गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १३ गते । गायकद्वय सुरेन गौतम र सन्देश श्रेष्ठले संयुक्त रूपमा गीत ‘छेक्यो डाँडा कुहिरोले’ लाई नयाँ लोक रक शैलीमा प्रस्तुत गर्नुभएको छ । दुवैको सहकार्यले पुरानो सम्झना, मित्रता र नयाँ सङ्गीतिक प्रयोगलाई सरल र भावनात्मक रूपमा समेटिएको छ । उक्त गीतका रचनाकार तथा सङ्गीतकार भरत देउराली हुनुहुन्छ । उहाँ पाल्पाको चर्चित ब्यान्ड ‘देउराली परिवार’ का संस्थापकसमेत हुनुहुन्छ । यसै गरी देउराली नेपाली साङ्गीतिक क्षेत्रमा ‘चरी म¥यो’ (नेपथ्यद्वारा गाइएको), ‘तानसेन झरेर’ र ‘म सानो छैन’ जस्ता चर्चित गीतका सर्जकका रूपमा चिनिनुहुन्छ ।
‘नयाँ संस्करणमा परम्परागत नेपाली लोकधुनलाई आधुनिक रक सङ्गीतसँग सम्मिश्रण गरिएको छ । दिनेश श्रेष्ठको सङ्गीत संयोजनले गीतलाई अर्को स्तरमा पु¥याएको छ । गीतको भावनात्मक गहिराइलाई जोगाउँदै गरिएको प्रस्तुति सुरेश सन्देशको स्वरसम्बन्धी समन्वयका कारण अझ सशक्त र समकालीन बनेको छ ।