छ महिनामा छ जनाको मृत्यु
बर्दियामा मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि भइरहेका छन् । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वन्यजन्तुको आक्रमणमा परेर जिल्लामा छ जनाले ज्यान गुमाएका छन् । पछिल्ला वर्षमा मध्यवर्ती क्षेत्रका सामुदायिक वनक्षेत्र तथा त्यस आसपासका वस्तीमा वन्यजन्तुको आवतजावत बढेसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि हुँदै गएका छन् ।
बहुउद्देश्यीय सभा हल निर्माण तीव्र
जुम्लामा झन्डै पाँच सय जना अट्ने क्षमताको बहुउद्देश्यीय सभा हल निर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ । तत्कालीन जिल्ला विकास समितिका संरचना जीर्ण भइरहेका समयमा कार्यालय भवनसहित नयाँ बहुउद्देश्यीय सभा हल निर्माण भइरहेको हो ।
खस राज्यको इतिहास सङ्कटमा
जुम्लाको सिँजा उपत्यकास्थित खस राज्यको सभ्यता तथा खस राज्यको दरबार क्षेत्र संरक्षण नगरिँदा इतिहासका कतिपय तथ्य सङ्कटपूर्ण अवस्थामा पुगेका छन् । उचित संरक्षण र उत्खननको अभावमा इतिहास नै नरहने अवस्थामा पुगेका हुन् ।
काम गर्ने व्यक्तिलाई भोट
जुम्लाका नागरिकले विकासनिर्माणमा सक्रिय रहने र जनताको आवाज बोकेर संसद्सम्म पु¥याउने व्यक्तिलाई आगामी निर्वाचनमा भोट दिने बताएका छन् । विगतका निर्वाचनका अनुभव र जनप्रतिनिधिको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा यस पटक नागरिक सचेत र जिम्मेवार निर्णय गर्न चाहेको देखिन्छ ।
गन्तव्य सूचीमा परेको गिद्धेडाँडाको बेवास्ता
सात वर्षअघि सङ्घीय सरकारको पर्यटन मन्त्रालयले भेरीगङ्गा नगरपालिका–५ को गिद्धेडाँडालाई एक सय गन्तव्य सूचीमा घोषणा गरेको थियो । २०७६ मा सङ्घीय सरकारले देशभरका एक सय गन्तव्य सूचीमा पारेर ५० लाख बजेट पनि विनियोजन ग¥यो ।
जीवनस्तर सुधार्ने योजना प्राथमिकतामा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने योजनालाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभएको छ ।
जङ्गली हात्तीको आतङ्क बढ्दै
कञ्चनपुरका बस्तीमा जङ्गली हात्ती प्रवेश गरेर आतङ्क मच्चाउन थालेको छ । पुस पहिलो सातादेखि बस्ती प्रवेश गरेको जङ्गली हात्तीको आतङ्कले स्थानीयलाई घर र बालीनाली जोगाउन मुस्किल भएको छ ।
कवितागाउँमा गौचनको सालिक
कास्कीको लुम्ले नेपालकै सबैभन्दा बढी पानी पर्ने ठाउँ हो । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने यो स्थलले पछिल्लो समय ‘कवितागाउँ’ का रूपमा पृथक् पहिचान बनाएको छ । सुरम्य लुम्लेलाई कवि/गीतकार विनोद गौचनको अगुवाइमा ‘कवितागाउँ’ घोषणा गरिएको थियो ।
नृत्यमा गोरखा पहिलो
कोहलपुरको गोरखा युनाइटेड पब्लिक स्कुल विद्यालयस्तरीय नृत्य प्रतियोगितामा पहिलो भएको छ । बाँकेको कोहलपुर महोत्सवमा आयोजित प्रतियोगिताको फाइनल चरणमा छ विद्यालयलाई पछि पार्दै सामूहिक नृत्यमा गोरखा स्कुल विजयी भएको हो । विजेता गोरखाले ट्रफीसहित ५० हजार रुपियाँ प्राप्त ग¥यो ।
सर्वनाममा गजलकार नेपालको प्रस्तुति
गजलकार नारायण नेपालले गजलको प्रस्तुति दिनुभएको छ । सर्वनाम थिएटरमा नेपालका पाँच वटा गजल साङ्गीतिक रूपमा प्रस्तुत भए भने पाँच वटा नेपाल स्वयम्ले तरन्नुममा वाचन गर्नुभएको थियो ।
उपल्लो मुस्ताङमा फ्रान्सका पर्यटक धेरै
उपल्लो मुस्ताङको भ्रमणमा फ्रान्सबाट आएका पर्यटक अधिक पुग्ने गरेको पाइएको छ । अन्नपूर्ण संरक्षण आयोजना इलाका कार्यालय ल्होमन्थाङका अनुसार सन् २०२४ र २०२५ मा उपल्लो मुस्ताङ घुम्न जाने पर्यटकमा युरोपेली मुलुक फ्रान्सका पर्यटक अधिक रहेको पाइएको हो ।
इटहरीमा रमडा होटेल सञ्चालनमा आउने
कोशी प्रदेशको इटहरीमा अन्तर्राष्ट्रियस्तरको होटेल रमडा बाई विन्डम इटहरी सञ्चालनमा आउने भएको छ । होटेल व्यवसायी देशबन्धु बस्नेत (अजित) ले अमेरिकी चेन होटेल ब्रान्ड होटेल विन्डम होटल्स एन्ड रिसोट्र्स अन्तर्गतको मिड–स्केल ब्रान्ड रमडा बाई विन्डम भित्र्याउनुभएको हो ।
कृषि वैज्ञानिक पलायन बढ्दो
