तीनलाल स्मृतिपार्क सञ्चालनमा आएन
रामेछाप जिल्लाको मन्थली नगरपालिकाको गौरवको आयोजना स्विमिङ पुलसहितको तीनलाल स्मृति पर्यटकीय पार्क अझै सञ्चालनमा आउन सकेको छैन । मन्थली नगरपालिका–१ स्थित हाटेचौरमा गत आर्थिक वर्ष २०७७/०७८ को भदौबाट निर्माण सुरु गरिएको यो पार्क कोरोनाका कारण थप गरिएको समयसहित गत चैतसम्ममा निर्माण सम्पन्न गर्ने र गत वैशाखको पहिलो हप्ताबाट सञ्चालन गर्ने नगरपालिकाको योजना थियो । निर्माण कम्पनीले समयमै काम नसक्दा यसअघिका मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले
परिचयपत्रलाई विवरण टिपाउनै सकस
काभ्रेको तेमाल गाउँपालिका–४ की पासाङ तामाङ मङ्गलबार बिहान ४ बजे धुलिखेलस्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन (फोटो खिचाउन) लाइनमा बस्नुभयो । बिहान ४ बजे राष्ट्रिय परिचयपत्रको फोटो खिच्न आउनुभएकी पासाङले बिहान ९ बजे फोटो खिच्ने टोकन पाउनुभएकाे हो ।
नागरिकता लिनेको चाप बढ्यो
सर्लाहीमा कक्षा १२ को परीक्षा सम्पन्न भएपछि नागरिकता बनाउनेको चाप बढेको छ । भर्खरै कक्षा १२ को परीक्षा दिएका धेरै जसो विद्यार्थी माथिल्लो कक्षा अध्ययन तथा वैदेशिक रोजगारीमा जाने भन्दै नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय पुग्ने गरेका छन् । यहाँ जिल्ला प्रशासन कार्यालय मलङ्गवा र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयबाट नागरिकता जारी हुने गरेको छ ।
पर्वतमा कागतीखेती अभियान
गाउँघरमा खेतबारी बाँझो हुँदै गएपछि पर्वतको एक गाउँमा भने कागतीखेती अभियान सुरु गरिएको छ । फलेबास नगरपालिका–८ अर्चले गाउँमा १२ हेक्टर जमिनमा पाँच हजार बिरुवा लगाउने योजनासहित कागतीखेती सुरु गरिएको हो ।
युवा नीति निर्माण अन्तिम चरणमा
गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले प्रदेश युवा नीति निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । मन्त्रालयले युवा नीतिका लागि तयार पारेको मस्यौदाउपर अन्तरक्र्रिया, राय तथा सुझाव सङ्कलनको कामलाई तीव्रता दिएको छ ।
टेलिकमका सेवा चार दिनदेखि अवरुद्ध
शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ । अप्टिकल फाइबरमा अवरोध हुँदा नेटवर्कमा समस्या आएको हो । टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने समस्या छ ।
हतारले यात्रुलाई सास्ती
सार्वजनिक यातायातका सवारी साधनबीच ‘प्रतिस्पर्धा’ गरी हतार–हतार यात्रु चढाउने अनि ओराल्ने परिपाटीले सर्वसाधारणलाई सास्ती बेहोर्नु परेको छ । शिष्ट व्यवहार नहुनु अर्काे समस्या भएको यात्रुको गुनासो छ ।
राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन
संघीय सरकारले राष्ट्रिय अभियानका रूपमा कार्यान्वयन गरेको ‘राष्ट्रिय परिचयपत्र’ विवरण सङ्कलन मोरङको उत्तरी क्षेत्र मिक्लाजुङ गाउँपालिकामा सुरुआत गरिएको छ । सो गाउँपालिकामा रहेका नौवटा वडामध्ये प्रत्येकमा चारवटाका दरले केन्द्र राखी आगामी १५ दिनसम्ममा विवरण सङ्कलन गरिने छ ।
लोपोन्मुख सुरेल समुदायको गुनासो
दोलखाको उत्तरी दुर्गम सुरीगाउँमा मात्र रहेका लोपोन्मुख सुरेल समुदायले स्थानीय तहको निर्वाचनमा आफूहरूले एक जना जनप्रतिनिधिसमेत नपाएको गुनासो गरेका छन् । दोलखाको गौरीशङ्कर गाउँपालिका–५, सुरीमा रहेका लोपोन्मुख सुरेल समुदायका कुनै व्यक्ति पनि पालिका सदस्यसमेत बन्न नपाएको उनीहरूको गुनासो रहेको छ ।
बस दुर्घटनामा २५ जना घाइते
सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा सोमबार राती बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् ।
२७ जना असल बुहारी सम्मानित
सासू–ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका ज्येष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको हो ।
बाँदर आतङ्कले किसान विस्थापित : विपत् घोषणाको तयारी
भारतबाट हुल बाँधेर आउने बाँदरले हैरानी खेलाएपछि बैतडीका किसान गाउँ छाडेरै हिँडेका छन् । बाँदर नियन्त्रणमा सरोकार निकायले पनि खासै चासो नदिएको गुनासो किसानको छ । दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाका बाँदर पीडित गाउँका किसान विस्थापित भएपछि ती गाउँका विद्यालयसमेत खारेजीमा परेका छन् । विद्यार्थी सङ्ख्या नपुग्दा दशरथचन्द नगरपालिकाका पाँचवटा विद्यालय अन्यत्र गाभिएका छन् ।
सालोको हत्यामा संलग्न दिदी र भिनाजु सहित पाँच पक्राउ
