धान कुट्ने मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले धनुषाको मिथिला बिहारी नगरपालिका–५, ललियाकी ४५ वर्षीया कालोदेवी साहको मिलको फित्तामा बेरिएर मृत्यु भएको बताउनुभयो ।
दलित समुदायलाई जाडो छल्न परालकै आगोको भर
हरेक वर्ष तराई–मधेसका जिल्लाहरूमा आउने शीतलहरको चिसोबाट जोगिन गरिब दलित समुदायहरूलाई परालकै आगो तापेर जाडो काट्ने बाध्यता रहँदै आएको छ ।
धनुषामा सवारी दुर्घटना एकको मृत्यु
धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
तराईमा चिसो बढ्यो
सर्लाहीसहित तराईका जिल्लामा बुधबारबाट चिसो बढेको छ। बुधबारबाट बाक्लो हुस्सु लाग्न थालेपछि यस क्षेत्रका सर्वसाधारणले अन्य दिनको तुलनामा चिसो बढेको महसुस गरेका हुन्। केही दिनदेखि बिहानबेलुका र रातको समयमा चिसो हुने गरेको भए पनि दिनभर पारिलो घाम लाग्ने गरेकोमा बुधबारबाट भने मधुरो घाम लागेर स्याँठ चलेकाले चिसो बढेको महसुस भएको स्थानीयले बताएका छन्।
दाइजो माग्ने चिकित्सक पक्राउ
महोत्तरी जिल्लाको रामगोपालपुर घर भएका डा. पङ्कजकुमार चौधरीलाई दाइजोविरुद्धको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार डा. पङ्कजलाई उनकै घर रामगोपालपुर–५ बाट पक्राउ गरिएको हो। डा. पङ्कजले दाइजोको निहुँमा जिल्लाकै औरही नगरपालिका–१ घर भएकी श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकाला गर्नुभएको थियो। श्रीमतीले उहाँविरुद्ध घरेलु हिंसा र दाइजो अभियोगमा जिल्ला अदालतमा मुद्दासँगै प्रहरीमा समेत उजुरी दिनुभएको थियो।
नागरिकता अभावमा जापान पढ्न जान नपाएपछि चिया पसल
धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरका २१ वर्षीय युवा चन्दनकुमार चौधरीको जापान गएर कम्प्युटर साइन्समा दक्षता हासिल गर्ने धोको थियो । कम्प्युटर साइन्स विषय लिएर १२ कक्षा पास गर्नुभएका उहाँ नागरिकता अभावमा उच्च शिक्षा हासिल गर्न जापान जान पाउनु भएन ।
पुल निर्माण अन्तिम चरणमा
सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने गरी फूलजोर खोलामा निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको छ। वर्षौदेखि प्रतिक्षारत यो पुलको निर्माण कार्य पूरा हुन लाग्दा स्थानीय खुसी भएका छन्। उक्त स्थानमा पुल नहुँदा वर्षामा खोला वारपार गर्न समस्या हुने गरेको थियो। अब पुलबाटै आवतजावत गर्न मिल्ने भएपछि स्थानीय खुसी भएका हुन्। जब्दीका स्थानीय अर्जुन चौधरीले पुल निर्माण भएसँगै वर्षायाममा जोखिम मोलेर बाढीमा हेलिएर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो।
स्रोत नखुलेको २४ लाखसहित एक भारतीय नागरिक पक्राउ
धनुषामा स्रोत नखुलेको २४ लाख १७ हजार नेपाली रुपियाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
अस्पतालमा प्रसूति गराउने बढे
सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा प्रसूति गराउन आउने गर्भवतीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ। अस्पतालले शल्यक्रियासहितको प्रसूति सेवा नियमित गरेसँगै जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पताल मलङ्गवामा प्रसूतितर्फ चाप बढ्न थालेको हो। अस्पतालमा यो आर्थिक वर्षमा मात्रै एक हजार २९१ जना गर्भवतीले प्रसूति सेवा लिइसकेका छन्।
तीस वर्षदेखिको सपना पूरा
