• १० जेठ २०८१, बिहिबार

जिल्ला समन्वय समिति रामेछापमा गठबन्धन विजयी

blog

नवराज श्रेष्ठ

रामेछाप, जेठ २९ गते । जिल्ला समन्वय समिति रामेछापको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । आइतबार मन्थलीमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धन प्यानल विजयी भएको हो । 

आठवटा स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी १६ जना मतदाता रहेको निर्वाचनमा काँग्रेस र माओवादीले गठबन्धन गरेका थिए ।  एमाले एक्लै चुनाव लडेको थियो । प्रमुखमा गठबन्धनबाट कांग्रे्रेसका चीना खड्का कार्की निर्वाचित हुनुभयो । 

त्यस्तै, उपप्रमुखमा माओवादी केन्द्रका प्रेमबहादुर थापा निर्वाचित हुनुभयो ।  सदस्यमा कांग्रेसका बाबुलाल योन्जन, अनिषा माझी र वीरबहादुर कार्की निर्वाचित हुनुभयो । त्यस्तै, माओवादीका हीराकुमारी गिरि, डम्बरकुमारी रसाइली, बिन्दा सार्की, बिक्रम थापामगर सदस्यमा निर्वाचित हुनुभयो । 

यसैवीच जिल्ला समन्वय समिति रामेछापको निर्वाचनमा गठबन्धनको एक मत हराएको छ । गठबन्धनको कुल १० मध्ये प्रमुख चिना खड्का कार्कीले नौ मत मात्र पाउनुभयो । उपप्रमुख लगायत सबै समन्वय समिति सदस्यले १०–१० मत ल्याई चुनाव जित्दा प्रमुखले नौ मत मात्र पाउनुभयो । 

गठबन्धनमा कांग्रेसको सात र माओवादीको तीन मत थियो । एमालेको ६ मत रहेको थियो ।