२८ जेठ २०७९, शनिबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
२८ जेठ २०७९, शनिबार
३ वर्ष पहिले
इलाम, जेष्ठ २८ गते । कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी चढेको गाडी इलामको हर्कटेमा दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनमा ५ जना घाइते भएका छन् ।
शुक्रबार साँझ भएको दुर्घटनामा संस्थाका उपाध्यक्ष इश्वरीप्रसाद खरेलको मृत्यु भएको छ । कर्णाली साकोसका पदाधिकारी चढेको स्करपियो गाडी बिर्तामोडबाट इलामतर्फ आउदै गर्दा साँझ हर्कटेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सहकारीका अध्यक्ष टिएस प्रधान, कोषाध्यक्ष एकराज विष्ट, सदस्य गणेश पराजुली लगायत घाइते हुँनु भएको छ । घाईतेको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।
प्रेम अधिकारी