• १४ वैशाख २०८३, सोमबार

क्लाउड फ्याक्ट्री, सुबिशु र आइसिएफसी फाइनान्स विजयी

blog

रन बनाएपछि खेलाडी ।

काठमाडौँ, वैशाख १४ गते । टेक्सपायर कर्पोरेट टी–१० लिग को दोस्रो दिन सोमबारको खेलमा क्लाउड फ्याक्ट्री, सुबिशु र आइसिएफसी फाइनान्स विजयी भएको छ । 

पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई दुई रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको क्लाउड फ्याक्ट्रीले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ९९ रन बनाएको थियो । सय रनको लक्ष्य पछ्याएको एनसेलले कडा प्रतिस्पर्धा गरेपनि निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ९७ रन बनाउन सक्यो । 

अर्को खेलमा सुबिशुले सिप्रडीलाई सात विकेटले हरायो । टस हारेर पहिले ब्याटिङ गरेको सिप्रडीले निर्धारित १० ओभरमा तीन विकेट गुमाएर एक सय सात रन बनाएको थियो । 

एक सय आठ रनको विजयी लक्ष्य पछ्याएको सुबिशुले आक्रामक सुरुवात गर्दै ८.१ ओभरमै लक्ष्य पूरा गरेको हो । अर्कोे खेलमा आइसिएफसी फाइनान्सले टेक्सपायरमाथि एकतर्फी प्रदर्शन गर्दै ९४ रनको विशाल जित निकाल्यो ।

पहिले ब्याटिङ गरेको आइसिएफसी फाइनान्सले निर्धारित १० ओभरमा तीन विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो । एक सय ४५ रनको विजयी लक्ष्य पछ्याएको टेक्सपायर ८.५ ओभरमा ५० रन जोड्दै अलआउट भयो ।