• १० मंसिर २०८१, सोमबार

सामुदायिक विद्यालय सुधारमा सांसदको चासो

blog

प्रदेश सांसद माला कर्णले केन्द्र – ८ का छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गर्नुहुँदै । तस्वीर : ललिता साह

ललिता साह 

बोदेबसाईन (सप्तरी) माघ १५ गते । जिल्लाको सामुदायिक विद्यालयहरूमा विद्यार्थी  निरन्तर नआएर शैक्षिक गतिविधि प्रभावित भएर शिक्षाको गुणस्तर खस्किँदै गएकोप्रति प्रदेश सांसद माला कर्णले चिन्ता व्यक्त गर्नुभएको छ । आइतबार प्रेस सेन्टर नेपालको स्थापना दिवसको अवसरमा राजविराज नगरपालिका वडा नम्बर –८ स्थित रहेका राजविराज केन्द्र विद्यालयका छात्र छात्राहरूलाई शैक्षिक सामग्री वितरण गर्नुहुँदै सांसद कर्णले सो चासो राख्नुभएको हो । 

आगामी दिनमा देशका सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधारका निम्ति आफूले गर्नुपर्ने सबै पहल प्रदेश सरकारले गर्ने बताउनुभयो । केन्द्र –८ विद्यालयका महिलाले मात्रै सञ्चालन गर्दैआएको र विद्यालय व्यवस्थापन समितिमा समेत महिलाकै टिम रहेको नमुना विद्यालय हुँदाहुँदै पनि पछिल्लो समय दलित बस्तीका डेढसय विद्यार्थी अध्ययनरत छन् । 

सो समुदायका सबै बालबालिका विद्यालय नआएपछि पठनपाठनमा समस्या हुँदैआएको शिक्षिका रेणु गुप्ताले बताउनुभयो ।