अन्धविश्वासमा सिङ्गो बस्ती, दुई महिनामा पाँच जनाको मृत्यु
सर्लाहीको चन्द्रनगर गाउँपालिका–३, बडकुर्वास्थित मुसहर बस्तीमा दुई महिनामा पाँच जना मुसहरको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन्। मुसहर बस्तीका चार पुरुष र एक महिलाको ज्यान गइसकेको छ। ५५ वर्षीया केउला माझी, २२ वर्षीय तिलाई माझी, ५० वर्षीय नन्दु माझी, ५५ वर्षीय सोमिन्दर माझी र ४८ वर्षीय चेतनारायण माझीको अज्ञात रोगबाट मृत्यु भएको स्थानीयले बताएका छन्। सोमिन्दर माझीको फागुन २९ गते, नन्दु माझीको फागुन २८ गते, चेतनारायण माझीको माघ २८ गते, तिलाई माझीको माघ १५ गते र केउला माझीको पुस २८ गते मृत्यु भएको हो। एउटै गाउँमा पालैपालो पाँच जनाको मृत्यु भएपछि बडकुर्वास्थित मुसहर बस्ती अहिले शोकमग्न छ भने स्थानीय त्रासमा छन्।
केरा खेतीतर्फ किसान आकर्षित
कम लगानीमा बढी फाइदा हुने केरा खेतीतर्फ रौतहटका कृषकहरूको आकर्षण बढेको छ ।
चैत सुरुमै अत्यधिक गर्मी
सप्तरीसहित मधेश–तराईका जिल्लामा यस वर्ष चैत सुरु हुँदै अत्यधिक गर्मी हुन थालेको छ । गएको भदौदेखि वर्षा नभएपछि यस क्षेत्रमा गर्मी हुन थालेको हो ।
उपभोक्ताका लागि सचेतना कार्यक्रम सम्पन्न
म्याद गुज्रेको सामग्री उपभोक्तालाई किनवेच गर्नु वा कुनै पनि बहानामा उपभोक्ता ठग्नु दण्डनीय अपराध हो भन्ने उद्देश्यसहितको सचेतना कार्यक्रम गर्दै सप्तरीमा विश्व उपभोक्ता अधिकार दिवस – २०७९ मनाइएको छ ।
च्याउखेतीबाट वार्षिक १० करोडको कारोबार
बागमती नगरपालिका-१० का स्थानीय ध्रुव चौलागाईँले च्याउखेती सुरु गरेको १० वर्ष भयो । विभिन्न देशमा गरी एक दशक वैदेशिक रोजगारीमा बिताउनुभएका उहाँ तराईका जिल्लाबाट ठूलो परिमाणमा गोलभेँडा र च्याउ काठमाडौँ ढुवानी भइरहेको देखेपछि आफू त्यसतर्फ आकर्षित हुनुभएको हो ।
शिक्षामा अर्बौँ लगानी, उपलब्धि शून्य : मन्त्री यादव
मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालयले शैक्षिक सुधारका लागि प्रादेशिक शिक्षा ऐनदेखि साक्षर प्रदेश घोषणासहित १६ बुँद भावी कार्य योजना ल्याएको छ ।
डढेलोको असर : वनमा चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल घट्यो
वनमा पस्ने बित्तिकै सुनिने चराचुरुङ्गीको चिरबिर महोत्तरीमा सुनिन छाडेको छ । रङ्गीबिरङ्गी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा वनको रमाइलो घटेको नजिकका बासिन्दा बताउँछन् ।
बर्दिवास महोत्सव शुक्रबारदेखि
बर्दिवास महोत्सवको चौथो संस्करण शुक्रबार (चैत ३ गते)देखि सुरु हुने भएको छ । बर्दिवास उद्योग वाणिज्य संघले विभिन्न जातजाती, पेसाकर्र्मी, व्यापारी, व्यवसायी, रङ्गकर्मीलगायतको सहभागितामा महोत्सव गर्न लागेको जानकारी दिएको छ ।
विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण
केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर सुकाई खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने मधेस प्रदेशका ग्रामीण क्षेत्रका वासिन्दा आजभोलि विद्युतीय चुलोतिर आकर्षित भएका छन् ।
सर्पदंशका बिरामी बढे
सर्लाहीमा केही दिनदेखि सर्पदंशका बिरामी ह्वात्तै बढ्न थालेका छन्। प्रादेशिक अस्पताल मलङ्गवा र सर्पदंश उपचार केन्द्र नवलपुरमा सर्पले डसेर उपचार गर्न आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ। मलङ्गवा र नवलपुर दुवै स्थानमा अहिले दैनिक आठ/नौ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आइरहेका छन्।
