हराउँदै काठका भाँडा
सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा परम्परागत रूपमा प्रयोग हुने गरेको काठका भाँडा लोप हुँदै गएका छन् । घरेलु रूपमा प्रयोग हुने काठका भाँडाको सट्टामा बजारमा किन्न पाइने आधुनिक सामानको प्रयोग बढ्दै गएपछि काठका भाँडा लोप हुँदै गएका हुन् । प्लास्टिक, आल्मुनियम र सिल्भरका भाँडाको प्रयोग बढ्दै गएपछि गाउँघरमा प्रयोग हुने काठका ठेकी, हर्पे, कुरुवा, पाथीजस्ता काठको भाँडा लोप हुँदै गएको स्थानीय बासिन्दा बताउँछन् ।
यात्रु ठग्दै बाराका अटो र ई–रिक्सा
कलैयामा सञ्चालित अटो र ई–रिक्साले सर्वसाधारणलाई ठग्ने गरेको पाइएको छ । मनोमानी दोव्वर भन्दा बढी भाडा असुल गर्दै सेवाग्राहीलाई ठग्ने गरेको पाइएको छ ।
माछामासुनै नखाने र पशुपंक्षी नपाल्ने जनजातिको गाउँ
प्रत्येक सुखदुखका कामकाजमा मासु र जाँडरक्सी जनजातिका लागि अनिवार्यनै हुन्छ अर्थात कुलमै चडाउनु पर्ने हुन्छ । तर धनकुटाको शहिदभूमि गाउँपालिकाको गुर्धम, रातमाटे, सुन्तलाबारी, चिच्चे, पोखरे, अखुवाटार, साम्वुगाउँ र सिरवानी गाउँका जनजातिहरु यो परम्परा भन्दा टाडा छन् । उहाँहरु गाउँनै जुटेर माछामासु नखाने र पशुपंछि समेत नपाल्ने गरेको पाइएको छ ।
औद्योगिक प्रदर्शनी सफल बनाउन सहयोग प्रस्ताव
चितवन उद्योग संघले सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई सफल बनाउन सातवटै प्रदेशसँग सहयोग प्रस्ताव पेश गरेको छ । दिगो आर्थिक विकासका लागि औद्योगिक प्रवर्धन भन्ने नारासहित चितवन उद्योग संघको आयोजनामा आगामी पुस १, २ र ३ गते आयोजना हुने प्रदर्शनीलाई सफल बनाउन प्रस्ताव पेश गरेको हो ।
जिल्ला समन्वय समिति रामेछापमा गठबन्धन विजयी
जिल्ला समन्वय समिति रामेछापको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । आइतबार मन्थलीमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धन प्यानल विजयी भएको हो ।
प्रमुख दलका कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा
कैलालीमा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता कार्यकर्ताहरू नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । आज टीकापुरमा आयोजित कार्यक्रममा काँग्रेस महासमिति सदस्य अरुण चौधरी, जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीपकुमार चौधरी सो पार्टीमा प्रवेश गर्नुभयो ।
समन्वय समिति सल्यानमा गठवन्धन विजयी
जिल्ला समन्वय समिति सल्यानमा सत्ता साझेदार दलको गठवन्धन विजयी भएको छ । प्रमुखमा नेपाली कांग्रेसका वेलाराम रावल र उपप्रमुखमा माओवादी केन्द्रका असवीर बुढाथोकी विजयी हुनुभएको हो ।
पिप्लाङका आगलागी पीडितलाई राहत सहयोग
चंखेली गाउँपालिकाको पिप्लाङमा भएको आगलागी पीडितलाइ कर्णाली सरकारले राहत उपलब्ध गराएको छ । गाउँपालिकाको पहलमा आगलागी पीडितलाई राहत प्रदान गरिएको हो । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट लाखौ रकम बराबरको राहत सामग्री अग्नि पीडितलाई सहयोग गरेको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिनुभयो ।
तीनसय किसानलाई कृषि उपकरण वितरण
रुपन्देही सिद्धार्थनगरका तीनसय बढी किसानलाई विभिन्न कृषि उपकरण प्रदान गरिएको छ । दोगहरी स्मार्ट कृषिगाउँ कार्यक्रमको स्वीकृत आर्थिक वर्ष २०७८–७९ अन्तर्गत सिद्धार्थनगर–१० का किसानहरुलाई कृषि उपकरण उपलव्ध गराइएको हो । कृषि ज्ञान केन्द्र रुपन्देहीबाट अनुदान प्राप्त सामग्री वितरण गरिएको छ ।
उमेर बढाएर २७ वर्षदेखि वृद्ध भत्ता बुझेको भेटियो
नेपाली नागरिकताको प्रमाणपत्रमा आफैले जन्म मिति बढाएर २७ वर्षदेखि वृद्ध भत्ता लिनेगरेको रहस्य पत्ता लागेको छ । बैतडीको डिलासैनी गाउँपालिकाका ती बृद्धले २०५२ सालदेखि हालसम्म वृद्ध भत्ता लिनेगरेको पत्ता लागेको हो । वृद्ध भत्ता लिने डिलासैनी गाउँपालिकाका अन्य १२ जना पनि अनुसन्धानको दायरामा छन् ।
मानव अधिकारको संरक्षण गर्नु सबैको दायित्व
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मानवअधिकारको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आइतबार सुर्खेतमा आयोजित कर्णालीमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राज्यका निकायसँगै हरेक नागरिकले इमान्दारितापूर्वक कर्तव्य पालना गर्न सके मानवअधिकारको संरक्षण हुने बताउनुभयो । मुख्यमन्त्री शाहीले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् भएकोतर्फ सचेत बन्नुपर्ने धारणा राख्नुभयो । संविधानमा सबैको हकअधिकारको सुनिश्चितता भएको भन्दै उहाँले त्यसको पालनाका लागि राज्य, निजी क्षेत्र, नागरिक समाज सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक योगदान गर्नुपर्ने बताउनुभयो ।
