गर्मीसँगै चुरे आसपासमा पानी अभाव
सर्लाहीको चुरे क्षेत्रका अधिकांश कुवा र इनार सुक्न थालेपछि आसपासका बस्तीमा खानेपानीको हाहाकार हुन थालेको छ। सर्लाही जिल्लाका चुरे क्षेत्रमा रहेका भालुखोप, केराबारी, बेलडाँडा, बिलन्दी, कौवा, दापडाँडा, कालिञ्जोर, गुइडुङ, परवानीपुर, नारायणखोला, अत्रौलीलगायत क्षेत्रमा हरेक वर्षको गर्मी मौसममा खानेपानीको समस्या हुने गरेको छ।
कानुन बन्यो, कार्यान्वयन भएन
दलित समुदायलाई सशक्त बनाउन मधेश प्रदेश सरकारले बनाएको कानुन प्रभावकारी हुन सकेको छैन। कानुन बनेको तीन वर्षभन्दा बढी भइसक्दा पनि यसको कार्यान्वयन प्रभावकारी नभएको भन्दै दलित अगुवाहरूले चिन्ता व्यक्त गर्नुभएको छ। मधेश प्रदेश सरकारले २०७६ मङ्सिर २४ गते प्रमाणीकरण गरी दलित सशक्तीकरण ऐन २०७६ लागू गरेको दलित अगुवा विनोद विश्वकर्माले बताउनुभयो। यस ऐनअनुसार कामकारबाही नहुँदा उहाँले चिन्ता व्यक्त गर्नुभयो। दलित समुदायको सामाजिक, सांस्कृतिक, राजनीतिक, नागरिक
हुलाकी सडकमा धमाधम काम
लामो समयदेखि अधुरो रहेको सर्लाहीस्थित पूर्व–पश्चिम हुलाकी सडक निर्माणले अहिले भने गति लिन थालेको छ। ठेक्का लागेको छ वर्षसम्म पनि कालोपत्रे हुन नसकेको यो सडकमा हाल तीव्र गतिमा काम अघि बढेको हो। सदरमुकाम मलङ्गवादेखि पूर्वतर्फको खण्डमा कामै नभइरहेको अवस्थामा अहिले सो खण्डमा पनि धमाधम काम भइरहेको हुलाकी सडक आयोजना जनकपुरधामले जनाएको छ।
गोली घटनाका आरोपीहरु प्रहरी नियन्त्रणमा
रौतहटमा गोली लागि एक जनाको मृत्यु भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गढीमाई नगरपालिकाबाट १६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सडक विस्तार गर्नेक्रममा स्थानीयबीच बिवाद हुँदा स्थानीयद्वारा चलाइएको बन्दुकको गोली लागि ५० वर्षीय रामकुमार राय यादवको हिजो मृत्यु भएको थियो । पालिकाको वडा ८ धोबिनियाँ टोलको सडक चौडा गर्नेक्रममा सडकछेउ जमिन भएका रामईश्वर राय र राजकुमार रायबीच बिवाद भएको थियो ।
सुकुम्वासी बसाउन आयोगसँग जग्गा अभाव
सुकुम्वासी, भूमिहीन, दलित तथा अव्यवस्थित बोसाेवासीको समस्या समाधानका लागि जग्गा व्यवस्थापन प्रमुख समस्याको रूपमा देखिएको छ । भूमि आयोगको एक वर्षको प्रगति विवरण हेर्दा सप्तरीमा सुकुम्वासी व्यवस्थित गर्न जग्गा यकिन हुन नसक्दा सो समस्या देखिएको हो ।
संसारीमाई महापूजाको तयारी
सदरमुकाम जलेश्वरमा पाँच वर्षपछि हुन लागेको संसारीमाई महापूजाको तयारी सुरु भएको छ। जलेश्वरको प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिर अगाडि रहेको वरुणसरको पूर्वी मुहारमा अवस्थित संसारीमाई मन्दिरका पुजारी महेन्द्र मुखियाले जेठ २६ गतेका लागि महापूजाको तिथि तय गरेपछि तयारी सुरु भएको हो। संसारीमाई महापूजा मूल समारोह समिति निर्माण गरेर साताव्यापी कार्यक्रम गर्ने गरी तयारी सुरु गरिएको समितिका अध्यक्ष अशोककुमार साहले जानकारी दिनुभयो। उहाँले जेठ २० गतेदेखि २६ गतेसम्म साताव्यापी कार्यक्रमको आयोजना गरी महापूजालाई भव्यता प्रदान गरिने बताउँदै यस कार्यक्रमबारे निर्णय भइनसकेको जानकारी दिनुभयो।
बीस पालिकामा एउटा दमकल
गत शनिबार साँझ सर्लाहीको सुदूरदक्षिण–पश्चिम भेगस्थित रामनगर गाउँपालिका–१, खैर्बामा भीषण आगलागी भयो। स्थानीय बासिन्दासहित प्रहरी चौकी खैर्बा र इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरे तर बाल्टिनले पानी हालेको भरमा आगलागी नियन्त्रण हुन सकेन।
मिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदै
मिथिलाञ्चलमा आज (शनिबार) हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदैछ । वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासी एकअर्कालाई हिलोपानी लगाउने गर्दछन् ।
सलहेश फूलबारीमा भक्तजनको घुइँचो
ऐतिहासिक लोकनायकका रूपमा मानिँदै आएको सलहेशको लोकगाथा र कीर्तिको स्मरण गर्दै विभिन्न स्थानमा लाग्ने मेलाले सिरहा जिल्लालाई ‘सलहेशमय’ बनाएको छ। वि.सं. १३२५ ताकाका प्रतापी राजा सलहेशको सौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरूको सम्झनास्वरूप यहाँका बासिन्दाले प्रत्येक वर्षको वैशाख १ गते लहान नगरपालिका–१२ स्थित सलहेश फूलबारी र सिरहा सदरमुकामको महिसोथा गढमा परम्परागत मेला आयोजना गर्दै आएका छन्।