• ४ वैशाख २०८३, शुक्रबार

खजुरा गोल्डकपमा जेबिएम लखनउ फाइनल प्रवेश

blog

खजुरामा जारी गोल्डकपमा फाइनल प्रबेश गरेको टोली । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, बैशाख ४ गते । जेबिएम फुटबल एकेडेमी लखनउ बाँकेको खजुरामा जारी एमटि एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

खजुरा –४ डि गाउँस्थित मिनी रंगशालामा शुक्रवार भएको पहिलो सेमिफाइनलमा जेबिएमले गोर्खा ब्वाइज स्पोर्ट्स क्लव बुटवललाई १ का विरुद्ध ३ गोलको अन्तरले पराजित गर्दै  फाइनल प्रवेश गरेको हो। 

जेबिएनका जर्सी नम्बर ७ का निखिल तामाङले खेलको १२ औ मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए। यसैगरी जेबिएनकै ९ नम्बरको सुरज भण्डारीले ४३ औ मिनेटमा टोलीका लागि दोस्रो गोल गर्नुभयो भने जर्सी नम्बर १२ का उमेश दर्लामीले ६० औ मिनेटमा तेस्रो गोल गर्नुभयो । गोर्खाका जर्सी नम्बर १५ का सुजन थारुले सान्त्वना गोल गर्नुभयो । दोस्रो हाफको सुरुमै कप्तान सुजन मगर रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित जेबिएनले सम्हालिएर खेल्दै  अग्रता जोगाउन सफल भएको थियो । गोर्खाका जर्सी नम्बर २१ का उमेश थापा पनि खेलको अन्त्यतिर रातो कार्ड पाएका थिए । जेबिएमका गोलरक्षक उमेश कुमार प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

यसैगरी दोस्रो सेमिफाइनल खेल शनिबार फोर ब्रदर्श एफसी र नाईजेरियन जोन क्लवबिच हुनेछ । प्रतियोगिताको फाईनल आइतबार हुने आयोजक न्यू डाँफे स्पोर्टस क्लवका अध्यक्ष बालाराम खत्रीले जानकारी दिनुभयो । 

न्यू डाँफे स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल, संकटा एफसी, न्यू डाँफे स्पोर्टस् क्लब, जेभिएम फूटबल एकेडेमी लखनउ, काक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौं र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता थियो।

प्रतियोगिताको बिजेतालाई सात लाख रुपियाँ र द्वितीयलाई चार लाख रुपियाँ नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा करिव ६० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।