पाषाणकालीन कलाका वस्तु फेला
दाङ जिल्लाको तुई उपत्यकामा मानव सभ्यताका पूर्वपाषाण, मध्यपाषाण र नवपाषाण गरी तीन वटै कालका महत्त्वपूर्ण प्रमाण फेला परेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाली इतिहास तथा पुरातत्व विभागका प्राडा डिल्लीराज शर्मा नेतृत्वको टोलीले गरेको प्रारम्भिक, सांस्कृतिक तथा पुरातात्विक सर्वेक्षणमा ती सामग्री फेला परेका हुन् ।
ऋषिदेव सीमापार हुँदै, हराउँदै
कृषिमा यान्त्रिकीकरण सुरु भएसँगै परम्परागत रूपमा माटोको काम (माटो काट्ने, पोखरी खन्ने, डाँडाकाँडा बिराएर खेतीयोग्य जमिन बनाउने) गर्दै आएका अल्पसङ्ख्यक ऋषिदेव (मुसहर) बेरोजगार भएका छन् ।
पुल भासिएपछि पथरी कानेपोखरी सडक अवरुद्ध
निर्माणाधीन पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपाखेरी–पथरी खण्डमा पर्ने मोरङ्गीखोलाको पुल भासिएपछि राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय पथरीका
कृषि पेसाले बदलेको जीवन
यहाँको अर्जुनचौपारी गाउँपालिका–१, थापाथोकका फणिनारायण अर्याल सुन्तला र कफी खेती गरेर आफ्नो जीवनलाई हराभरा बनाउनुभएको छ । ४६ वर्षअगाडि २०३६ सालमा विद्यालयमा बागवानी पढ्दै गर्दा सुन्तलाका बिरुवाबाट आफ्नो यात्रा थाल्नुभएको थियो । कृषि विषय अध्ययन गर्दा सहपाठीले सरकारी जागिरतर्फ ध्यान दिएको तर आफू व्यावहारिक ज्ञानलाई महìव दिँदै सुन्तला खेतीमा होमिएको अर्यालले बताउनुभयो ।
नेटवर्कविहीन बानेगाउँ
बाजुराको बुढीगङ्गा नगरपालिका–४, बानेगाउँमा टावरले काम नगरेर नेटवर्क राम्रो नहुँदा मोबाइल चलाउन कठिन हुने गरेको छ । खप्तडछेडेदह र बुढीगङ्गा नगरपालिकाका स्थानीयलाई नेटवर्कको सहज हुने गरेर नेपाल टेलिकमले बानेगाउँको डाँडामा टावर निर्माण गरेको भए पनि यहाँका स्थानीयलाई भने त्यो टावरबाट राम्रो नेटवर्क आउन सकेको छैन ।
पुल सञ्चालन नहुँदा आवागमनमा सास्ती
बाजुराको खप्तड छेडेदह–३ र बुढीगङ्गा नगरपालिकाका–४ को बिचमा पर्ने बार्जुगाडखोलामा पुल सञ्चालनमा नआउँदा स्थानीयलाई खोला तर्न निकै सास्ती हुने गरेको छ ।
चुत्रोको जरा उखेल्न बस्ती खाली
केही महिनाअघि चुत्रो फुल्दा पहेँलै देखिने दैलेखका अधिकांश गाउँ अहिले नाङ्गो पहाड जस्तै देखिन थालेका छन् । जङ्गलसँगै जीवन बिताएका स्थानीय बासिन्दा आज उजाडिएको वन देखेर चिन्तित छन् । कारण हो, चुत्रोको जरा । यसको जरा प्रतिकेजी १५ देखि २५ रुपियाँमा बिक्री हुने भएपछि पैसाको लोभमा वन उजाडिएको छ । दैलेखका विभिन्न वडामा पछिल्लो समय चुत्रोको जरा उखेल्ने क्रम बढेको छ ।
उपचारमा एक करोडभन्दा बढी खर्च
वीरेन्द्रनगर नगरपालिकले नगरभित्रका दीर्घरोगीको उपचारमा एक करोडभन्दा बढी रकम खर्च गरेको छ । गत आर्थिक वर्षमा नगरपालिकाभित्रका क्यान्सर, डायलासिस, मिर्गौला प्रत्यारोपण र मेरुदण्ड पक्षाघात जस्ता २३३ दीर्घरोगीलाई औषधी उपचार खर्चबापत एक करोड २७ लाख रुपियाँ खर्च गरिएको हो ।
दीर्घरोगीलाई उपचारमा सहुलियत
कर्णाली प्रदेश सरकारले गत वर्षबाट नयाँ निर्देशिका जारी गरेर दीर्घरोगीलाई उपचारमा सहुलियत दिने गरी ल्याएको कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । सरकारले विपन्न नागरिक उपचार निर्देशिका, २०८१ जारी गरेर उपचारमा सहुलियत दिँदै आएको हो । कार्यक्रम प्रभावकारी भएको देखिए पनि बजेट न्यून हुँदा अपेक्षित रूपमा दीर्घरोगी समेटिन सकेका पाइएको छैन ।
पाँच स्थानीय तह निमित्तका भरमा
जाजरकोटका सात स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह निमित्तका भरमा चलेका छन् । तीन नगरपालिका र दुई गाउँपालिका निमित्तका भरमा सञ्चालन भइरहेका हुन् ।
जनचेतना फैलाउन नाटक मञ्चन
पोखरा थिएटरको आयोजनामा तयार पारिएको नाटक ‘मखी ताल’ आइतबारदेखि पोखरा महानगरका विभिन्न वडामा मञ्चन गरिएको छ । वातावरण संरक्षण, फोहोर व्यवस्थापन र स्वच्छ जीवनशैलीबारे जनचेतना जगाउन पोखरा महानगरका ३३ वटै वडामा नाटक मञ्चन गरिने छ । नाटक पहिलो दिन पोखरा महानगरपालिका वडा नं. ३०, ३१ र ३२ मा मञ्चन गरिएको छ ।
हिमवत्खण्डको समीक्षात्मक अध्ययन सार्वजनिक
