नवप्रवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवप्रवर्तनलाई प्राथमिकतामा राखेर योजना तथा कार्यव्रmम तर्जुमा गर्नुपर्ने बताउनुभएको छ । प्रदेश तथा स्थानीय शास
उद्योगबाट निस्किएको फोहोरले प्रदूषण
नवलपुरमा सञ्चालित चौधरी ग्रुपका उद्योगहरूबाट निस्कने लेदोजन्य फोहोरको असुरक्षित व्यवस्थापनका कारण अत्यधिक मात्रामा दुर्गन्ध फैलिने गरेको छ । सो फोहोरले भूमिगत पानीको स्रोतमै प्रदूषण फैलाउने सम्भावना उच्च देखिएको एक अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।
सुर्खेत–दैलेख प्रसारण लाइनको काम तीव्र
बाँकेको कोहलपुरदेखि सुर्खेत हुँदै दैलेखको चुप्रासम्म विस्तार हुने १३२ केभी प्रसारण लाइन आयोजनाको काम तीव्र रूपमा अघि बढाइएको छ । पछिल्लो समय आयोजना अन्तर्गत दैलेखका विभिन्न क्षेत्रमा टावर निर्माण कार्य धमाधम भइरहेको हो ।
नियन्त्रणबाहिर डढेलो
कञ्चनपुरको वनक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । लगातार तीन दिनदेखि निकुञ्ज क्षेत्र अन्तर्गतका वनक्षेत्र तथा डिभिजन वन कार्यालय अन्तर्गतका वनक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको हो ।
छानबिन समिति गठनपछि टुङ्गियो धर्ना
गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) को संयोजकत्वमा उच्चस्तरीय पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको धर्ना शुव्रmबार दिउँसोदेखि टुङ्गिएको छ ।
मुग्लिङ–मलेखु सडक,साढे तीन वर्षमा त्रिचासिल प्रतिशत काम
काठमाडौँ जाने मुख्य राजमार्ग मुग्लिङ–मलेखु सडकखण्ड विस्तारको काम साढे तीन वर्षअगाडिबाट सुरु भए पनि यसको ४३ प्रतिशत मात्र काम भएको छ । यससँगै मलेखुदेखि नागढुङ्गासम्मको सडक विस्तारको पनि ठेक्का
इलाम अस्पतालको नयाँ भवन शिलान्यास
इलाममा निर्माण हुन लागेको इलाम अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) सेवाको नयाँ भवनको आज शिलान्यास गरिएको छ ।
मकै पोलेर जीविका चलाउँदै पूर्व उपमेयर
मधुवन नगरपालिका वडा ४ माचढ चोकको सडक किनारमा धुवाँमा मकै पोलिरहनु भएकी ४३ वर्षीया शुवरानी थारू धुँवामै जीवन खोजिरहनुभएको छ । आफ्नै बारीमा उब्जाएको हरियो मकै पोलेर बेच्दै आउनुभएकी शुवरानीलाई मकै बिक्रीले घरको जीविका चलाउन सहज भएको छ ।
करोडौँ लगानी भएको प्रदेश अस्पताल विस्थापनको सँघारमा
कोशी प्रदेश सरकारको बेवास्ताका कारण विराटनगरस्थित ‘शैलजा आचार्य हृदय रोग केन्द्र’ विस्थापनको सँघारमा पुगेको छ । अस्पताल सञ्चालन भइरहेको जग्गाको स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३० दिनभित्र जग्गा खाली गर्न ताकिता गरेपछि प्रदेश सरकारले त्यहाँ रहेको अस्पताल संरचना जोखिममा परेको हो ।
आइतबार पनि विद्यालय सञ्चालन
सरकारले आइतबार सार्वजनिक बिदा दिए पनि खोटाङको खोटेहाङ गाउँपालिकाले सो दिन विद्यालय सञ्चालन गर्ने भएको छ । सरकारको मन्त्रीपरिषद्को बैठकले शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । अहिलेको पाठ्यक्रम अनुसार सरकारले दिएको दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने खोटेहाङ गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य संस्थाको अनुगमन हुँदा सञ्चालक भागाभाग
सर्लाही सदरमुकाम मलङ्गवामा सञ्चालनमा रहेका अस्पताल बन्द गराउन सुरु गरिएको छ । सो अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको आरोप लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, मलङ्गवा नगरपालिकालगायतका सरोकारवालाको टोलीले बिहीबारदेखि अस्पतालको अनुगमन सुरु गरी अवैध रूपमा सञ्चालन भएको भन्दै बन्द गराउन थालेको हो । अनुगमन टोली आएको सुइँको पाएपछि कतिपय अस्पताल सञ्चालक अस्पताल नै बन्द गरेर भागेको बताइएको छ ।
