• ४ साउन २०८१, शुक्रबार

नियमित विजुलीको माग गर्दै प्रदर्शन

blog

दिपकप्रसाद गौतम

वीरगञ्ज,  जेठ ३० गते । पछिल्लो समय भइरहेको विजुली कटौतीको बिरोध गर्दै नियमित विधुतको माग राखी वीरगञ्जस्थित नेपाल विधुत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रको कार्यालय अगाडि उपभोक्ताहरुले बिरोध प्रदर्शन गरेका छन् । 

प्रदर्शनमा उत्रिएका उपभोक्ताहरुले प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्र झालाई भेटेर ध्यानाकर्षण गराउँदै विजुली आपुर्तिमा भइरहेको समस्या तत्काल सामधान गर्न माग गर्नुभयो । माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने उहाँहरुको चेतावनी छ ।

लोसपाका वीरगञ्ज महानगर अध्यक्ष ओमप्रकाश सर्राफको अगुवाइमा विधुत प्राधिकरण अगाडि बिहान १० देखि मध्यान्ह १२ बजेसम्म प्रदर्शन गरिएको थियो । केन्द्रका प्रमुख झाले विजुली आपुर्तिमा भइरहेको अहिलेको समस्या सामधानका लागि तत्काल पहल थाल्ने आश्वासन दिनुभएको सर्राफले जानकारी दिनुभयो । 

प्रदर्शनमा सखुवा परसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, लोसपाका नेताहरु राजेश साह, राजनरायण मिश्रा, समाजिक अभियन्ता बृजेश्वर चौधरी, लालबाबु सिंह, युवा नेताहरु कृष्ण गुप्ता, सन्जय पटेल, कृष्ण गुप्ता, सागर सरार्फ, मोहम्मद असलम, महिला अभियन्ताहरु उषा अधिकारी, अन्जना गुप्ता, रेखा सरार्फ, रानी शर्मा लगायतको सहभागिता थियो ।