नक्कली मल बेच्ने व्यापारी पक्राउ
नुनमा रासायनिक पदार्थ मिसाएर मल हो भन्दै बेच्ने एक जना व्यापारीलाई सर्लाही प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ। जिल्लाको दक्षिणी भेगस्थित गोडैता नगरपालिका–७ का ५५ वर्षीय मोहन दासलाई आफ्नै घरमा नक्कली मल बनाई किसानलाई बेच्दै गर्दा सोमबार बिहान जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। व्यापारी दासले नुनमा रासायनिक पदार्थ मिसाई पोटास हो भनी किसानलाई झुक्याएर बेच्दै आएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो।
गरिबलाई पक्की घर
मधेश प्रदेश सरकारको लगानीमा सर्लाहीको लालबन्दी नगरपालिकाभित्र अति विपन्न चार परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत महेन्द्रनारायण निधि आवास योजनाबाट सोमबार घर हस्तान्तरण गरिएको हो।
धमिरा लाग्यो पुस्तकालयमा
लहान नगरपालिका–११, पडरियामा रहेको सिर्जना पुस्तकालयका पुस्तकहरू प्रयोगमा नआएपछि धमिरा लाग्न थालेको छ। मधेश प्रदेशमा रहेका ५९ वटा पुस्तकालयमध्ये सबैभन्दा यो पुस्तकालय व्यवस्थित र सुविधा सम्पन्न छ। सिर्जना पुस्तकालयका अध्यक्ष खडगनारायण चौधरीले यो पुस्तकालयमा पछिल्ला वर्षमा पाठक ह्वात्तै घटेको बताउनुभयो। पठन संस्कृति हराएर पाठक घटेकोमा पुस्तकालयका सञ्चालक चिन्तित भएका छन्।
तिलाठीको विकासबारे डा. राउतको चासो
प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त राउत (सीके राउत) ले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको समस्याबारे जानकारी लिनुभएको छ ।
गोरखापत्रकर्मी खत्री सम्मानित
गोरखापत्र दैनिकका सर्लाही समाचारदाता जनार्जन खत्री हरिवन सिटी जेसीजको तर्फबाट सम्मानित हुनुभएको छ । हरिवन सिटी जेसीज वर्ष २०२२ का अध्यक्ष विनोद महतले खत्रीलाई कदरपत्र प्रदान गरी सम्मानित गर्नुभएको हो ।
पाँच जना लेखनदास पक्राउ
जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट प्रहरीले पाँच जना लेखनदासलाई पक्राउ गरेको छ । सेवाग्राहीहरूको काम आफै गरिदिने र बढी रकम माग गर्नेगरेका कारणले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फरार थुनुवाको खोजी कार्य तीव्र
धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षबाट फरार भएका छ जना थुनुवाको खोजी कार्य तीव्र पारिएको छ ।
भित्ता फोडेर हिरासतबाट ६ जना थुनुवा फरार
धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयबाट ६ जना थुनुवा फरार भएका छन् । थुनुवा कक्षको भित्ता फोडेर आइतबार राती ती थुनुवाहरू फरार भएको बताइएको छ ।
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
सर्लाहीको हरिपुर नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ। नगरप्रमुख गोपाल पञ्जियारले आइतबार वडा नम्बर ३ फरहदवामा पुगेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आरम्भ गर्नुभएको हो। लाभग्राहीको सुविधालाई ध्यानमा राखी नगरप्रमुख पञ्जियारले दुई ज्येष्ठ नागरिकलाई भत्ता दिएर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आरम्भ गर्नुभएको हो। हरिपुर नगरपालिका–३ का वडाध्यक्ष लाल मोहम्मद सेखले वडाका झन्डै सात सय
राजमार्गमै कृषि बजार
पूर्व–पश्चिम राजमार्गको किनारामा लाग्ने कृषि हाटबजार सुरिक्षत र व्यवस्थित गर्न गोलबजार नगरपालिकाका किसानले माग गरेका छन्। गोलबजार नगरपालिकाका केही वडामा उत्पादन हुने तरकारी बिक्री गर्न बिहानदेखि बेलुुकासम्म सडक किनारमै लाग्ने गरेको हाटबजार अव्यवस्थित र असुरक्षित रहेको भन्दै किसानले विगत वर्षदेखि आवाज उठाइरहे पनि अहिलेसम्म व्यवस्थित हुन सकेको छैन। स्थानीय धर्मनाथ महतोका अनुसार एकाबिहानै पाँच सय किसान आफ्नो तरकारी बिक्री गर्न आइपुग्छन्। यहाँबाट तरकार अन्य जिल्लामा पठाइन्छ।
भारतीय गोलभेँडा भित्रिँदा किसान मारमा
गोलभेँडाको भाउ निकै सस्तो भएपछि सर्लाहीका किसान मारमा परेका छन् । बजारमा भारतीय गोलभेँडा ओइरिएपछि यहाँका स्थानीय किसानले फलाएको गोलभेँडाले बजार र उचित मूल्य पाउन छाडेको छ । किसानले गोलभेँडा प्रतिक्रेट १५० देखि दुई सय रुपियाँमा बिक्री गरिरहेका छन् ।
