सुरक्षण मुद्रण केन्द्रलाई सार्वजनिक निकायको सूचीमा समावेश गरिने
मन्त्रिपरिषद बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ । सिंहदरवारमा आज दिउँसो बसेको बैठकले सो निर्णय गर्दै सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।
नेवाः पत्रकारद्वारा नेवाः देय् दबूका पदाधिकारीलाई स्वागत
नेवार समुदायको साझा संस्था नेवाः देय् दबूको नवनिर्वाचित कार्यसमितिलाई नेवाः पत्रकार राष्ट्रिय दबूले स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मन्त्रिपरिषद बैठक जारी, महत्त्वपूर्ण निर्णय हुने विश्वास
मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी रहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।
राष्ट्रपति पौडेललाई बिर्केटोपी
आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घा आइपुग्नु भएका राष्ट्रपति रामचन्द्र पौडेललाई भानुभक्तकालीन प्रसिद्ध ’बिर्केटोपी’ लगाइएको छ ।
सरयुगङ्गालाई धार्मिक केन्द्र बनाऔँ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको शीतलपुर–बबई क्षेत्रस्थित सरयुगङ्गालाई प्रदेशकै महत्त्वपूर्ण सांस्कृतिक तथा धार्मिक गन्तव्यका रूपमा विकास गरिने बताउनुभएको छ ।
गलकोटबाटै स्थायी लेखा नम्बर प्राप्त हुँदा स्थानीय खुसी
बागलुङको गलकोट नगरपालिका कार्यालयबाट स्थायी लेखा नम्बर वितरणको काम सुरु भएपछि सेवाग्राहीलाई बागलुङ पुग्नु पर्ने झन्झट हटेको छ।
धनगढीको टोली अपी बेस क्याम्पको पदयात्रामा
कैलालीमा रहेको धनगढी उपमहानगरपालिकाको ३० सदस्यीय टोली दार्चुलामा रहेको अपी हिमाल बेस क्याम्पको पदयात्रामा निस्केको छ ।
बेवारिसे व्यक्ति मानवसेवा आश्रममा
उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–५, लोमन्थाङ बजारको सार्वजनिक स्थानमा बेवारिसे अवस्थामा भेटिएका एक पुरूषको उद्धार गरी मानव सेवा आश्रम बागलुङ पठाइएको छ ।
प्रहरी–समुदाय साझेदारीमा पर्यटकीय क्षेत्र सरसफाइ
सामाजिक क्षेत्रमा स्वयंसेवी रूपमा काम गर्ने हुटहुटीले स्वतःस्फूर्त रूपमा सङ्गठित भएका युवाहरूको समूह प्रबुद्वले प्रहरीसँगको साझेदारीमा पर्यटकीय क्षेत्रको सरसफाइ अभियान थालेको छ ।
धरानमा खानेपानीको दीर्घकालीन समाधान प्राथमिकतामा
लामो समयसम्म ब्रिटिश गोर्खा आर्मीका रूपमा सेवा गर्नुभएको पूर्णप्रसाद लिम्बू यस पटकको प्रतिनिधि सभामा समानुपातिकतर्फ सांसदमा निर्वाचित हुनुभएको छ । सुरक्षा र सैन्य अभ्यासमा पोख्त रहनु
भाडा महँगिँदा मुगालीलाई मर्का
इन्धनको मूल्यवृद्धि भएसँगै हिमाली जिल्लामा उडान भर्ने एयरलाइन्सको हवाई भाडामा वृद्धि भएको छ । नेपालको बजारमा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि हवाई भाडादेखि यातायात भाडा दोब्बरले बढेपछि मुगु जस्ता दुर्गमका नागरिकलाई आउजाउ गर्न सास्ती भएको छ ।
नदीजन्य वस्तु अवैध रूपमा उत्खनन
जुम्लामा अवैध रूपमा नदीजन्य वस्तु गिट्टी, बालुवा उत्खनन बढ्दो छ । विशेष गरी चन्दननाथ नगरपालिकाको दानसाँघु र उठिल्ले, गुठीचौर गाउँपालिकाको झारज्वाला र गुठीचौर, पातारासी गाउँपालिकाको लासी र उर्थ, तातोपानी गाउँपालिकाको हाँकुटापु, तिलाकोट र राँकानजिकको नदी छेउछाउमा अवैध रूपमा गिट्टी, बालुवा उत्खनन हुने गरेको छ ।
