• ६ कात्तिक २०८१, मङ्गलबार

श्रीमानको हत्या आरोपमा इनरवती पक्राऊ

blog

पक्राउ परेकी इनरवतीदेवी महतो । तस्विर: ललिता साह

सप्तरी (बोदेबर्साईन), जेठ २७ गते । सप्तरीमा आफ्नै श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उहाँकै श्रीमतीलाई पक्राउ गरेको छ । 

बिष्णुपुर गाउँपालिका–५ कट्टी का ५० वर्षीय रामसुन्दर महतोको हत्या आरोपमा प्रहरीले एक महिनापछि प्रहरीले श्रीमती इनरवतीदेवी महतोलाई पक्राउ गरेका सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

महतोको गत असोज ८ गते हत्या भएको थियो । महतोको शव शम्भुनाथ नगरपालिका–१ स्थित खाँडो खोला नजिक रहेको पोखरीमा असोज ९ गते फेला परेको थियो । मृतकका छोरा जितेन्द्र महतोले प्रहरीमा उजुरी दर्ता गराएका थिए । 

घटना लगत्तै पक्राउ परेकी इनरवती माथि ठोस प्रमाणको अभाव भन्दै प्रहरीले छाडेपनि पुनः पक्राउ गरेको छ । 

Author

ललिता साह