लगातार तीस वर्षको सङ्घर्षपछि नेकपा एमालेका केन्द्रीय सदस्य गङ्गाप्रसाद यादवको सांसद बन्ने सपना पूरा भएको छ। उहाँ सामानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बन्नुभएको हो। उहाँ तीस वर्षदेखि निरन्तर सांसद बन्ने प्रयासमा हुनुहुन्थ्यो। २०४८ सालको निर्वाचनमा सिरहा–१ बाट एमालेका उम्मेदवार बनेका उहाँले तत्कालीन नेकपा संयुक्तका उम्मेदवार चन्द्रशेखरलाल कर्णलाई पार्टीकै निर्देशनमा समर्थन गर्नुभयो। २०६४ सालमा संविधान सभा सदस्यको उम्मेदवार भएर पराजित हुनुभयो। यसैगरी २०७४ सालको चुनावमा सिरहा–१ बाट उम्मेदवार भएका उहाँ नेपाली कांग्रेसका उम्मेदवार प्रदीप गिरीबाट पराजित हुनुभएको थियो। २०५४ सालको स्थानीय निर्वाचनमा बस्तीपुर गाउँपालिका अध्यक्ष हुनुभएका यादव नेकपा (एमाले) सिरहाको पुरानो नेतामध्येमा पर्नुहुन्छ।
कुटपीटबाट सर्लाहीमा एकको मृत्यु
सर्लाहीको चक्रघट्टा गाउँपालिका –२, बेल्हीमा जग्गाको विवादमा कुटपीट हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो भएको घटनामा ७० वर्षीया सागर देवीको मृत्यु भएको हो ।
रीताको हत्या आरोपमा श्रीमान् पक्राउ
धनुषाको बटेश्वर गाउँपालिका–५, शान्तिपुर बस्ने २७ वर्षीया रीतादेवी यादवको हत्या आरोपमा श्रीमान् वीरेन्द्र यादवलाई पक्राउ गरिएको छ ।
धनुषामा एक महिलाको हत्या
धनुषामा एक महिलाको हत्या भएको छ । जिल्लाको बटेश्वर गाउँपालिका–५, शान्तिपुरमा २७ वर्षीया रितादेवी यादवको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
बहुमत जुटाउन प्रयास
मधेश प्रदेशमा पहिलो र दोस्रो राजनीतिक दल बनेका पार्टीले आन्तरिक रूपमा सरकार गठनको गृहकार्य सुरु गरेका छन्। सरकार गठनका निम्ति कुनै पनि दललाई सामान्य बहुमत नपुग्दा सरकार गठनको गृहकार्यमा निकै सकस देखिएको छ। प्रदेश सभामा दलको हिसाबले नेकपा (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेको छ। तर, गठबन्धनको हिसाबले सत्ता गठबन्धन पहिलो र एमाले–जसपा गठबन्धनले दोस्रो स्थान प्राप्त गरेका छन्। दुवै गठबन्धनले आ–आफ्नो पक्षमा समर्थन जुटाउन गठबन्धन बाहिरका दललाई फकाउने प्रयास गरिरहेका छन्। सङ्घीय सरकार गठनले नै प्रदेश सरकार गठनमा प्रभाव पार्ने निश्चित नै देखिएको छ। सङ्घमा समर्थन जनाएको दलको समर्थनमा प्रदेश सरकार बन्नेछ। सङ्घीय सरकार गठनको प्रारूप तयार नभएसम्म प्रदेश सरकार गठन प्रक्रिया अगाडि बढ्ने र वातावरण निर्माण गरिने कार्यमा तीव्रता आउने पनि देखिँदैन।
पुर्खाको जुक्ति अहिले पनि कायमै
खेतमा लगाइएको बालीनाली बचाउन किसानले विविध जुक्ति अपनाउँदै आएका छन्। सदियौँदेखि पुर्खाले खेतीमा अपनाउँदै आएका जुक्ति अहिले पनि बाराली किसानले अपनाउँदै आएको पाइन्छ। खेतमा लगाइएको बालीलाई उम्रिने बेला तथा पाकेका समय चराचुरुङ्गीले खाइदिने, नीलगाई तथा घोडागधाले नष्ट गरिदिने र घरपालुवा जनावर खसी, बाख्रा, गाईगोरु, भैँसीलाई तर्साउन मानिसजस्तै पुतला (बुख्याचा) बनाएर खेतबालीमा राखिने जुक्ति अपनाइँदै आएको देवताल गाउँपालिका–३, बड्की फूलबरिया टोलका किसान मोहनबिहारी पाण्डेले बताउनुभयो।
रौतहटको बौधिमाई नगरपालिकाले अझै बजेट ल्याउन सकेन
आर्थिक वर्ष सुरु भएको पाँच महिना बित्न लाग्दा पनि रौतहटको बौधिमाई नगरपालिकाले बजेट ल्याउन सकेको छैन ।
