• ४ वैशाख २०८१, मङ्गलबार

जिसस निर्वाचनमा गठबन्धनले साझा उम्मेदवारी दिने

blog

राजन रावत

हुुम्ला असार ३ गते । जिल्ला समन्वय समितिका पदाधिकारीहरुका हुने निर्वाचनमा तीन दलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णयमा दलहरु पुुगेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच तालमेल गरेर जिससको निर्वाचनमा जाने भएका हुन् ।

नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले शुक्रवार तीन दलबीचको बैठकले जिसस हुुम्लाको निर्वाचनका लागि तीन दलबीच गठबन्धन गरी जाने निर्णय भएको बताउनुुभयो । असार ७ गते हुने जिसस निर्वाचनमा तीन दलबीच सबै पदहरु बाँडफाँट गर्ने कार्य मिलेको बताउनुुभयो । 

दलहरुबीच भएको सहमतिअनुुसार जिसस प्रमुखमा एकीकृत समाजवादी, उपप्रमुखसहित तीन जना सदस्य माओवादी केन्द्र र चार जना सदस्य कांग्रेसलाई दिने भएको छ । यसैबीच मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुुसार जिल्ला समन्वय समितिको  पदाधिकारीका लागि असार ७ गते मतदान हुनेछ । 

समन्वय समितिका लागि जिल्लाका सात वटा गाउँपालिकाका सात जना अध्यक्ष र सात जना उपाध्यक्षले मतदान गर्नेछन् । गाउँपालिकाका अध्यक्ष उपाध्यक्षमा गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा गएका कांग्रेसका तीन जना अध्यक्ष र तीन जना उपाध्यक्षमा निर्वाचित हुनुुभएको छ । अर्को गठबन्धन दल  माअ‍ोवादी केन्द्रबाट पनि तीन जना अध्यक्ष र तीन जना उपाध्यक्ष निर्वाचित हुनुुभएको छ । 

एक जना अध्यक्ष स्वतन्त्रबाट निर्वाचित हुनुुहुुन्छ भने एक जना उपाध्यक्ष एकीकृत समाजवादीबाट निर्वाचित भएका छन् । गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष पदमा एक जना पनि निर्वाचित नभएको एमालेले उम्मेदवारी दिने नदिने निर्णय अझै नगरेको बताएको छ  ।