• १४ वैशाख २०८३, सोमबार

रुचाललाई स्नुकर उपाधि

blog

प्रतियोगिताका पुरस्कृत खेलाडीहरू । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, वैशाख १४ गते । प्रथम साविक धौलागिरि अञ्चल स्तरीय खुल्ला स्नुकर प्रतियोगिताको उपाधि साजन रुचालले जित्नुभएको छ । 

आइतबार सम्पन्न फाइनल खेलमा प्रतिद्वन्द्वी भीम रसाइलीलाई पराजित गर्दै रुचालले उपाधि जित्नुभएको हो । उपाधि विजेता रुचालले नगद ५० हजार ५ सय ५५ रुपियाँ, ट्रफी र मेडल प्राप्त गर्दा उपविजेतामा सिमित रसाइलीले २५ हजार ५ सय ५५ रुपियाँमा चित्त बुझाउनुभएको छ ।  

यस्तै प्रतियोगितामा सेमीफाइनलमा पुग्न सफल दीपु थापा र प्रकाश खड्कालाई जनही ५, ५ हजार रुपियाँ प्रदान गरिएको आयोजक गुठी युवा क्लबका सचिव सुवास रुचालले जानकारी दिनुभयो । 

सर्वाेत्कृष्ट खेलाडि पुरस्कार भने सुन्दर श्रेष्ठले जित्नभएको छ । श्रेष्ठलाई पुरस्कार स्वरूप लोकल भाले र स्नुकर स्टिक प्रदान गरिएको थियो ।  

विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले खेलकदका गतिविधिले समाजको उचाई बढाउँदै युवाहरूलाई सङ्गठित, अनुशासित र मर्यादित बनाउन महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।