• ९ पुस २०८१, मङ्गलबार

‘राजश्व सङ्कलनमा प्रहरी इमान्दार छन्

blog

पत्रकार भेटघाटको क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कार्की । तस्बिर : ललिता साह

ललिता साह 

बोदेबर्साईन, फागुन ४ गते । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख नरेन्द्र कार्कीले सरकारी राजश्वबाटै तलब खाने नेपालका प्रहरी राजस्व सङ्कलन काममा इमान्दार भएको बताउनुभएको छ ।  सुनसरी जिल्लाबाट सरुवा भएर सप्तरी जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न यहाँ आउनुभएका प्रहरी उपरीक्षक कार्कीले त्यस्तो बताउनुभएको हो ।

नागरिक स्तरमा मुलुकको हरेक कानुन पालना गर्न लगाएर समाजमा शान्ति सुरक्षा स्थापना गर्नु प्रहरीको प्रमुख कर्तव्य भएको उहाँले बताउनुभयो । सप्तरीको सन्दर्भमा ६८ किलोमिटर ठूलो क्षेत्रफलमा रहेको खुला सिमानाकामा अवाञ्छित गतिविधि हुन नदिन र राजश्व उठाउन कडाइ गर्न सक्नु  जिल्लाको मात्र नभई राष्ट्रको समृद्धिको विषय भएको उहाँले बताउनुभयो । 

जिल्लाको दक्षिणी भेगमा भारतीय सीमासँगै जोडिएका स्थानीय तहहरूको बाटो प्रयोग गर्दै भारतसँगको खुल्ला सिमानालाई लिएर सप्तरीलाई लागु औषध ओसारपसार गर्ने ट्रान्जिट प्वाइन्ट बन्दैगएको छ । यसको नियन्त्रण, ट्राफिक व्यवस्थापन जिल्ला सदरमुकाम राजविराजलगायत मुख्य बजारमा  कानुनले तोकेविपरीत विद्यालय, कलेजलगायतको ठाउँमा मदिरा तथा लागुऔषधको खुलेआम कारोबारलाई नियन्त्रण गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

हरेक पालिका स्तरमा न्यायिक समिति र न्याय दिने अधिकार कानुनले प्रदान गरेर देशको न्यायिक प्रक्रियामा नागरिकको पहुँच हिजोभन्दा आज सहज भएको उहाँको भनाइ छ । पछिल्लो समय प्रहरीको धेरै अधिकारहरू कटौती भएका कारण प्रहरीलाई नागरिकस्तरमा काम गर्न कठिनाइ भएको उहाँले बताउनुभयो ।