• २१ असार २०८१, शुक्रबार

समन्वय समिति सल्यानमा गठवन्धन विजयी

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, जेठ २९ गते । जिल्ला समन्वय समिति सल्यानमा सत्ता साझेदार दलको गठवन्धन विजयी भएको छ । प्रमुखमा नेपाली कांग्रेसका वेलाराम रावल र उपप्रमुखमा माओवादी केन्द्रका असवीर बुढाथोकी विजयी हुनुभएको हो । 

समन्वय समितिका लागि २० मत रहेको सल्यानमा प्रमुखका उम्मेदवार रावलले १५ र उपप्रमुखका उम्मेद्बार बुढाथोकीले १४ मत प्राप्त  गर्नुभयो । प्रमुखमा नेकपा (एमाले) का उम्मेद्बार नारायणी खत्री रावतले ५ मत र उपप्रमुखमा बेलबहादुर चन्दले ५ मत  प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेकाअनुसार सदस्यहरुमा कांग्रेसका बालकृष्ण भण्डारी, हिराकुमारी शाह र बिमलाकुमारी खत्री, माओवादी केन्द्रबाट बिन्दु पुन र जमुना बिक निर्वाचित हुनुभयो । 

यस्तै, नेकपा (एकीकृत समाजबादी) बाट चेतबहादुर गिरि र हरिलाल खत्री निर्वाचित हुनुभएको छ । यहाँ रहेका १० पालिकामध्ये कांग्रेस ८, माओवादी केन्द्र ६, एमाले ५ र एकीकृत समाजबादीका १ जना मतदाता थिए । कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समन्वय निर्वाचनका लागि गठवन्धन गरेका थिए । एमाले एक्लै चुनावमा सहभागी भएको थियो ।