• १३ वैशाख २०८३, आइतबार

बडिगाडमा चट्याङ लाग्दा एक युवती गम्भीर

blog

चट्याङ लागेर घाइते हुनुभएको शर्मिला रसाइलीलाई बुर्तिबाङ प्रादेशिक अस्पतालमा उपचार गरिँदै । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), वैशाख १३ गते ।
 बागलुङको बडिगाडमा चट्याङ लाग्दा एक युवती गम्भीर घाइते हुनुभएको छ । शनिबार चट्याङ लाग्दा बडिगाड गाउँपालिका–१० पात्लेकी १९ वर्षीया शर्मिला रसाइली गम्भीर घाइते हुनुभएको हो ।

घाइते रसाइलीलाई बुर्तिबाङ प्रादेशिक अस्पतालमा लैजना थालेको बडिगाड गाउँपालिका–१० का अध्यक्ष वीरेन्द्र बुढामगरले जानकारी दिनुभयो । चट्याङ लाग्दा तीन बाख्रा र एउटा दुहुनो गाई मरेको उहाँको भनाइ छ । रसाइली घरमै काम गरिरहेको अवस्थामा चट्याङ लागेको थियो ।