हात्तीले पाँच वटा घर भत्कायो
सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले शनिबार राति तीन परिवारको पाँच वटा घर भत्काउँदा चार लाख बराबरको क्षति भएको छ ।
कालोपत्रेको माग गर्दै सडक अवरुद्ध
हुलाकी सडकको धुलोले आजित भएपछि सर्लाहीको ब्रह्मपुरीका स्थानीयले तत्काल कालोपत्रे गर्न माग गर्दै आइतबार सडक अवरुद्ध पारेका छन् । ब्रह्मपुरी चोकमा टायर बालेर स्थानीय बासिन्दाले यातायात ठप्प पारेका हुन् ।
किसान सक्खर उद्योगलाई सस्तोमा उखु बेच्न बाध्य
यहाँका उखु मिलहरूले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् ।
‘कर्मचारीले फट्याइँ नगरे भ्रष्टाचार हुँदैन’
भ्रष्टाचार आरोपका नाममा पर्ने गरेका झुटा उजुरी आख्तियारका लागि अहिले टाउको दुखाइ बनेको छ। यस्ता उजुरीका कारण अख्तियारको श्रम, शक्ति र समयमात्र खेर गएको छैन, अनुसन्धानको गतिलाई नै प्रभावित पारेको बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख गोपालकुमार अधिकारीले बताउनुभएको छ।
यातायात सञ्चालन भएपछि सहज
सर्लाहीको चुरेभेगमा यातायात सञ्चालन हुन थालेपछि स्थानीयलाई बजार आउन सहज भएको छ। सडक नपुगेको चुरेभेगमा खोलाको बगरबाट बस, बोलेरो, टेम्पु, मोटरसाइकलजस्ता सवारी नियमित सञ्चालन हुन थालेका हुन्। अब हिउँदभर खोलाको बगरबाट यातायात सञ्चालन हुने स्थानीयले बताएका छन्। यहाँको लखन्देही, बाँके र कालिन्जोर खोलाबाट सञ्चालन हुने यातायातका साधन सिन्धुलीको मरिण र हरिपुरगढी गाउँपालिकाको विभिन्न ठाउँसम्म पुग्ने गरेका छन्। ईश्वरपुर नगरपालिका–१२, पीपलदमारका बलिमराज वाइबाले बाँके खोलामा पानी घटेपछि बस र बोलेरो सञ्चालन भइरहेको जानकारी दिनुभयो। वाइबाका अनुसार लालबन्दी बजारबाट पीपलदमार हुँदै सिन्धुलीसम्म नै बस चल्न थालेको हो।
विस्थापित हुँदै खपडाले छाएका घर
मधेशको पहिचान बनेका खपडाले छाएका घरहरू अहिले बिरलै देखिन्छन्। आधुनिकताको प्रभावसँगै खपडा उत्पादनका लागि स्थानीय स्तरमै पाइने साधन र स्रोत मासिँदै गएको छ। जसका कारण मधेशलाई चिनाउने परम्परागत मौलिक वस्तुमध्येको खपडाको छानो भएका घर पनि विस्थापित हुँदै गएका हुन्। मधेशमा अहिले केही पुराना घरबाहेक नयाँ बनेका घरमा खपडाको छानो हालेको देखिँदैन। अचेल पक्की ढलान, जस्तापाता वा टायलले छाएको घर जताततै देखिन्छन्। गुजरा नगरपालिका भवानीपुरका ज्येष्ठ नागरिक जयनन्द चौधरी भन्नुहुन्छ, “विशेष गरी मधेशी समुदायका नागरिकको घर खपडाले छाएको हुन्थ्यो। मधेशमा खपडा बनाउने सीप भएका जनशक्तिले समेत पेसा बदलेको कारण खपडा उत्पादनमा ह्रास आयो र त्यसको विकल्पमा ढलान, जस्ता वा टायलले प्राथमिकता पायो।”
अमलेखगञ्जमा पेट्रोल ट्याङ्की निर्माण हुने
नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह (ट्याङ्की) निर्माण गर्ने तयारी थालेको छ ।
बीस पुगी विवाह गर्ने छोरीलाई आधा लाख
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने छोरीलाई प्रोत्साहन स्वरूप ५० हजार रुपियाँ प्रदान गर्न सुरु गरेको छ। गएको वैशाखमा स्थानीय तह निर्वाचनपछि बसेको पहिलो कार्यपालिका बैठकले कक्षा १२ को अध्ययन पूरा गरी २० वर्ष पार गरेपछि विवाह गर्ने गाउँपालिकाभित्रका छोरीलाई प्रोत्साहन स्वरूप ५० हजार रुपियाँ प्रदान गर्ने निर्णय गरेको थियो।