• ४ जेठ २०८१, शुक्रबार

हुम्लामा सुुपथ मुख्यमा तेल र मैदा बिक्री

blog

राजन रावत

हुुम्ला, जेठ २६ गते । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको सिमकोट शाखाबाट खाने तेल र मैदा बिक्री गरेको छ । उपभोक्ताको मागलाई ध्यानमा राखी लिमीटेडको प्रादेशिक कार्यालयद्वारा उपलब्ध भएको उक्त तेल र मैदा बिक्री गरिएको हो । 

लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद आचार्यका अनुुसार यस वर्ष दुुई हजार आठसय लिटर खाने तेल र चारसय क्वीन्टल मैदा सुपथ मुल्यमा बिक्री गरिएको छ । यी दुुवै खाद्य सामग्री बजारमा महङ्गो पर्नेगरेकाले उपभोक्तालाई केही रुपमा भए पनि राहत दिन पहिलो पटक तेल र मैदाको बिक्री गरिएको उहाँले बताउनुुभयो । 

तेलमा धारा र स्वस्तिक रहेको उहाँले बताउनुभयो । मैदा यस वर्षका लागि दुुईसय क्वीन्टल जिल्लामा ढुवानी भएर बिक्री गरिएको र दुुईसय क्वीन्टल अझै ढुवानी हुन बाँकी रहेको उहाँको भनाई छ । मैदा प्रतिकेजी ७५ रुपियाँमा बिक्री गरिएको छ । जबकि बजारमा यसको मूल्य १८० रुपियाँ प्रतिकेजी पर्छ । लिमीटेडले धारा तेल प्रतिलिटर २८० रुपियाँ र स्वस्तिक तेल २६० प्रतिलिटरमा बिक्री गरेको छ । 

सर्वसाधारणले बजारमा धारा तेल प्रतिलिटर ३९० रुपियाँ र स्वष्तिक तेल प्रतिलिटर ३१० रुपियाँमा खरिद गर्दै आउनुुभएको छ । लिमिटेडको तेल र मैदा सस्तो पर्ने भएपछि उपभोक्ताले थप कोटाको माग गर्नुभएको आचार्यले बताउनुभयो ।