• १८ असार २०८१, मङ्गलबार

जिसस बाराको प्रमुख र उपप्रमुखमा एमाले विजयी

blog

बायाँबाट प्रमुख, उपप्रमुख नरेन्द्रकुमार साह र चण्डिका उप्रेती । तस्बिर : शिवशङ्कर मिश्र

शिवशङ्कर मिश्र

बारा, जेठ ३० गते । जिल्ला समन्वय समिति बाराको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको छ । जिसस प्रमुखमा एमालेका उम्मेदवार नरेन्द्रकुमार साहले २० मत ल्याई विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनुभयो । 

साहको निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामदयाल महतोले ९ मत ल्याउनुभयो । त्यसैगरी उपप्रमुखमा एमालेका चण्डिका उप्रेतीले १७ मत प्राप्त गरी निर्वाचित हुनुभयो । गठबन्धनका तर्फबाट जनता समाजवादीका पवनकुमार ब्याहुतले १५ मत प्राप्त गरी पराजित हुनुभयो ।  

त्यस्तै, जिसस सदस्यहरुमा पुरुषतर्फ जसपाका तीन तथा महिलातर्फ लोसपा र एमालेका दुई दुईजना सदस्य निर्वाचित भएको निर्वाचन कार्यालय बाराले जनाएको छ । निर्वाचित सदस्हयमा प्रदीपकुमार केशरी १५, श्यामबाबु यादव १५, चन्देश्वर यादव १४, प्रभादेवी साह २५, सुमित्रा देवी १८, नेसा खातुन १७ र उमादेवी चमार १३ मत प्राप्तगरी बिजयी हुनुभयो । 

समन्वय समितिको निर्वाचनमा ९ वटा पदका लागि प्रमुख, उपप्रमुख र सदस्यहरु गरी २२ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । जिसस निर्वाचनमा ३२ मत खसेकोमा ३ मत बदर भएको छ ।