मधेश प्रदेशमा कुष्ठरोगका बिरामी धेरै
नेपालमा नयाँ भेटिएका कुष्ठरोगका बिरामीमध्ये मधेश प्रदेशमा धेरै रहेको पाइएको छ ।
सामुदायिक विद्यालय सुधारमा सांसदको चासो
जिल्लाको सामुदायिक विद्यालयहरूमा विद्यार्थी निरन्तर नआएर शैक्षिक गतिविधि प्रभावित भएर शिक्षाको गुणस्तर खस्किँदै गएकोप्रति प्रदेश सांसद माला कर्णले चिन्ता व्यक्त गर्नुभएको छ ।
राजर्षि जनक कप विजेतालाई १० लाख
‘पर्यटन प्रवर्द्धन तथा संस्कृति संवर्द्धन’ को मूल नारा सहित सर्लाहीको बागमतीमा सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता माघको अन्तिम साताबाट हुने भएको छ ।
मधेशका मुख्य न्यायाधिवक्ता ठाकुरद्वारा शपथग्रहण
मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा वीरेन्द्रकुमार ठाकुरलाई आइतबार नियुक्त गरिएको छ । नवनियुक्त ठाकुरले आज आइतबार पद तथा गोपनीयताको शपथ लिनुभयो ।
अयोध्या पठाउन लागिएको शिला पूजा गर्न जनकपुरधाममा भक्तजनको भीड
भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा स्थापना गरिने मूर्ति बनाउनका लागि म्याग्दीको वेणिस्थित कालीगण्डकी नदीको किनारमा रहेको शिलालाई जनकपुरधाम ल्याइएको छ।
मधेस–प्रदेश सरकारको खर्च निराशाजनक
चालु आर्थिक वर्ष २०७९/८० सुरु भएको छ महिना बितिसक्दा पनि मधेस–प्रदेश सरकारको विकास खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।
मधेस प्रदेशमा मात्रै ४० प्रतिशत कुष्ठरोगी
‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
सुशासन कायम गर्न अख्तियार सक्रिय
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख गोपालकुमार अधिकारीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अख्तियार सक्रिय रहेको बताउनुभएको छ। सिरहाको धनगडीमाई नगरपालिकाको प्रशासनिक भवनमा शनिबार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको थियो। तीनै तहको सरकारले पठाएको बजेट सदुपयोग नहुँदा आमजनतामा बढिरहेको निराशालाई अन्त्य गर्न अख्तियार सक्रिय रहेको भन्दै प्रमुख अधिकारीले सचेत नागरिकहरूले विकासका लागि आएको बजेट वितरणको प्रक्रिया र समयमा विकासका आयोजनाहरू सम्पन्न गर्न रहनुपर्ने सक्रियता बढाउँदा अनियमितता रोकिने तर्क गर्नुभयो।
अन्नपूर्णले तिरेन किसानको रकम
सर्लाहीको पश्चिम धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगले उखु क्रसिङ सुरु गरेको छ । बेलैमा किसानबाट किनेको उखुको पैसा तिर्न नसक्दा बदनामी कमाएको यो उद्योगले माघ मध्यतिर आएर उखु पेल्न सुरु गरेको हो । यो उद्योग स्थापना कालदेखि नै नियमित सञ्चालन हुन सकेको छैन । गत साल उद्योग थोरै उखु क्रसिङ गरेर बन्द भएको थियो ।
एक महिनामा सात सय क्विन्टलको व्यापार
मेलाबाट ल्याइने कोसेली (सनेस) अनेक हुन सक्छन् । मेला भर्न गइसकेपछि त्यहाँ पाइने अनौठो, राम्रो र मनपर्ने चिजवस्तु किनेर ल्याइन्छ । धेरैको छनोटमा मिठाई, कपडा, खेलौना, भाडावर्तन पर्ने गरेको पाइन्छ । धनुषा जिल्लाको धनुषाधाममा माघ १ गतेदेखि एकमहिने मकरसङ्क्रान्ति मेला सुरु भएको छ । माघेसङ्क्रान्तिका दिनदेखि लाग्ने मेला माघ महिनाभरि लाग्ने गरेको छ । यस मेलाको आफ्नै विशेषता र महत्त्व पनि रहेको चर्चा गर्दै स्थानीय रामभरत साहले भन्नुभयो, “साताको अन्य दिनभन्दा आइतबार र मङ्गलबारको मेलामा असाध्यै भीडभाड हुन्छ ।”
दाइजो प्रथा हटाउन सङ्घसंस्थाको भूमिका शून्य
तराई–मधेशमा दाइजो प्रथा तीव्र रूपमा बढ्दै गएको छ। केही सीमित जातिबाट सुरु भएको प्रथाले अहिले सबै जाति समुदायमा जरा गाडिसकेको छ। दाइजो प्रथा हटाउन जातीय सङ्घसंस्थाले समेत कुनै चासो नलिनु चिन्ताको विषय बन्दै गएको छ।
राजस्व सङ्कलनमा ध्यान दिनुस् : रक्षामन्त्री उप्रेती
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतसँगको खुला सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ ।
लागूऔषधसहित चार पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाले प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले जनकपुरको पिडारी चोकबाट ४९३ बोतल एक्सीप्लाइन नामक लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।