• ४ साउन २०८१, शुक्रबार

सालोको हत्यामा संलग्न दिदी र भिनाजु सहित पाँच पक्राउ

blog

वीरगञ्ज,  जेठ ३१ गते । सालोको हत्या आरोपमा दिदी–भिनाजु सहित पाँच जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । दिदीको घरमा बसेका पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडी बैरियाटोलका ४० वर्षीय राजेश रामको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार दिदी–भिनाजुको घरमा गएका रामले सोही घरकी महिलासँग अनैतिक क्रियाकलाप गरेको भेटेपछि भिनाजुले आफ्नै सालोको हत्या गरेका अनुसन्धानमा खुलेको छ । 

पक्राउ पर्नेमा मृतक राजेशका भिनाजु जगरनाथपुर गाँऊपालिका वडा नम्बर ६ का ४५ वर्षीय हिरामन महरा, उनका भाई ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनिता देवी र २२ वर्षीया रिंकु देवी रहेका छन् ।

जेठ २४ गते जगरनाथपुर ६ स्थित दिदी भिनाजुको घरमा आएर बसेका मृतक राजेश रामलाई घाँटी रेटेर हत्या गरी जगरनाथपुर गाउपालिका वडा नम्बर ६ स्थित नारा खोलामा फालिएको अवस्थामा गत शनिबार भेटिएको थियो ।

Author

दिपकप्रसाद गौतम