• ५ साउन २०८१, शनिबार

पूर्वी नवलपरासी जिससमा एमालेका उम्मेदवार विजयी

blog

मीना कंडेल

कावासोती, असार ४ गते । पूर्वी नवलपरासीको जिल्ला समन्वय समितिमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । शनिवार सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुखसहित सात जना सदस्य गरी नौवटै पदमा एमालेका उम्मेदवार निर्वाचित हुनुभएको हो ।

एमालेबाट जिसस प्रमुखका उम्मेदवार बाबुराम विश्वकर्मा र उपप्रमुखका उम्मेदवार सकुन्तला लम्साल एघार एघार मतकासाथ विजयी हुनुभयो । सदस्यहरूमा एमालेबाट उम्मेदवार पीनकुमारी चितौरे मगर, रेनु गुरौथारु, सरस्वती पाठक, सम्झना सार्की, कुलप्रसाद शर्मा भुसाल, लीला पौडेल, लोकनाथ अर्यालले समान एघार एघार मत प्राप्त गरी विजयी हुनुभयो । 

चार नगरपालिका र चार गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी १६ मतदाता रहेकोमा कांग्रेसबाट प्रमुखका उम्मेदवार द्रोणवन सन्यासीले ५ र उपप्रमुखका उम्मेदवार मिरा थनेतले ५ मत प्राप्त गर्नुभयो । 

कांग्रेसबाट सदस्यका उम्मेदवार दिनेश कुमाल र ज्ञानप्रसाद खनाल चार चार मत प्राप्त गर्दा अन्य सदस्यहरूमा राधिका दमाईँ, देवमाया दमिनी, गोमाया भट्टराई पाण्डे, चित्रबहादुर थापा, सुरेन्द्रबहादुर कुमालले समान पाँच पाँच मत प्राप्त गर्नुभयो । जिल्ला समन्वय समिति निर्वाचनका लागि रहेका १६ मतदातामध्ये एमालेको ११ र कांग्रेसको ५ मत रहेको थियो ।