• ४ साउन २०८१, शुक्रबार

हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दो : जनशक्ति र पूर्वाधार अभावले समस्या

blog

राममणि दाहाल

हेटौँडा, जेठ ३० गते । बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालमा विशेषज्ञ जनशक्ति, उपकरण र पूर्वाधारको अभावमा स्थानीय बासिन्दाले उपचारमा समस्या बेहोर्दै आएका छन् । जिल्लाको एक मात्र सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीको चापको अनुपातमा जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापनमा सरकारले चासो नदेखाउँदा उपचारमा स्थानीय बासिन्दाले वर्षौंदेखि सास्ती खेप्दै आएका हुन् ।

हेटौँडा नगरपालिकाबाट हेटौँडा उपमहानगरपालिकाहुँदै हाल प्रदेशको राजधानीसमेत भइसक्दा पनि अस्पतालको स्वीकृत श-या ५० मात्र छ । अस्पताल विकास समितिमार्फत ६० गरी ११० शøयाको क्षमतामा अस्पताल सञ्चालन हुँदै आए पनि अस्पतालमा सेवा लिन आउने बिरामीको चापको अनुपातमा दक्ष जनशक्ति अभावमा अपेक्षित सेवा पाउन नसकेको सेवाग्राहीको गुनासो छ । अस्पतालमा स्थायी चिकित्सकको दरबन्दी ११ जना रहेकोमा हाल तीन जना अध्ययन बिदामा र एक जना चितवनस्थित अस्पतालमा रहेकोले बाँकी सात जना र अस्पताल विकास समितिमार्फत करारमा रहेका १२ जना गरी १९ जनाले सेवा दिँदै आएका छन् । 

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट 

डा. रामचन्द्र सापकोटा अस्पतालमा दैनिक सेवा लिन आउने बिरामीको अनुपातमा जनशक्तिसँगै पूर्वाधार अभावले उपचारमा समस्या भएको बताउनुहुन्छ । पूर्वाधार र उपकरणको व्यवस्था भएमा अहिलेको जनशक्तिले थप बिरामीलाई सेवा दिन सकिन्छ उहाँले भन्नुभयो, “बिरामीको चाप हुँदा जुनसुकै स्वास्थ्य संस्थामा लाइनमा बस्नुपर्ने र केही समय कुर्नुपर्ने अवस्था आउनु सामान्य हो, सेवाग्राहीले गुणस्तरीय सेवा पाउने विषय महìवपूर्ण हुनुपर्छ ।”

गुणस्तरीय सेवाका लागि अस्पताल प्रतिबद्ध छ, यहाँ उपलब्ध साधन, स्रोत, जनशक्ति र पूर्वाधारका आधारमा चितवनलगायतका जिल्लाका सरकारी अस्पतालसरह सेवा र सुविधा प्रदान गर्दै आएको दाबी गर्दै उहाँले हाल निर्माणको अन्तिम चरणमा पुगेको अस्पताल भवन हस्तान्तरणमा भएपछि उपचारमा थप सहजतासँगै गुणस्तरीय सेवा प्रदान गर्न सहज हुने बताउनुभयो ।

अस्पतालमा हरेक वर्ष बिरामीको चाप बढ्दै गए पनि बागमती प्रदेश सरकारअन्तर्गत रहेको अस्पतालको स्तरोन्नतिका लागि प्रदेश र स्थानीय सरकारले चासो नदेखाउँदा समयमा उपचार नपाइने भएपछि चितवन वा काठमाडौँ उपचारका लागि जानुपर्ने स्थानीयका लागि बाध्यता बन्दै आएको छ । गत वर्ष जेठ महिनामा सर्जरी, कोभिड–१९ लगायतका छ हजार सात सय ८७ जना बिरामीले सेवा लिएका थिए तर यो वर्ष जेठ १ गतेदेखि २७ गतेसम्ममा अस्पतालबाट दाँत, इमर्जेन्सी, नाक, कान, घाँटीलगायतका सेवा लिनेको सङ्ख्या झन्डै दोब्बरले बढेको छ । यो वर्ष जेठ १ गतेदेखि २७ गतेसम्ममा विभिन्न सेवा लिनेको सङ्ख्या १२ हजार ८५८ पुगेको अस्पतालले जनाएको छ ।

अस्पतालले सघन उपचार कक्ष (आईसीयू), मिर्गौला रोगीका लागि डायलासिससँगै विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।  दैनिक १२ जनाले डायलासिस सेवा लिँदै आएका छन् । अस्पतालमा १७ शøयाको आईसीयू र डायलासिस मेसिन आठवटा रहेकामा थप आठवटा डायलासिस मेसिन ल्याउने तयारी भइरहेको डा. सापकोटाले बताउनुभयो । उहाँले नयाँ भवनमा नवजात शिशुको उपचारका लागि १० शøयाको एनआईसीयू र १४ वर्षसम्मका बालबालिकाको उपचार गर्ने गरी १० शøयाकै पीआईसीयूको व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

आवश्यकताभन्दा पनि कतिपय जाँच गरिहालँु न त भन्दै कतिपय मानिस अस्पतालमा आउने गरेकाले चाप बढेको भन्दै अस्पतालको शøया सङ्ख्या वृद्धि भएसँगै अहिलेको ५० प्रतिशत समस्या समाधान हुने उहाँले बताउनुभयो । ७० श-याको नयाँ भवन निर्माण कम्पनी सम्झौताअनुसार तोकिएको समयमा निर्माण पूरा गरी हस्तान्तरणमा ढिलाइ गर्दा सेवा प्रवाहसमेत प्रभावित भएको छ । निर्माण कम्पनीसँगको सम्झौता मितिमा थप गरिएको समय सकिएको र म्यादसमेत पुनः गर्ने सम्भावना नरहेको भन्दै यही असारभित्रमा सम्पन्न गरी हस्तान्तरण गर्ने सम्भावना रहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल विकास समितिले अस्पताल दुई श-याको बनाउने गरी स्तरोन्नति गर्न प्रदेश सरकारसमक्ष अस्पतालको स्तरोन्नतिको आवश्यकता र औचित्यको योजनासहित प्रस्ताव पठाएको छ । 

अस्पतालमा बिरामीको चाप र प्रदेश राजधानीसमेत भएकोले स्तरोन्नतिका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउँदै प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट सापकोटाले भन्नुभयो, “यथास्थितिमा अस्पताल सञ्चालन गर्दा अस्पतालले दिँदै आएको सेवा अहिलेको शुल्कमा प्रदान गर्न नसकिने भएकोले शुल्कमा पुनरवलोकन गर्नुपर्ने हुन्छ तर स्तरोन्नति गर्दा यो समस्या समाधान हुनसक्छ ।”