भक्तपुरको बोडेस्थित टहरामा पुरुषको शव फेला
भक्तपुरको बोडेस्थित निर्माणाधिन टहरामा एक पुरुषको शव फेला परेको छ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका-८ बोडेस्थित निर्माणाधिन टहरामा ५१ वर्षीय कल्याण साहुको शव फेला परेको हो ।
अझै बनेन विपत् कार्ययोजना
सुदूरपश्चिम प्रदेशमा यस वर्षात्मा औसतभन्दा बढी ५५ देखि ६५ प्रतिशत वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको भए पनि विपत् प्रतिकार्य योजना अझै बन्न सकेको छैन । नेपालमा मनसुन भित्रिएको एक हप्ता भइसकेको छ ।
राष्ट्रिय उत्पादनमा सात प्रतिशत योगदान
कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सुदूरपश्चिम प्रदेशको योगदान ७ प्रतिशत रहेको छ । आव २०७७/७८ मा राष्ट्रिय उत्पादनमा यस प्रदेशको योगदान ७ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा पनि त्यति नै रहने अनुमान छ ।
‘भाषा संस्कृति जोगाउनुपर्छ’
प्रदेश–१ का स्वास्थ्य मन्त्री जयराम यादवले नेपालीहरूले आफ्नो भाषा, कला र जातीय संस्कृति जोगाउनु पहिलो आवश्यकता भएको बताउनुभएको छ । शनिबार इलाममा सुरु भएको राष्ट्रिय गणित सम्मेलनको उद्घाटन गर्दै मन्त्री यादवले अहिले नानीहरूले अङ्ग्रेजी भाषा फर्रर बोले भने अभिभावकहरू खुसी हुने गरेको भन्दै आफ्नो भाषाभन्दा अङ्ग्रेजीलाई प्राथमिकता दिनु गलत भएको बताउनु भयो ।
तमोर आयोजनाबाट स्थानीय उत्साही
पूर्वको तमोर नदीमा बन्ने भनिएको तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको निर्माणको लागि चाइना पावर कम्पनीले जिम्मा लिएपछि यस क्षेत्रका नागरिक उत्साही छन् । राष्ट्रिय गौरवको तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना ७६२ मेगावाट विद्युत् उत्पादन क्षमताको हुनेछ । आयोजना निर्माणका लागि लगानी बोर्डले चाइना पावर कम्पनीलाई जिम्मा दिएपछि तेह्रथुम, पाँचथर, ताप्लेजुङ र धनकुटावासीमा खुसी छाएको छ ।
रामकली छ दिनदेखि सम्पर्कविहीन
लालझाडी गाउँपालिका–३ पर्सियाकी ३८ वर्षीया रामकली राना छ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । उनी फूपू भेट्न बेदकोट नगरपालिकाको दैजी जान्छु भनेर यही जेठ २३ गते घरबाट निस्केकी थिइन् ।
सुदूरपश्चिममा अझै बनेन विपद् कार्ययोजना
यसवर्ष मनसुनमा सरदरभन्दा बढी वर्षा हुने भनिएको सुदूरपश्चिम प्रदेशमा विपद् प्रतिकार्य योजना अझै तयार हुन सकेको छैन ।
हावाहुरीले केराखेतीमा क्षति
कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ ।
कालीगण्डकी करिडोरमा पहिरोको सास्ती
कालीगण्डकी कोरिडोरमा बारम्बार पहिरो खस्ने समस्याले यात्रु र सवारीलाई समस्या पर्ने गरेको छ । यसअघि नेपाली सेनाले बम विस्फोट गरी कोरिडोरको हर्मिचौर–पूर्तिघाट सडकखण्ड सामान्य अवस्थामा फर्काए पनि पानी परेपछि पहिरो खस्ने समस्या यथावत् रहेको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा कोरिडोरमा बारम्बार पहिरो खस्ने समस्याले यात्रु र सवारीलाई समस्या पर्ने गरेको बताउनुहुन्छ ।
भूमिहीनको लगत सङ्कलन सुरु
भूमि आयोगले बैतडीले भूमिहीनलाई जग्गा वितरण गर्न लगत सङ्लन सुरु गरेको छ । आयोगले लगत सङ्कलन सुरु गरेपछि २०५१ सालमा लालपुर्जा पाएर कित्ता पत्ता नलागेका २२६ सुकुम्बासी जग्गा पाइने भन्दै खुसी भएका छन् ।
कार्यसम्पादन सन्तोषजनक देखिएन
बागमती प्रदेशका मन्त्रालय र मातहतका कार्यालयको कार्यसम्पादन सन्तोषजनक नरहेको पाइएको छ । बागमती प्रदेश सभाअन्तर्गत लेखा समितिले सरकारमा आफ्नै नीति तथा कार्यक्रममा समावेश भएका अधिकांश कार्यक्रम कार्यान्वयन नभएकाले सरकारको कार्यसम्पादन अवस्था सन्तोषजनक नरहेको पाइएको निष्कर्ष निकालेको हो ।
जीप दुर्घटना उपाध्यक्षको मृत्यु, अध्यक्ष सहित पाँच घाईते
कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी चढेको गाडी इलामको हर्कटेमा दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनमा ५ जना घाइते भएका छन् ।
खोलाले बगाउँदा तनहुँमा एकको मृत्यु
खोलाले बगाउँदा एक व्यक्तिको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–१० कुखुरे खोला बस्ने ५२ वर्षीय यामबहादुर बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।