अति कुपोषित बालबालिकालाई जिल्लाबाहिर रेफर
ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाले १० जना अति कुपोषित बालबालिकालाई थप उपचारका लागि जिल्लाबाहिरका स्वास्थ्य संस्थामा पठाएको छ । जिल्लामा पोषणसम्बन्धी सेवा नभएको र ती कुपोषित बालबालिकाको घरमा उपचार गर्न कठिन हुने भएपछि शाखाले अति कुपोषित १० बालबालिकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा समन्वय गर्दै त्यहाँको पोषण पुनस्र्थापना केन्द्रमा उपचारका लागि सिफारिस गरिएको ताँजाकोट गाउँपालिका–२ को मैला स्वास्थ्य चौकीका संयोजक धनराज ढकालले बताउनुभयो । गाउँपालिकाभरिका बालबालिकाको पोषण लेखाजोखा गरी महिला स्वास्थ्य स्वयंसेविकाले अति कुषोषण (रातो कार्ड) सङ्केत दिनुभएको छ । त्यसलाई पछि मैला स्वास्थ्य चौकीमा पुनः परीक्षण गर्दा पनि सोही सङ्केत देखिएकाले जिल्लाबाहिरका अस्पतालमा उपचारका लागि सिफारिस गरिएको जानकारी उहाँले दिनुभयो ।
बजेटको तयारी गर्दै प्रदेश सरकार
यतिबेला कर्णाली प्रदेश सरकार बजेट निर्माणको तयारीमा जुटेको छ । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट निर्माण प्रक्रिया थालेको हो । बजेट निर्माणको चरणगत काम सुरु गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयले बजेट निर्माणका लागि स्रोत अनुमान समिति तथा उपसमिति गठन गर्ने, विभिन्न तथ्याङ्कमा छलफल थालेको जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने धेरै
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेमा सबैभन्दा धेरै धनुषाका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा धनुषाबाट मात्रै २८ हजार ५८२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।
सत्तरी प्रतिशत विकास योजना अलपत्र
निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण पश्चिम नवलपरासीका सात वटै स्थानीय तहको विकासनिर्माणको काम पूर्ण रूपमा प्रभावित भएको छ । जिल्ला दररेट र बजार मूल्यमा ठुलो अन्तर देखिएपछि जिल्लाभर सञ्चालित सानाठुला गरी करिब दुई सय योजना अलपत्र परेका छन् ।
जग्गा खाली गराउन चल्यो डोजर
बुटवलमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालिएको छ । बुटवल उपमहानगरको नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरी सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउनका लागि डोजर चलाइएको हो ।
पाँच वर्षदेखि बाख्राको खोरमा बालिका
बर्दियाको एक गरिब परिवारका आठ वर्षीय बालिका पाँच वर्षदेखि बाख्राको खोरमा बाँधिएर जीवन बिताइरहेकी छन् । मधुवन नगरपालिका–५ को १० नम्बर गाउँ बस्ने एक गरिब परिवारकी आठ वर्षीय बालिकालाई मानसिक तथा शारीरिक समस्याका कारण घरपरिवारले नियन्त्रण गर्न कठिन भएपछि उनलाई बाख्राको खोरमा राखिएको छ । दिउँसोको गर्मीमा खरले छाएको बाख्राको खोरमा बालिका सुतिरहेकी देख्न सकिन्छ । कपडाले बाँधेर परिवारले ती बालिकालाई सुताएर राख्ने गरेको छ । नजिकैको गोठमा गाईहरू उग्राइरहेका बेला बालिका भने चुपचाप सुनेर बस्ने गरेकी छिन् ।