प्राध्यापक डाक्टर बाबुराम शर्मा पोख्रेलका दुई कृति हिमवत्खण्डको समीक्षात्मक अध्ययन र स्तुति पुष्पाञ्जली सार्वजनिक भएका छन् । डा. पोख्रेलका हिमवत्खण्डको समीक्षात्मक अध्ययनको नेपाली भाषामा अनुवादसहित तथा स्तुति पुष्पाञ्जली संशोधनसहित दोस्रो संस्करण सार्वजनिक भएको हो ।
नौ वटा परियोजना डिपिआरको चरणमा
कोशी प्रदेशमा लगानी सम्मेलन भएको नौ महिनाको अवधिमा एउटा परियोजना उत्पादनमूलक बनेको छ । सार्वजनिक–निजी साझेदारीको नमुना परियोजना प्रदेश सरकारको नयाँ आम्दानी दिने स्रोतसमेत बनेको हो ।
दुध उत्पादन बढाउन वंश सुधार
दुध उत्पादन बढाई किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले दाङको देउखुरीमा हुलाकी राजमार्गलक्षित भैँसीको वंश सुधार कार्यक्रम सञ्चालन हुने भएको छ ।
मौरीपालनबाट मासिक एक लाख
सानो लगानीबाट पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण रुपन्देहीको सैनामैना नगरपालिका–८, रामापुरको अधिकारी परिवार बनेको छ । २०५७ सालमा फर्सुराम अधिकारीले एक घारबाट सुरु गरेको मौरीपालन अहिले पाँच सय घारमा पुगेको छ भने मौरीपालनबाटै मासिक एक लाख आम्दानी गर्न अधिकारी परिवार सफल भएको छ ।
‘महिला उद्यमशीलता सरकारको प्राथमिकतामा’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले महिला उद्यमशीलता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले महिलालाई सिप विकास गरी उद्यमशीलता हासिल गराउन मन्त्रालयले विशेष प्राथमिकता दिएको बताउनुभएको हो । महिलालाई व्यवसाय सञ्चालन गर्न अवसरसँगै चुनौती रहे पनि व्यवसायलाई निरन्तरता दिँदै सूचना प्रविधिको प्रयोग, इकमर्सको प्रयोगबाट व्यवसाय विस्तार गर्न सकिने उहाँको भनाइ छ ।
चैतदेखि देशव्यापी आर्थिक गणना
देशको अर्थतन्त्रको यथार्थ तस्बिर तयार पार्ने उद्देश्यसहित सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ मूल नारासहित आगामी चैतदेखि देशव्यापी बृहत् अभियान घोषणा गरेको हो ।
तस्करीको चिनीले स्वदेशीको बिक्री घट्यो
पहिले भन्सार महसुल घटाउनुपर्ने माग राखेका चिनी उद्योगीले अहिले फेरि बढाउनुपर्ने माग राखेका छन् । तस्करीबाट आएको चिनीले बजारमा स्वदेशी चिनी बिक्री हुन छोडेको भन्दै भन्सार महसुल बढाउन चिनी उद्योगीले सरकारसमक्ष माग गरेका हुन् ।
निर्वाचन आचारसंहितामा दण्डात्मक व्यवस्था
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले चुनावी आचारसंहितालाई सुधारात्मकसँगै दण्डात्मक विषय पनि समेटेको बताउनुभएको छ । सोमबार बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकमा कार्यवाहक प्रमुख भण्डारीले विगतमा आचारसंहितालाई बढी नैतिकतासँग जोडिए पनि अहिले कानुन अनुसारका दण्डात्मक व्यवस्थालाई पनि समेटिएको बताउनुभएको हो ।
सकियो बयान अब प्रतिवेदन लेखन
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको अकल्पनीय जनधनको क्षतिबारे सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय जाँचबुझ आयोगले बयान लिने काम पूरा गरेको छ ।
औषधी फिर्ता गर्न निर्देशन
औषधी व्यवस्था विभागले म्याग्नस फर्माले उत्पादन गरेको औषधी न्यून गुणस्तर भएकाले बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय सभा निर्वाचनबारे परामर्शमा कांग्रेस
नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा पार्टीतर्फबाट हुने उम्मेदवार, अन्य दलसँगको सहकार्यसहितका विषयमा विमर्श आरम्भ गरेको छ । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनबारे छलफल भएको हो ।
रास्वपाको बृहत् राजनीतिक समायोजन
नवयुवा (जेनजी) आन्दोलनपछि मुलुकमा भ्रष्टाचार अन्त्य र सुशासन कायम आमनागरिकको आकाङ्क्षा पूरा गर्ने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत् राजनीतिक समायोजन अभियान सुरु गरेको छ ।
देशभर बढ्यो चिसो : तापक्रम घट्ने क्रम जारी
नेपालका विभिन्न भेगमा सोमबार यस वर्ष जाडो सुरु भएयताकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । न्यूनतम तापक्रममा गिरावट आएसँगै देशभर चिसो महसुस गरिएको छ । योसँगै चिसोजन्य स्वास्थ्य समस्या पनि बढेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।