मुलुकमा रोजगारी नपाएर दैनिक दुई हजारभन्दा बढी जनशक्ति विदेश गइरहेका बेला भएको जागिरसमेत छोडेर जाने क्रम बढ्दै गएको छ । पछिल्लो समय कृषिक्षेत्रमा काम गर्ने कृषि वैज्ञानिक विदेश पलायन हुने गरेका छन् ।
श्रमिकको लागत रोजगारदाताले बेहोर्ने गरी साउदी अरबसँग श्रम समझदारी
नेपाल सरकारले साउदी अरब जाने नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले बेहोर्ने गरी श्रम समझदारी (एमओयु) को तयारी गरेको छ । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक मन्त्रालय र साउदी सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयबिच आगामी जनावरी २५ र २६ तारिखमा साउदी अरबमा हुन लागेको
आयोगलाई ओलीको लिखित जवाफ
‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ ले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान बुझेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ एवं अध्ययन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले आइतबार तत्कालीन प्रधानमन्त्री ओलीको जवाफ लिएको हो ।
चिसोबाट बच्न आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सुरक्षा अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । देशभर अत्यधिक चिसो बढेको भन्दै मन्त्रालयले यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको हो ।
‘बलियो न्यायालयमा मात्र नागरिक अधिकार सुरक्षित’
न्यायालयमाथि नियोजित प्रहार हुन थालेको भन्दै त्यसप्रति प्रेस जगत्ले समान चासो र चिन्ताका रूपमा हेर्नुपर्ने समय आएको बताइएको छ ।
आमसहमति नबन्दा डिजिटल मतदान असम्भव
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने निर्वाचनमा सूचना प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गर्न उचित भए पनि आमसहमति नबन्दा यस पटक त्यो सम्भव हुन नसकेको बताउनुभएको छ ।
समानान्तर तयारीमा आयोग
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैतर्फको चुनावको तयारी समानान्तर रूपमा गरिरहेको बताउनुभएको छ । कार्यवाहक प्रमुख भण्डारीले पुराना र नयाँ सबै राजनीतिक शक्ति चुनावका लागि तयार भइसकेकोले आयोग चुनावी तयारीमा पूर्ण रूपमा लागेको बताउनुभएको हो ।
नेपालमा सवारी खरिद तीव्र : प्रदूषण र जामको मारमा सहर
नेपालमा जति सवारीसाधन भित्रन्छन् र सञ्चालन हुन्छन्, ती सबै सहरकेन्द्रित हुँदा सहरी जनजीवन थेगिनसक्नु प्रदूषणको मार खेप्न बाध्य छ । त्यति मात्र होइन, बढ्दो सवारी चापले राजधानीलगायतका केही मुख्य सहरमा ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त हुने गर्छ, यद्यपि सहरको ट्राफिकिङलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकार तथा सरोकारवाला निकायले ठोस रणनीति बनाएर कार्यान्वयन गर्न सकिरहेका छैनन् ।
पर्यटकीय गन्तव्य बन्यो कालु पाँडे पार्क
नेपालको ऐतिहासिक स्थलका रूपमा परिचित चन्द्रागिरिको काजी कालु पाँडे पार्कसहित आसपासको क्षेत्र रमणीय बन्दै गएको छ । काठमाडौँ उपत्यकाको धुवाँधुलोसहितको प्रदूषणबाट थोरै टाढाको यो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटनको राम्रो थलो बनेको हो ।
सल्यान महोत्सव तयारी, एकसय ३० स्टल रहने
सल्यानमा दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । “कृषि, पशु, वन, उद्योग, व्यापार तथा पर्यटन विकासको परिकल्पना व्यवसायीकरणद्वारा आर्थिक उन्नति गर्दै समृद्ध समाजको स्थापना” भन्ने मूल नारासाथ सल्यानको श्रीनगरमा पुस २५ देखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
युएनडिपीको कर्मचारी भन्दै ठगी गर्ने युवक पक्राउ
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को कर्मचारी हुँ भन्दै ठगी गर्ने एक युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ।
वनकै पदाधिकारीको मिलेमतोमा काठ तस्करी
कैलालीको चुरे गाउँपालिका –२ खैरालास्थित सामुदायिक वनमा पदाधिकारीकै मिलेमतोमा वन फडानी भएको छ ।