क्लबको जग्गा व्यक्तिगत गरेको आरोपमा छ जनाविरुद्व मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको एक युवा स्पोर्टस् क्लब नामक संस्थाको जग्गा व्यक्तिको नाममा गैरकानूनी तरिकाले कायम गरेको आरोपमा छ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपालको विकासप्रति भारत सरकार सधैँ प्रतिबद्ध : राजदूत श्रीवास्तव
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिवद्ध रहेको बताउनु भएको छ ।
धनुषामा हुने महिला राष्ट्रिय हक्की प्रतियोगिताको तयारी पूरा
पाँचौ संस्करणको सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता माघ २३ गतेबाट धनुषाको नकटाझिजमा हुने भएको छ । नेपाल हक्की सङ्घ र धनुषास्थित मिथिला नगरपालिकाको संयुक्त आयोजनामा महिला राष्ट्रिय हक्की प्रतियोगिता हुन लागेको हो ।
आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ
आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । दाउराको चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा चन्द्रपुर नगरपालिका ६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
दुई महिनादेखि अन्धकार
सर्लाहीको बरहथवा नगरपालिका–११ का करिब पाँच सय परिवार दुई महिनादेखि अन्धकारमा बस्न बाध्य छन्। विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थामार्फत २०६७ सालदेखि बिजुली बत्ती बाल्दै आएका स्थानीयले गत मङ्सिर २७ गतेदेखि अन्धकारमा बस्नुपरेको हो। सहकारी संस्थाले बिजुलीको बक्यौता रकम चुक्ता नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रले बरहथवा–११ को हीरापुर, हीरापुर ब्यारेज र खोरकट्टी गाउँमा बत्ती काटेको हो।
सांसद हत्याको १९ वर्ष, अझै पक्राउ परेनन् अभियुक्त
सिरहा–४ बाट प्रतिनिधि सभा सदस्य हेमनारायण यादवको हत्या भएको उन्नाइस वर्ष बित्न लाग्दा पनि हत्याका अभियुक्त पक्राउ परेका छैनन्। २०६० माघ १९ गते सोमबार सांसद यादवको हत्या भएको थियो। हत्याको अर्को वर्षदेखि उहाँको सम्झनामा स्मृति सभाको आयोजना गर्दै उहाँको परिवारजन र नेकपा (एमाले)का जिल्लास्तरीय नेताहरूले कारबाहीको माग गर्दै आइरेका छन्।
छुट र सुविधाले किसान आकर्षित
धनुषाको ढल्केबरमा रहेको कृषि बजार व्यवस्थापन समितिले किसान तथा व्यापारीका लागि कर छुटसहित विभिन्न सेवा सुविधा उपलब्ध गराएपछि बजारमा क्रेता र बिक्रेताको सङ्ख्या बढेको छ । बजार व्यवस्थापन समितिले बिक्री तथा निकासी करमा छुट, व्यापारीलाई तरकारी खरिद गर्न रकम सापटी, बासको व्यवस्था, भ्रमण र किसानलाई पुरस्कृत तथा कृषि तालिमजस्ता सुविधा उपलब्ध गराउने थालेको हो ।
‘टेलिकमको सेवा ग्राहकको घरसम्मै पुर्याउँछौँ’
नेपाल टेलिकमले प्रदान गर्दैआएको हरेक सेवा सेवाग्राहीको घरसम्म पुर्याउने नेपाल टेलिकम मधेश प्रदेश प्रादेशिक निर्देशनालयका निर्देशक अन्तप्रकाश मल्लिकले बताउनुभएको छ ।
थुनुवा फरार घटना : थप एकजना पक्राउ
धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन् ।
मधेश प्रदेशमा आठ प्रतिशत मात्र खर्च
मधेश प्रदेश सरकारले चालू आव २०७९/८० को पुस मसान्तसम्ममा कुल विनियोजित बजेटको ८ प्रतिशत मात्र खर्च गर्न सकेको छ । मधेश प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राधेश्याम गिरीका अनुसार मधेश प्रदेश सरकारले छ महिनामा चालू तथा पुँजीगत खर्च गरेर तीन अर्ब ६६ करोड ९५ लाख रुपियाँ खर्च भएको छ ।
लेखापढी व्यवसायी आन्दोलित : मालपोतको काम प्रभावित
नेपाल लेखापढी कानुन व्यवसायीले महोत्तरीमा लेखापढीसम्बन्धी कामकाज बन्द गरेका छन्। लेखापढी कानुन व्यवसायी एसोसिएसन महोत्तरीले लेखापढी पेसागत व्यवसायीलाई समातेर प्रहरीले मुद्दा चलाएको विरोधमा बुधबारदेखि अनिश्चितकालसम्मका लागि कामकाज बन्द गरेका हुन्। लेखापढी व्यवसायीको बन्दका कारण मालपोत कार्यालयको कामकाज प्रभावित बनेको छ।
परनिर्भर हुन थाले बाँदर, राजमार्गमा यात्रु कुरेर बस्छन्
