• २१ असार २०८१, शुक्रबार

पिप्लाङका आगलागी पीडितलाई राहत सहयोग

blog

आगलागी पीडितलाई दिने तयारी गरिएको राहात सामग्री । तस्बिर : राजन रावत

राजन रावत

हुुम्ला, जेठ २९ गते  । चंखेली गाउँपालिकाको पिप्लाङमा भएको आगलागी पीडितलाइ कर्णाली सरकारले राहत उपलब्ध गराएको छ । गाउँपालिकाको पहलमा आगलागी पीडितलाई राहत प्रदान गरिएको हो । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट लाखौ रकम बराबरको राहत सामग्री अग्नि पीडितलाई सहयोग गरेको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीकाअनुुसार मुख्यमन्त्रीसँगको समन्वयमा मझौला टेण्ट चार थान, चाइनिज टेण्ट एक थान, कम्बल १२ थान, पि फर्म १२ थान तन्ना १२ थान सिरानी आठ थान कपडा, भाडाकुँडा खाद्यान्न सहयोग उपलब्ध भएको छ । त्यसैगरी चामल २५ किलोका १० बोेरा, दाल अरहर २० केजी, खानेतेल दुुई पेटी, नुन १० केजी खाद्यान्न सहयोग कर्णाली प्रदेश सरकारबाट सहयोेग भएको छ । 

उपलब्ध राहत सामग्री सुर्खेतबाट हुम्ला लगिएको छ । दुुई दिनमा सो सामग्री पीडितलाई बितरण गरिने बताइएको छ । विद्युतको तार सर्ट भएर शनिवार बिहान साढे १ बजे आगलागी हुुँदा चंखेली गाउँपालिका– ४ को पिप्लाङ गाउँका कर्णबहादुर शाही र जयबहादुर शाहीको घर जलेर नष्ट भएको थियो । अर्का स्थानीय शेरबहादुुर पालको घर आगलागीबाट आंसिक क्षेती पुुगेको छ । प्रहरी मुचुुल्काअनुसार पिप्लाङ आगलागीबाट एक करोड ८१ लाख ७५ हजार रुपियाँ बराबरको क्षती भएको थियो । 

यसअघि वडा अध्यक्ष पदमबहादुुर शाहीले आगलागी पीडितबाट घर जलेर नष्ट भएका कर्णबहादुर शाही र जयबहादुर शाहीको घरका लागि २० प्रकारका राहत सामग्री वितरण गरेकोे बताउनुुभयो । आगलागीमा परेर सबै गुमाएका दुई घर परिवार र सो घरमा बस्दैआएका दुई परिवारका लागि तत्काल अत्यावश्यक सामग्री प्रदान गरेको थियो । राहत दिएका सामग्रीमा ग्याँस चुल्हो, चामल, दुुई सेट ओड्ने ओछ्याउने कपडा, दाल, मसला, एक सेट भाँडाहरु छन् ।