सालोको हत्या आरोपमा दिदी–भिनाजु सहित पाँच जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । दिदीको घरमा बसेका पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडी बैरियाटोलका ४० वर्षीय राजेश रामको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आश्रम र आँखा अस्पताल निरीक्षण
काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डङ्गोलले हेटौँडा सामुदायिक आँखा अस्पताल र मानवसेवा आश्रमको निरीक्षण गर्नुभएको छ ।बागमती प्रदेश सरकारले बागमती प्रदेशमा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी हेटौँडामा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आइपुग्नुभएका शाह र डङ्गोलले सोमबार अस्पताल र आश्रमको अवलोकन गर्नुभएको हो । समुदायस्तरमा मकवानपुरमा सञ्चालित देशकै नमुना कार्यक्रममा पर्ने सामुदायिक अस्पताल र आश्रमको सञ्चा
जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान
जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । दिनको १० वटा सिलिन्डर भर्नसक्ने क्षमता रहेको सो प्लान्टको सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उदघाटन गर्नुभयो ।
रकम अभावले औद्योगिक ग्राम निर्माण सुस्त
जिल्लाको दुई नगरपालिकाले तयार गरेको महत्वाकांक्षी औद्योगिक ग्रामको गुरुयोजना रकम अभावले कार्यान्वयनमा सुस्तता आएको छ । तानसेन र रामपुर नगरपालिकाले गतवर्षदेखि गुरुयोजना निर्माण गरी औद्योगिक ग्रामका लागि आवश्यक पूर्वाधार निर्माण सुरु गरे पनि गुरुयोजना कार्यान्वयन गर्न रकम अभाव भएको छ ।
दुर्गम मुदीको खाम्लामा सडक पुग्यो
म्याग्दीको दुर्गम धबलागिरि गाउँपालिका ४ मुदीको खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका ७ खारादेखि खाम्लासम्म १० किलोमिटर सडकको ट्रयाक खोलेसँगै दुर्गम गाउँमा सडक पुगेको हो ।
जिसस बाराको प्रमुख र उपप्रमुखमा एमाले विजयी
जिल्ला समन्वय समिति बाराको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको छ । जिसस प्रमुखमा एमालेका उम्मेदवार नरेन्द्रकुमार साहले २० मत ल्याई विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनुभयो ।
नियमित विजुलीको माग गर्दै प्रदर्शन
पछिल्लो समय भइरहेको विजुली कटौतीको बिरोध गर्दै नियमित विधुतको माग राखी वीरगञ्जस्थित नेपाल विधुत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रको कार्यालय अगाडि उपभोक्ताहरुले बिरोध प्रदर्शन गरेका छन् ।
मिटरब्याजी साहविरुद्ध राजविराजमा प्रदर्शन
सप्तरीको मिटरब्याजी रामदेव साह तेलीविरुद्ध सोमबार सप्तरीको राजविराजमा पीडितहरुले प्रदर्शन गरेका छन् । परिबन्धमा परेका विपन्नलाई ऋण लगाएर साहले मिटरब्याजमा रकम असुल्नुका साथै सर्वसाधारणको जग्गासमेत कब्जा गरी शोषण गर्दैआएका पीडितहरुको आरोप छ । उजुरीको प्रहरीले वेवास्ता गर्दैआएको भन्दै पीडितहरुले न्यायका लागि प्रदर्शन गरेका हुन ।
जिसस सुनसरी प्रमुखमा मेहता विजयी
जिल्ला समन्वय समिति (जिसस) सुनसरीको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदबार राजन मेहता निर्वाचित हुनुभएको छ । जिसस निर्वाचनमा गठबन्धनका तर्फबाट प्रमुख मेहतासहित प्यानल विजयी भएको छ ।
सहकारीमा चोरी गर्न नपाएपछि आगजनी
झापाको कनकाई नगरपालिका ३ स्थित भगवती बचत तथा ऋण सहकारी संस्थामा चोरी गर्न गएको समुहले चोरी गर्न नपाएपछि सहकारीको भवनमा आगजनी गरेर क्षति गरेको छ ।
सर्लाहीको चुरे भेगमा यातायात ठप्प
बर्खायाम सुरु भएसँगै सर्लाहीको उत्तरी चुरे भेगमा यातायात ठप्प भएका छन् । बाढीले खोलाको बाटो बिगारेपछि जिल्लाको चुरे भेगस्थित विकट क्षेत्रमा पर्ने नारायण खोला, शीर कालिञ्जोर, पिपलदमार लगायतका क्षेत्रमा यातायातका साधन अवरुद्ध भएका हुन् । त्यस भेगका स्थानीयहरु हिजोआज किनमेलका लागि बजारसम्म र औषधोपचारका लागि अस्पतालसम्म जान घण्टौं पैदल हिँड्न बाध्य छन् ।
हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दो : जनशक्ति र पूर्वाधार अभावले समस्या
बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालमा विशेषज्ञ जनशक्ति, उपकरण र पूर्वाधारको अभावमा स्थानीय बासिन्दाले उपचारमा समस्या बेहोर्दै आएका छन् । जिल्लाको एक मात्र सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीको चापको अनुपातमा जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापनमा सरकारले चासो नदेखाउँदा उपचारमा स्थानीय बासिन्दाले वर्षौंदेखि सास्ती खेप्दै आएका हुन् ।