समूह बनाई वनजङ्गलमा बस्न र वनमै उपलब्ध खानेकुरा खान सङ्घर्ष गर्ने बाँदर अचेल खानाको आसमा पूर्व–पश्चिम राजमार्गमा यात्रु कुरेर बस्न थालेका छन्। राजमार्ग हुँदै गन्तव्य पुग्ने यात्रुले सवारी रोकी खानेकुरा दिन थालेपछि बाँदरले राजमार्ग कुर्न थालेका हुन्।
कमला पुल पुनर्निर्माणका लागि प्रदर्शन
सिराहा र धनुषा जिल्लाको सीमामा रहेको कमला नदीमा उद्घाटन नहुँदै भासिएको पुल पुनर्निर्माण गर्न माग गर्दै हुलाकी सडक निर्माण सङ्घर्ष समितिले प्रदर्शन गरेको छ।
हिरासतबाट फरार तीन अभियुक्त पक्राउ
धनुषामा प्रहरी हिरासतबाट फरार भएका छ जनामध्ये तीन अभियुक्त पक्राउ परेका छन् । जिल्लाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत कक्षको पर्खाल भत्काएर गत आइतबार राति विभिन्न मुद्दाका छ जना थुनुवा फरार भएका थिए ।
‘सहज र सरल सेवा प्रवाह गर्नु पहिलो प्राथमिकता’
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले जनतालाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्नु नै पहिलो प्राथमिकता भएको बताउनुभएको छ । मोरङ जिल्लावाट सरुवा भएर आइतबार धनुषा आउनुभएका प्रमुख जिल्ला अधिकारी दहालले बुधबार पत्रकारसँगको भेटघाटको क्रममा सो कुरा बताउनुभएको हो । उहाँले त्यसका लागि आफनै कार्यालयवाट सुधारको कामकाजलाई अगाडि बढाएको बताउनुभयो ।
लाखौं रूपियाँको डिजेल चोरी
नेपाल आयल निगम लिमिटेडको अमलेखगन्जस्थित मधेश प्रादेशिक कार्यालयबाट २० हजार लिटर डिजेल लोड भई विराटनगरस्थित १ नम्बर प्रादेशिक कार्यालयका लागि छुटेकाे एउटा ट्याङकर सप्तरी प्रहरीको नियन्त्रणमा आएको छ ।
मधेश प्रदेश : मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता वित्दासमेत विस्तार हुनसकेको छैन ।
महोत्तरीमा दुई दिनमा दश बिचौलिया पक्राउ
सेवाग्राहीहरुको बढी भिढभाड हुने सरकारी कार्यालयहरुबाट प्रहरीले दुई दिनमा दश जना बिचौलियाको काम गर्नेलाई पक्राउ गरेको छ ।
भूमिहीनको तथ्याङ्क सङ्कलन
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले घरदैलोमार्फत भूमिहीनको तथ्याङ्क सङ्कलन गरिरहेको छ। भूमिहीनको यकिन तथ्याङ्क सङ्कलन गर्न पालिकाबाटै घरदैलो अभियान सुरु गरिएको हो। जिल्लाको दक्षिण–पूर्वी भेगस्थित ग्रामीण क्षेत्रमा रहेको यस गाउँपालिकाले अधिकांश बस्ती शिक्षा र चेतनामा पछाडि परेकाले घरदैलोमार्फत नै तथ्याङ्क सङ्कलन सुरु गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो।
पर्यटकीय स्थल बन्दै झोलुङ्गे पुल
सर्लाहीमा झोलुङ्गे पुल बनेका ठाउँ पछिल्लो समय पर्यटकीय स्थलका रूपमा विकास हुन थालेका छन्। पुल बनेका मनोरम स्थलमा वनभोज खान, घुमफिर गर्न र मनोरञ्जनका लागि पुग्नेहरू बढेका छन्। सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीस्थित नुनथरमा झोलुङ्गे पुल बनेदेखि त्यहाँ पुग्नेको सङ्ख्या बढ्दो छ।
सामुदायिक विद्यालयमा सुधार
नवरापुर गाउँपालिका–१, करमनियाँस्थित अवधी ठकनी आधारभूत विद्यालयमा भएको शैक्षिक सुधारले अन्य विद्यालयका लागि प्रेरणाको स्रोत बनेको छ। प्रधानाध्यापकको सक्रियताले विद्यालय नमुना बनेसँगै सामुदायिक विद्यालयको शैक्षिक सुधारको प्रेरक भएको छ।
पशुको बोसो मिसाइएको घिउ प्रहरीद्वारा बरामद
रौतहटको गौर नगरपालिका–५ स्थित फूलतारा डेरी उद्योगबाट प्रहरीले ठूलो परिमाणमा अखाद्यवस्तु बरामद गरेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले मङ्गलबार साँझ फूलतारा डेरी उद्योगमा छापा मारी अखाद्यवस्तु बरामद गरेको हो।
हिरासतबाट थुनुवा फरार प्रकरण : तीन प्रहरी निलम्बित
धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट थुनुवाहरू फरार भएपछि तीन जना प्रहरी निलम्बनमा परेका छन् ।
सर्पपालनको टुङ्गो छैन, खरिद गरिएको जमिन चरन क्षेत्र बन्दै
सर्लाहीको लालबन्दी नगरपालिका–१ मा सर्पपालनका लागि खरिद गरिएको करिब १० बिघा जमिन यतिबेला चरन क्षेत्र बनेको छ । सर्पपालनका लागि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको जमित यतिबेला उपयोगविहीन बन्न पुगेको छ ।