• १४ असार २०८१, शुक्रबार

कालीगण्डकी करिडोरमा पहिरोको सास्ती

blog

तिलाचन पाण्डे

तम्घास, जेठ २९ गते । कालीगण्डकी कोरिडोरमा बारम्बार पहिरो खस्ने समस्याले यात्रु र सवारीलाई समस्या पर्ने गरेको छ । यसअघि नेपाली सेनाले बम विस्फोट गरी कोरिडोरको हर्मिचौर–पूर्तिघाट सडकखण्ड सामान्य अवस्थामा फर्काए पनि पानी परेपछि पहिरो खस्ने समस्या यथावत् रहेको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा कोरिडोरमा बारम्बार पहिरो खस्ने समस्याले यात्रु र सवारीलाई समस्या पर्ने गरेको बताउनुहुन्छ ।

विगतका वर्षहरूदेखि यो समस्याले सताएको स्मरण गराउँदै उहाँले पहिरो पन्छाउन गाउँपालिकाले धेरै बजेट खर्चिनुपरेको उहाँको भनाइ छ । स्थानीय सरकार भएकाले पनि बाटोलाई पहिरोका कारण अवरुद्ध राख्न मिल्दैन, उहाँले भन्नुभयो, सडक खुलाउन धेरै रकम खर्चिन बाध्य छौँ । 

यो सडकमा नियमित डोजर तयारी अवस्थामा राख्नुपर्ने बाध्यता भएको बाध्यता छ । कति बेला कहाँ पहिरो जान्छ भनेर डोजर तम्तयार राख्नुपरेको उहाँ बताउनुहुन्छ । 

कोरिडोर सडक पानी परेपछि पहिरो झर्ने समस्याले गर्दा हर्मिचौरदेखि गाउँपालिका केन्द्र पूर्तिघाटसम्म कार्यालय कामले आवतजावतमा समेत समस्या हुने गरेको स्थानीय तिलक रानाले गुनासो गर्नुभयो । यता कालीगण्डकी कोरिडोर गैडाकोट, राम्दी, मालढुङ्गा सडक आयोजना मर्मत सम्भारका लागि बजेटको माग गरिएको सम्बद्ध अधिकारी कल्पना अधिकारीले बताउनुभयो ।