शिविरबाट सयौँ नागरिक लाभान्वित
बैतडीको पुर्चौडी नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविरबाट ज्येष्ठ नागरिकलगायत सयौँ नागरिक लाभान्वित भएका छन् । ग्रामीण भेगमा बसोबास गर्ने तथा नियमित रूपमा उपचार सेवा पहुँचबाहिर रहेका बिरामीलाई लक्षित गरेर सञ्चालन गरिएको सो शिविरमा १२२ जनाको आँखा शल्यक्रिया गरिएको छ ।
ठाउँ अभावमा रोकियो योजनाको काम
डडेलधुरा सदरमुकामको अमरगढी नगरपालिकाले योजना निर्माण गर्न ठाउँ दिन नसक्दा करोडौँ रुपियाँ बराबरको योजनाको काम सुरु हुन सकेका छैनन् । अमरगढी नगरपालिकामा फोहोर व्यवस्थापन र दुई वटा स्मार्ट शौचालय निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीले ठेक्का खोलेको थियो तर आवश्यक जमिन र ठाउँ उपलब्ध गराउन नसक्दा ठेक्का भएका योजनाको काम सुरु हुन नसकेको अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले बताउनुभयो ।
थारू समुदायमा भजहर पूजा
रोगव्याधिबाट छुटकारा पाउनका लागि सिजन अनुसार विभिन्न पूजा गर्दै आएका थारू समुदायमा यतिबेला भजहर पूजा चलिरहेको छ । उनीहरूले सामूहिक रूपमा विभिन्न गाउँमा भजहर पूजा गरिरहेका हुन् । खास गरेर चैत, वैशाखमा यो पूजा हुने गर्छ । गहुँ भित्र्याइसकेपछि फुर्सद भएको समयमा भजहर पूजा गर्ने कार्य भइरहेको कैलारी गाउँपालिका–७, वसन्ताका पूर्वभलमनसा जिया चौधरीले बताउनुभयो ।
जयपृथ्वीबहादुर स्मृतिग्रन्थ कक्ष स्थापना
गोरखापत्र संस्थानको पुस्तकालयमा जयपृथ्वीबहादुर सिंहको स्मृतिग्रन्थ कक्ष स्थापना गरिएको छ । गोरखापत्र प्रकाशनको आसन्न १२६ औँ वार्षिकोत्सव तथा ९९ औँ राष्ट्रिय फोटोपत्रकारिता दिवसका अवसर पारेर गोरखापत्र संस्थानको पुस्तकालय हाताभित्र जयपृथ्वीबहादुर सिंहको स्मृति कक्ष राखिएको हो । संस्थानका कार्यकारी अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारीले स्मृतिग्रन्थ कक्षको उद्घाटन गर्नुभयो ।
‘शिक्षामा बेलाको बोली’ सार्वजनिक
प्राडा विद्यानाथ कोइरालाद्वारा लिखित पुस्तक ‘शिक्षामा बेलाको बोली’ आइतबार लोकार्पण भएको छ । त्रिभुवन विश्वविद्यालयमा शिक्षाशास्त्रका डिन डा. वेदराज आचार्य, नेपाल सरकारका पूर्वसचिव डा. हरि लम्साल, काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. रुपा मुनाकर्मी, नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिलापत्र डटकमका सम्पादक योगेश ढकालले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभयो ।
सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना
लामो समयदेखि सहकारीमा फसेको बचत फिर्ताको पर्खाइमा रहेका सर्वसाधारणका लागि सरकारले ‘चक्रीय कोष’ मार्फत रकम फिर्ता गर्ने नयाँ कार्यविधि लागु गरेको छ । नयाँ कार्यविधि अनुसार अब बचतकर्ताले चरणबद्ध रूपमा आफ्नो रकम फिर्ता पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८३’ राजपत्रमा प्रकाशित गर्दै लागु गरेको जनाएको छ ।