• १ माघ २०८२, बिहिबार

कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुन सकेन :नेता डा.कोइराला

blog

फाइल तस्बिर ।

काठमाडौँ, माघ १ गते ।नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्ने प्रयास सफल हुन नसकेको बताउनुभएको छ ।

नेता डा.कोइरालाले आज एक विज्ञप्ति जारी गरी कांग्रेसलाई एकताबद्ध राख्ने आफ्नो प्रयास सफल हुन नसकेको र यस घटनामा संलग्न हामी सबै चुकेको बताउनुभयो ।

डा कोइरालाले कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनुपर्छ भन्ने सोचका साथ इमानदार प्रयास गरे पनि विभाजनबाट पार्टीलाई जोगाउन नसकेकामा दुःख व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा आफ्नोसामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहासको गौरवलाई जोगाउने जिम्मेवारी रहेको बताउनुभयो ।

नेता डा कोइरालाले अहिलेको विषम परिस्थितिमा पार्टीभित्र एकताको खाँचो रहेको उल्लेख गर्दै सुदृढ कांग्रेसका पक्षमा एक हुन अनुरोध गर्नुभयो ।

नेता डा कोइरालाले पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया नरोकिने भन्दै सबैलाई आफ्नो घरमा फर्कन विज्ञप्तिमार्फत आह्वान गर्नुभएको छ । रासस