• ८ जेठ २०८१, मङ्गलबार

नवलपरासीमा ड्रागन फ्रुटको खेती शुरु, किसान उत्साहित

blog

पश्चिम नवलपरासीको वर्दघाट नगरपालिका ६ का किसान देवीदत्त सापकोटाको डा«गनफ्रुटको खेती । तस्विर : गोपी ज्ञवाली

गोपी ज्ञवाली

नवलपरासी, जेठ २७ गते । पश्चिम नवलपरासीको वर्दघाट नगरपालिकाको विभिन्न स्थानमा किसानहरुले ड्रागन फ्रुटको खेती शुरु गरेका छन् । नवलपरासीमा पहिलो पटक नमुना खेतीको रुपमा १४ महिना पहिला रोपिएको ड्रागन फ्रुटले निर्धारित समयमा नै उत्पादन दिन थालेपछि वर्दघाट नगरपालिका ६ का किसान देवीदत्त सापकोटा हर्षित हुनुभएको छ । 

खेतको एउटा कुनामा नमुनाको रुपमा पहिलो पटक दुई कठठामा रोपिएको ड्रागन फ्रुटले अहिले रातो रङ्गको फल लागेपछि आफु अत्यन्तै उत्साहित भएको वर्दघाट नगरपालिकाका किसान सापकोटाले बताउनुभयो । 

पहिलो पटक मकवानपुरबाट २०७७ फागुन महिनामा ल्याइएका विरुवा रोपेको १४ महिनामा ड्रागनफ्रुटले फल दिन थालेपछि अहिले किसान सापकोटाले सो स्थानमा चारसय वटा विरुवा थप गर्नुभएको छ । यसैगरी वर्दघाटको वार्र्ड १ का भोजबहादुर थापाले १० कठठामा, वार्ड ६ मा अर्का किसान गोविन्द जिसीले ४ कठठामा ड्रागनफ्रुटको खेती शुरु गर्नु भएको छ ।

जिल्लामा पहिलो किसानको रुपमा किसान सापकोटाले वर्दघाटको विद्युतमा त्यसको खेती शुरु गरेपछि अहिले जिल्लाका अन्य किसानहरु पनि ब्यावसायिक खेतीतर्फ आकर्षित हुन थाल्नुभएको छ । आफुले पहिलो पटक हेटौडा पुगेर डा«गनफ्रुटका विरुवा ल्याएको भएपनि अहिले किसान सापकोटाले जिल्ला वा जिल्ला बाहिरका किसानलाई सजिलो हुनेगरी नवलपरासीमा नै ड्रागनफ्रुटको विरुवा उत्पादन शुरु गर्नुभएको छ ।