• १९ असोज २०८१, शनिबार

दुई लाख ७० हजार रुपियाँसहित एक पक्राउ

blog

लीलाराज खड्का

बिर्तामोड, जेठ २७ गते । झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गाबजारमा सुभृक्षा बचत तथा ऋण सहकारी संस्थाको ताला फोडेर रकम चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । 

सहकारीको ताला फोडी गत बुधवार साँझ झापा गाउँपालिका ६ का ४० बर्षिय  भवानीप्रसाद बिकलाई चोरी गरेको केही घण्टाभित्रै इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले पक्राउ गरेको हो । विकलाई प्रहरीले राती ११ बजे सुतिरहेको घरबाटै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरीक्षक मानबहादुर जिम्बाले बताउनुभयो । 

विकले घरेलु हतियारको प्रयोग गरी सहकारीको ताला चाबी फोडेर नगद २ लाख ७० हजार रुपियाँ चोरी गरेका थिए । चोरी गरेको रमकबाट विकले २ थान मोवाइल र अन्य घरायसी सामान खरिद गरी बाँकी रहेको ७४ हजार रुपियाँ नगद घरमा राखेको पाइएको प्रहरीले जनाएको छ । 

प्रहरीले सीसी टिभी फुटेज र चोरी गर्दा छाडेको विकको सामानका आधारमा पक्राउ गर्न सफल भएको बताएको छ । पक्राउ परेका विकलाई थप आवश्यक कार्वाहीका लागि जिल्ला अदालतबाट म्याद थप गरी ईलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।