हतियारसहित भारतीय नागरिक पक्राउ
महोत्तरी जिल्लाको हलखोरीबाट प्रहरीले एक जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ ।
एक सातादेखि विद्यालयको पठनपाठन ठप्प
धनुषाको बटेश्वर गाउँपालिका–४, मा रहेको शिवशक्ति नमूना माध्यमिक विद्यालयको पठनपाठन एक सातादेखि ठप्प छ ।
मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार झालाई प्रदान गरिने
मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार – २०८० बाट राष्ट्रिय समाचार समिति ९रासस ०का अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत हुने भएको छ ।
युवाको हत्यापछि छानबिनको माग गर्दै राजमार्ग अवरुद्ध
रुपनी गाउँपालिका बडा नं १ रुपनी राजविराज खण्डको रुपनीमा हत्या गरी फ्यालिएको अवस्थामा एक युवाको शव भेटिएको छ । घटनाको विरोध जनाउँदै स्थानीयवासी तथा महिलाहरूद्वारा रुपनी राजविराज सडक खण्ड बिहानदेखि अवरुद्ध पारेका छन् ।
मिटरब्याजीविरुद्ध ७६४ उजुरी
मिटरब्याजीविरुद्ध सर्लाहीमा ७६४ वटा उजुरी परेका छन्। अनुचित लेनदेन (मिटरब्याज) विरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा शुक्रबारसम्म ७६४ जनाको उजुरी दर्ता भएको हो। सरकारले मिटरब्याजको सम्बन्धमा अनुसन्धान गरी पीडकलाई कारबाही गर्न जाँचबुझ आयोग गठन गरेपछि सर्लाहीका मिटरब्याज पीडितले आफूलाई पीडा दिने मिटरब्याजीविरुद्ध धमाधम उजुरी दिइरहेका हुन्। यस प्रकारको उजुरी लिन कार्यालयमा सहायता कक्ष नै स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायता कक्षमा राखिएका कर्मचारीले पीडितलाई उजुरी लेख्नका लागि सहयोग गर्दै आइरहेका छन्।
विद्यालय भर्ना अभियान प्रभावकारी
सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यालय भर्ना अभियानलाई तीव्रता दिइएको छ । यस अभियानबाट अभिभावक प्रभावित भई विद्यार्थी भर्ना गराउन उत्साहित भएको सामुदायिक विद्यालयहरूले जनाएका छन् ।
टोकन प्रणालीमार्फत सेवा प्रवाह
जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबारदेखि विद्युतीय टोकन प्रणालीसहितको सेवा प्रवाह सुरु गरेको छ। राजविराज नगरपालिकाको सहयोगमा जडान गरिएको विद्युतीय टोकन मेसिनको शुक्रबार कार्यवाहक नगर प्रमुख इसरत परविन र प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सेवाग्राहीलाई टोकन प्रदान गरी उद्घाटन गर्नुभयो। त्यस क्रममा हातहातमा मोबाइल र इन्टरनेट भइरहँदा प्रविधिको सदुपयोगले सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी आचार्य पराजुलीले बताउनुभयो।
तराईमा तातो हावा, जनजीवन प्रभावित
सर्लाहीसहित तराईका जिल्लामा चर्को घाम र तातो हावाले जनजीवन अत्यन्त प्रभावित बनेको छ । यहाँ एक सातादेखि अत्यधिक मात्रामा गर्मी बढ्दा जनजीवन कष्टकर बनेको हो ।
झ्यालबाट टाउको निकालेका यात्रुको मुत्यु
बसको झ्यालबाट टाउको निकालेका एक जना यात्रुको पिकअपको ठक्करबाट मुत्यु भएको छ । मुत्यु हुनेमा पर्साको कालिकामार्इ गाउँपालिका –२ भेडियाही बस्ने ५२ बर्षीय नागेन्द्र महतो नुनिया रहेको जिल्ला ट्राफिक कार्यालय निजगढले जनाएको छ ।