आगलागी पीडितलाई पाँच लाख रुपियाँ सहयोग
बलेफी गाउँपालिका –७ खाडीचौरस्थित हार्डवयर पसलका आगलागी पीडितलाई सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले नगद सहयोग गरेको छ । आगलागी पीडित बिदुर खड्कालाई संघमा आबद्ध ब्यापारी, ब्यबसायीले ५ लाख ४६ हजार ५५ रुपियाँ नगद सहयोग गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले जानकारी दिनुभयो ।
अस्पतालले स्वास्थ्य बीमाको रकम पाएन
काभ्रेको धुलिखेल सामुदायिक अस्पतालले नेपाल सरकारले स्वास्थ्य बीमा उपचारबापतको रकम भुक्तानी नदिँदा अस्पताल सञ्चालनलगायतका गतिविधिमा समस्या भएको जनाएको छ ।
वैकल्पिक ऊर्जाप्रति आकर्षण बढ्यो
रौतहटका अधिकांश पालिकामा पूर्ण तथा आंशिक रूपमा विद्युतीकरण भइसके तापनि ग्रामीण भेगका मानिस वैकल्पिक ऊर्जाप्रति आकर्षित भएका छन् । विद्युतीय शक्तिको उपभोगमा लाग्ने खर्चभन्दा कममा वैकल्पिक उर्जाबाट प्राप्त विद्युतीय सेवा उपभोग गर्न पाइने भएपछि उनीहरू वैकल्पिक उर्जाप्रति आकर्षित भएका हुन् । नेपाल विद्युत् प्राधिकरण शाखा गौरका अनुसार रौतहट जिल्लाको १८ वटै पालिकामा विद्युतीकरण भइसकेको छ । यसरी विद्युत् सेवा उपलब्धसमेत भइसकेको अवस्थामा पनि जिल्लाको ग्रामीण भेगका नागरिकले वैकल्पिक उर्जाको रूपमा रहेको सोलार, इन्भर्टर, गोबरग्यास (बायोग्यास)लगायतका प्लान्ट जडान गरी उर्जा सेवा उपभोग गरिरहेका छन् ।
'गुरिल्ला म्याराथन'को उपाधि दलबहादुर र मन्जुले लियो
रुकुम पूर्वमा भएको चौथो गुरिल्ला म्याराथन प्रतियोगिता उपाधि दलबहादुर कुँवरले हात पारेको छ । शुक्रबार सम्पन्न म्याराथनमा ६२ किलोमिटर तर्फ प्रथम हुँदै कुँवरले उपाधि हात पारेको हो ।
हजयात्रीको भिसा आयो
यस वर्ष नेपालबाट हजयात्रामा जाने मुस्लिममा सबैभन्दा बढी बाँकेबाट हुने भएको नेपाल हज समितिले जनाएको छ ।नेपाल हज समितिका केन्द्रीय अध्यक्ष शमशेर मियाँले दिनुभएको जानकारीअनुसार यस वर्ष हजयात्राका लागि भिसा प्राप्त गर्ने मुस्लिममध्ये सबैभन्दा बढी बाँके जिल्लाका ८५ जना छन् ।
राजी समुदायका तीन जनप्रतिनिधि
लोपोन्मुख राजी समुदायबाट कैलालीको स्थानीय तहमा तीन जनाको प्रतिनिधित्व भएको छ । दुई जना वडा सदस्य र एक जना कार्यपालिका सदस्य गरेर भजनी नगरपालिकामा लोपोन्मुख राजी समुदायका तीन जनाको प्रतिनिधित्व भएको हो । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडा नम्बर
‘विश्वविद्यालय राजनीतिक प्रयोगशाला होइन’
कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयलाई राजनीतिक प्रयोगशालाका रूपमा स्थापित गर्न नहुने बताउनुभएको छ । सभामुख शाहीले मध्यपश्चिम विश्वविद्यालयको १२औँ वार्षिकोत्सवमा शुक्रबार आयोजित कार्यक्रममा ‘विश्वविद्यालयलाई राजनीतिक प्रयोगशाला’ बनाउन नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “विश्वविद्यालय अनुसन्धान गर्ने थलो हो, विश्वविद्यालयमा राजनीति पढ्ने पढाउने काम हुन्छ ।”
नचलाऊ चुरे, खोज खानी
सिन्धुलीको कुल वन क्षेत्रमध्ये आधाभन्दा धेरै चुरे क्षेत्रमा पर्छ । अत्यन्त कमजोर भू–बनोटका कारण चुरे क्षेत्रबाट हुने भूक्षयबाट बर्सेनि यस क्षेत्रमा सयौँ बिघा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै आएको छ ।
पर्यटक राख्न सामुदायिक पाहुना घर निर्माण
पर्यटकको व्यवस्थित बसाइँका लागि बागलुङको काठेखोला गाउँपालिका –४ तंग्राममा सामुदायिक पाहुना घर सञ्चालनमा आएको छ । जनजाती बाहुल्य रहेको तंग्राम ठूलो गाउँमा वडा कार्यालयले पाहुना घर निर्माण गरेको हो ।
संघीय सरकारसहित माओवादीका छ अर्थमन्त्रीको बजेट : आत्मनिर्भर अर्थतन्त्रमा केन्द्रित
सङ्घीय सरकार र प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन्।
उत्पादनका कार्यक्रमलाई अब प्राथमिकता : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब चितवनमा उत्पादनका कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभएको छ । भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा शुक्रबार उहाँले सो कुरा बताउनुभयो ।
जिसस निर्वाचनमा गठबन्धनले साझा उम्मेदवारी दिने