सडकका अतिक्रमण हटाउन स्थानीय तह सक्रिय
धनुषा जिल्लाका अधिकांश स्थानीय तहले सडक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सक्रिय भएका छन् । मिथिला, गणेशमान चारनाथ, छिरेश्वरनाथ, मिथिला बिहारी, सहिदनगरलगायतका स्थानीय तहले पूर्वसूचना जारी गरेर अतिक्रमित भवन तथा संरचना हटाउन अभियान नै सञ्चालन गरेका हुन् । यसै क्रममा मिथिला नगरपालिकाले पहिलो चरणमा ढल्केबर चोक क्षेत्रमा पूर्वपश्चिम लोकमार्ग तथा सहायक मार्ग मिचेर बनाइएका पक्की भवन र टहरा हटाउन सुरु गरेको छ । सडक विस्तार तथा व्यवस्थित सहरी विकासलाई ध्यानमा राख्दै अतिक्रमण हटाउने कार्य अघि बढाइएको नगरप्रमुख महेन्द्र महतोले बताउनुभयो ।
बालबालिकाको क्षेत्रमा बजेट बढ्दै
कर्णाली प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा पाँच प्रतिशत बजेट छुट्याएको छ । विगतको तुलनामा प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा बजेट बढाउँदै लगेको छ । कर्णाली प्रदेश सरकारसँगको समन्वयमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बालविवाहविरुद्धको अभियान (सिसिआर) कर्णाली प्रदेशले तीन आर्थिक वर्षको बजेटलाई विश्लेषण गर्दा प्रदेश सरकारले लगानी बढाउँदै लगेको देखिएको छ ।
पत्रकारिताको विकास आवश्यक
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले पत्रकारिताको विकास आवश्यक रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीले बिहीबारदेखि धनगढीमा आयोजना गरेको विकास पत्रकारिता तालिमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आर्थिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा भइरहेको तालिममा सार्कीले भन्नुभयो, “विकास पत्रकारिताको कुरा गर्दा पत्रकारिताको विकास पनि आवश्यक छ ।”
सुक्न थाल्यो भूमिगत पानीको स्रोत
कैलालीमा भूमिगत पानीको स्रोत सुक्न थालेपछि पानीको अभाव हुन थालेको छ । पानीको स्रोत नै सुक्न थालेपछि खानेपानीको अभाव सुरु हुन थालेको हो । विभिन्न ठाउँमा रहेको अटिजन बोरिङ र धारा सुक्न थालेपछि शुद्ध खानेपानीको अभाव हुन थालेको गौरीगङ्गा नगरपालिकास्थित झन्झटपुरकी जमुना चौधरीले बताउनुभयो ।
प्रसिद्ध बडीकेदार मेला लाग्दै
डोटीको बडीकेदार मन्दिरमा वैशाख १६ र १७ गते मेला लाग्ने भएको छ । सो शिवमन्दिरमा केदारनाथ बाबा मन्दिर रूपमा पूजाआजा हुने गरेको छ ।
भन्सार नाकामा कडाइ, सीमाका नागरिक मर्कामा
सरकारले भारतबाट किनमेल गरी नेपाल ल्याइने सामानमा कडाइका साथ भन्सार शुल्क लागु गरेपछि सीमावर्ती क्षेत्रका नागरिक मर्कामा परेका छन् । खास गरी सीमावर्ती बजार भारतबाट दैनिक उपभोग्य वस्तु ल्याउने नेपाली नागरिकलाई सास्ती भइरहेको यहाँका उपभोक्ताले गुनासो गरेका छन् । नेपाली बजारमा भन्दा सीमावर्ती भारतीय बजारमा दैनिक उपभोग्य वस्तु सस्तो पाइने मानसिकताले यहाँका स्थानीय भारतीय बजार धारचुला गएर किनमेल गर्ने गर्छन् । स्थानीयले घरका लागि भारतीय बजारबाट खरिद गरेर ल्याएका दैनिक उपभोग्य सामानमा एक सय रुपियाँभन्दा बढी भएमा भन्सार शुल्क लिन थालेपछि भन्सार कार्यालयको चौतर्फी विरोध भइरहेको छ ।
ग्यास अभावले फर्किंदै परदेसिएका नेपाली
बाजुराका अधिकांश स्थानीय रोजगारीका लागि छिमेकी मुलुक भारतमा जाने गर्छन् । भारतमा रोजगारी गरेर उनीहरू घरपरिवारको पालन पोषण गर्छन् । केही महिनाअघि रोजगारीका लागि भारतमा गएका बाजुराका स्थानीय अहिले भने गाउँ फर्किन थालेका छन् । भारतमा ग्यासको अभावका कारण त्यहाँका होटेल प्रभावित भएपछि रोजगारीसमेत पाउन मुस्किल हुन थालेकाले बाजुराका सयौँ युवा धमाधम आफ्नै गाउँ फर्किन थालेका हुन् ।
