शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १३ गते । दिवंगत पत्रकार, कवि, निबन्धकार तथा सांस्कृतिक अध्येता सुरेश किरणको सांस्कृतिक निबन्धको सङ्ग्रह ‘हाय राजमती’ सार्वजनिक गरिएको छ । जात्रा, भूमि, बाजा र जाति, विस्तारित भूमि र विविध गरी पाँच खण्डमा २४ निबन्ध समेटिएको यो कृतिलाई निबन्धकारको निधन भएको ४५ औँ दिनमा इम्प्रिन्ट पब्लिसर्सले प्रकाशन गरेको हो ।
गोविन्द गिरी प्रेरणाले सम्पादन गर्नुभएको निबन्धसङ्ग्रहमा मूलतः नेवार जातिको सभ्यता, संस्कृति, चालचलनका साथै काठमाडौँ, भक्तपुर र ललितपुरसँग सम्बन्धित जात्रापर्वको ऐतिहासिक महत्व र सम्बन्धलाई तथ्यपरक ढङ्गले प्रस्तुत गरिएको छ । इमप्रिन्ट प्रकाशनबाट प्रकाशित सङ्ग्रहमा १८८ पृष्ठ रहेको छ । निबन्धकार किरणको २०८२ साल फागुन २५ गते निधन भएको थियो ।