हवाई भाडा वृद्धि भएर एघार हजार ८१४ रुपियाँ पुगेको नेपाल एइरलाईन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले बताउनुभयो ।
यसअघि सो एयरलाईन्सले सिमकोटबाट नेपालगन्जको हवाई भाडा नौ हजार रुपियाँ प्रतियात्रु लिने गथ्र्यो । यसबाट हाल भाडा तेईस दशमलव बयासी प्रतिशत वृद्धि भएको छ ।
त्यसैगरि तारा एयरले पनि एघार हजार पाँच सय रुपियाँ भाडा लिने गर्छ । यता सीता एयरले हजार चार सय रुपियाँ प्रतियात्रु भाडा लिने गरेको सो एयरका सिमकोट स्टेशनका सहायक प्रमुख सुर्य लामाले बताउनुभयो ।
यता नेपाल समिट एयरले प्रतियात्रु एघार हजार पाँच सय रुपियाँ लिदै आएको छ । नीजि एयरलाईन्सहरुले नेपालगन्ज सिमकोटको उडान भर्दा चार्टर उडान भर्ने गरेको भएपनि सिमकोट नेपालगन्जको सेडुअल उडान नै भर्ने गथ्र्ये ।
यता हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवा अबरुद्ध भएको छ । सेडुअल उडान गर्ने जहाजहरु नेपालगन्ज नभएको कारण उडान हुन नसकेको हो । उडान भएपछि दुवैतर्फका यात्रुहरु मर्कामा पर्नुभएको छ ।
त्यसैगरि हुम्लामा पेट्रोल र डिजेलको अभाव देखिन थालेको निर्माण ब्यवसायी सरोज रावतले बताउनुभयो । उहाँकाअनुसार पाउनै कठिन र फाट्टफुट्ट पाएपनि डिजेल प्रति लिटर २३६ रुपियाँ र पेट्रोल प्रतिलिटर २८० रुपियाँमा बिक्री भई रहेको छ ।