बन्यो भवन, सञ्चालनमा आएन अस्पताल
स्याङ्जाको वालिङमा सुविधासम्पन्न अस्पताल भवन निर्माण भएको एक वर्ष पूरा भएर हालसम्म पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन । सङ्घीय सरकार र वालिङ नगरपालिकाको लगानीमा नगर अस्पताल भवनको निर्माण एक वर्षअघि नै सम्पन्न भएको हो । वालिङ नगरपालिका–१, रामबाच्छामा निर्माण गरिएको भवन निर्माणको काम सम्पन्न भएको र नगरपालिकाले अस्पताललाई सञ्चालनमा ल्याउन छलफल गरिरहेको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो ।
हिंस्रक वन्यजन्तु नियन्त्रण गर्न रसायन
वन्यजन्तुको आक्रमण बढ्दै गएपछि बर्दियामा बाघ र चितुवालाई बस्ती पस्नबाट रोक्न नयाँ प्रविधिको परीक्षण सुरु गरिएको छ । मधुवन नगरपालिका अन्तर्गत खाता जैविक मार्ग आसपासका सामुदायिक वन क्षेत्रमा कृत्रिम गन्ध आउने रसायन प्रयोग गरेर परीक्षण अघि बढाइएको हो । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका मध्यवर्ती क्षेत्रका बस्तीमा हरेक वर्षजसो बाघ र चितुवा जस्ता हिंस्रक वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति हुने गरेको छ । यही समस्या न्यूनीकरण गर्न तराई भूपरिधि संरक्षण कार्यक्रमको सहयोग तथा डिभिजन वन कार्यालय र खाता सामुदायिक वन समन्वय समितिको समन्वयमा उक्त परीक्षण थालिएको हो ।
महावैको केन्द्र जोड्ने सडक प्राथमिकतामा
कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई कर्णाली प्रदेशको प्राथमिकताको आयोजनामा समावेश गरिएको छ । हालै बसेको कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकताको आयोजनामा समावेश गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारको निर्णयपछि उक्त सडक विस्तारका लागि थप प्राथमिकतामा परेको हो ।
हटेन बालविवाह
वीरेन्द्रनगर नगरपालिका–३ की बिनु थापाको १७ वर्षको उमेरमा विवाह भयो । अहिले २५ वर्ष नपुग्दै उहाँ तीन सन्तानकी आमा भइसक्नुभएको छ । उमेर बढेपछि बिहे गर्ने बेला भएको ठानेर आमाबाले बिहे गरिदिएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “विवाहपछि बाल्यकालका सबै रहर जिम्मेवारीमा परिणत भए ।’’
स्थानीय तहमा निर्माण भएन आधारभूत अस्पताल
स्थानीय तहमा अस्पताल निर्माणको कामले पूर्णता नपाउँदा सर्वसाधारण आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच पु¥याउने उद्देश्यले सरकारले स्थानीय तहमा पाँच वर्ष पूरा हुँदा पनि आधारभूत अस्पताल पूरा हुन सकेको छैन । सरकारले सबै स्थानीय तहमा आधारभूत अस्पताल बनाउने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ मा देशका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने कामका एकै साथ शिलान्यास गरेको थियो ।
मालवाहक सवारीसाधनको भारवहन व्यवस्थामा कडाइ
यातायात व्यवस्था विभागले मालवाहक सवारीसाधनको भारवहनसम्बन्धी व्यवस्थामा कडाइ गर्ने सूचना जारी गरेको छ । सडक विभागले प्रत्येक वर्ष सडकको आयु र सुरक्षासँग मालवाहक सवारीसाधनले बोक्ने भारवहनले मुख्य भूमिका निर्वाह गर्ने भन्दै सूचना जारी गर्छ । हरेक वर्ष कडाइका साथ सूचना जारी हुने र त्यसको परिपत्र सम्बन्धित निकायमा पठाउने भए पनि कार्यान्वयनको पक्ष भने निकै कमजोर हुँदै आएको छ । यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गर्दै प्रचलित कानुन अनुसार तोकिएको क्षमताभन्दा बढी भार बोक्ने सवारीसाधनमाथि कारबाही गरिने स्पष्ट पारेको छ ।