जिल्ला समन्वय समितिका पदाधिकारीहरुका हुने निर्वाचनमा तीन दलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णयमा दलहरु पुुगेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच तालमेल गरेर जिससको निर्वाचनमा जाने भएका हुन् ।
पहिरोले बस्तीमा त्रास
गल्याङ नगरपालिका–३ को लल्याङका ८० घरपरिवार पहिरोका कारण उच्च जोखिममा परेका छन् । विगत १० वर्षदेखि निरन्तर बगिरहेको पहिरोले पछिल्लो समय गाउँलाई जोखिममा पु-याएको हो ।
जिल्ला समन्वय समिति मनाङको प्रमुखमा घले
जिल्ला समन्वय समिति मनाङको प्रमुखमा नेकपा (एमाले)का चिनबहादुर घले निर्वाचित हुनुभएको छ ।
पहिरोमा पुरिएर सासु बुहारीको मृत्यु
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका सासु बुहारीको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै गएराति घर माथिबाट झरेको पहिरोले पुरिएर सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सासुबुहारीको मृत्यु भएको हो ।
राजमार्गमा खाल्टाखुल्टीले दुर्घटनाको जोखिम
पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा परेका खाल्टाखुल्टी मर्मत–सम्भार नहुँदा यात्रा जोखिमपूर्ण बन्दै गएको छ । विगत लामो समयदेखि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा परेका ठुल्ठूला खाल्टाखुल्टीमा पानी जम्न थालेको छ ।
सिमेन्ट उद्योगमाथिको शुल्क मिलेमतोमा हटाइएको आरोप
बागमती प्रदेश सभाका सदस्यले सिमेन्ट उद्योगमाथि लाग्दै आएको शुल्क उद्योगीसँगको मिलेमतोमा प्रदेश सरकारले खारेज गरेको आरोप लगाएका छन् ।आगामी आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको प्रदेश सभामा बिहीबार भएको सामान्य छलफलमा विपक्षी दलका प्रदेश सभाका सदस्यले सिमेन्ट उद्योगलाई करमा दिएको छुट नीतिगत रूपमा भ्रष्टाचारको एउटा शृङ्खला भएको आरोप लगाउनुभएको हो ।
बूढीगङ्गामा असार २३ गने पुनःनिर्वाचन
बूढीगङ्गा नगरपालिकामा असार २३ गते पुन निर्वाचन हुने भएको छ ।
बेरोजगारी अन्त्य गर्न यस्ता छन् प्रदेश सरकारका कार्यक्रम
सातै प्रदेशका सरकारले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन्। संविधानका अनुसूचीअनुसार प्रदेश सरकारका क्षेत्राधिकारभित्र पर्ने विषयलाई सम्बोधन गर्ने गरी प्रदेश सरकारका बजेट आएका छन्।
पूर्वाधार, स्वास्थ्य र कृषि प्राथमिकतामा
मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि बुधबार बसेको प्रदेश सभाको बैठकमा ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभएको छ ।
पूर्वाधार केन्द्रित बजेट
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि पूर्वाधार विस्तार केन्द्रित बजेट ल्याएको छ । कुल ३५ अर्ब ९० करोड ९० लाख रुपियाँको बजेटमध्ये प्रदेश गौरवका सडक र पुलका पूर्वाधार निर्माणको लागि मात्रै १० अर्ब विनियोजन गरिएकोे छ । सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेश सभामा पेस गर्नुभएको बजेट वक्तव्यमा शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रका पूर्वाधार विस्तारमा ठूलो रकम खर्चने उल्लेख गरिएको छ ।
पालिकामा एम्बुलेन्स छैन,जनप्रतिनिधिलाई चिल्लो गाडी
गाउँगाउँमा कच्ची सडकको पहुँच पुगेको छैन तर जनप्रतिनिधिका लागि चिल्ला गाडी खरिद गरिएका छन् । त्यही गाउँबस्तीमा बिरामी बोक्ने स्ट्रेचर र एम्बुलेन्स छैन । यो समस्या बैतडीका दुर्गम गाउँपालिकामा देखिएका छन् ।
सेवाग्राहीको भीड अव्यवस्थित
जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भीड बढेको छ ।सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार स्थानीय तहको निर्वाचन घोषणा भएसँगै स्थानीय तहहरू जनप्रतिनिधिविहीन बने र पञ्जीकरण काममध्ये नागरिकता सिफारिस रोकिएकोले नियमले तोकिएको कागजात नै नपुग्ने भयो ।
नगर अस्पतालमा रेबिजविरुद्धको खोप सेवा
पूर्वी चितवनको खैरहनी नगर अस्पतालमा रेबिजविरुद्ध (एन्टी रेबिज) को खोप सेवा सुरु गरिएको छ । जिल्लामा भरतपुर अस्पतालमा मात्रै पाइने यो सेवा खैरहनी नगर अस्पतालले पहिलोपटक सुरु गरेको हो ।