• ९ जेठ २०८१, बुधबार

घाइते महिलाको हेलिकोप्टरबाट उद्धार

blog

राजन रावत

हुुम्ला, जेठ २७ गते । भीरबाट लडेर घाईते हुुनुुभएकी एक जना बृद्ध महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उद्धार गरिएकी महिला नाँम्खा गाउँपालिका – ६ तील गाउँकी ९० वर्षीया याङ्जोम लामा रहनुुभएको छ । 

प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार एक दिन अगाडि भीरबाट लडेर घाईते हुनुभएकी महिला लामाको उपचारका लागि शुक्रवार सिमकोटबाट बाहिर पठाइएको हो ।  

भीरबाट लड्नुभएकी महिलाको पछाडिको भागमा चोट लागेर गम्भीर घाईते हुनु भएपछि गृह मन्त्रालयबाट अनुुमति लिएर उद्धार गर्नुपरेको उहाँले बताउनुुभयो । घाईते लामासँगै एक जना कुुरुवाको पनि उद्धार गरिएको  छ । सिमकोटमा रहेको माउण्टेन एयरको हेलिकोप्टरले घाईतेको उद्धार गरेको थियो । 

घाईतेलाई सिमकोटबाट जहाजमा नेपालगञ्ज र त्यहाँबाट काठमाडौं पठाइएको छ । जहाजमा बिरामी राख्न बेडसेट समेत नेपालगञ्जबाट झिकाइएको थियो । हेलिकोप्टर सिमकोट बिमानस्थल भएका कारण उद्धारका लागि आर्थिक ब्ययभार समेत कम भएको छ ।