सडक किनारका रुख मासिँदै
सडक किनारमा लगाएका आँपका रुख मासिँदै गएका छन्। लहान–ठाडी सडकखण्डका आधाभन्दा धेरै रुख मासिए पनि सरोकारवालाको ध्यान पुगेको छैन। चार दशकअगाडि नै निर्माण भएको उक्त सडकको दुई किनारामा लगाएका आँपका फल लाग्ने रुख मासिँदै गएका हुन्। हाँगा दाउराका लागि र पात बाख्रालाई खुवाउन काट्न थालेपछि बर्सेनि रुख मासिँदै जान थालेका हुन्।
मुक्त हरवा–चरुवा : काम खोसियो, ऋणमा डुबाइयो
हरवा–चरुवा मुक्त घोषणाको नौ महिना बितिसक्दा पनि पुनर्स्थापनाका निम्ति कुनै प्रकारको काम अगाडि नबढाइएको कारण श्रम खोसिएको ठहरमा हरवा–चरुवा अगुवाहरू पुगेका छन्।
सप्तरीमा आँपको उत्पादन बढ्ने अनुमान
सप्तरीमा यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसान उत्साहित भएका छन् । आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका हुन् ।
हाकिमलाई क्वाटर भित्रै थुनेर ड्राइभर फरार
देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई आफ्नै क्वाटरमा थुनेर निजी चालक फरार भएका छन् ।
पर्यटनमन्त्री किरातीद्वारा ताल अवलोकन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले डुङ्गा (बोट)मा सयर गर्दै सर्लाहीको बागमतीस्थित निर्माणाधीन माछा पोखरीको अवलोकन गर्नुभएको छ। पछिल्लो समय नेपाली र भारतीय पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको निर्माणाधीन माछा पोखरीमा मन्त्री किरातीले डुङ्गामा सयर गर्दै अवलोकन गर्नुभएको हो। बागमती नगरपालिका–१२ मा निर्माणाधीन यो माछा पोखरी ‘भरत ताल’को नामबाट प्रख्यात छ।
अनियन्त्रित डढेलो बढ्यो जोखिम
जिल्लाको जङ्गली क्षेत्रमा लागेको डढेलोले वनमा ठूलो नोक्सान पु-याएको छ। हिउँद गएदेखि फाट्टफुट्ट रूपमा देखा परेका डढेलो अहिले राजमार्गको उत्तरतर्फ प्राकृतिक वन र दक्षिणको सागरनाथ वन विकासको जङ्गलसम्म फैलिएको छ। डढेलो नियन्त्रणमा आफूहरू दिनरात नभनी खटेको वन कर्मचारीको दाबी छ। फेरि पनि हरेक वर्ष समस्याको रूपमा देखा पर्ने डढेलोले चिन्ता थप्दै लगेको छ।
फागुनमै अत्यधिक गर्मी
सर्लाहीसहित तराईका जिल्लामा यस वर्ष फागुन नसकिँदै अत्यधिक गर्मी हुन थालेको छ। गएको भदौदेखि वर्षा नभएपछि तराई क्षेत्रमा उखरमाउलो गर्मी हुन थालेको हो। फागुन महिनामै दिउँसो बाहिर निस्कनै गाह्रो पर्ने गरी चर्को घाम हुने गरेको हुँदा तराईवासी प्रभावित हुन थालेका छन्। चर्को घाम लाग्दा तराई क्षेत्रको तापक्रम दिनहुँ बढ्दो क्रममा छ। सोमबार मध्याह्न सर्लाहीको तापक्रम ३४ डिग्री सेल्सियस मापन गरिएको छ। हरिपुर नगरपालिका–५, असन्माकी प्रमिलादेवी माझीले फागुनमै अत्यधिक गर्मी भएको पहिलो पटक महसुस गरेको बताउनुभयो।
मुख्यमन्त्रीद्वारा अस्पतालको आकस्मिक निरीक्षण
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक निरीक्षण अनुगमन गर्नुभएको छ ।
एक साताभित्र कांग्रेस सरकारमा सहभागी हुन्छ : कांग्रेस नेता रिजाल
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य रमेश रिजालले नेपाली कांग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताउनुभएको छ ।
आधुनिक हरित गृह निर्माणाधीन
बर्दिबासमा अत्याधुनिक कृषि प्रणालीसहितको हरित गृह (ग्रिन हाउस) स्थापना गरिएको छ। आधुनिक कृषि प्रणालीसहितको समायोजन केन्द्र (सेन्टर अफ एक्सिलेन्ट) बनाउने उद्देश्यले बर्दिबासमा स्थापना गरिएको ‘मोडेल एग्रो भिलेज’अन्तर्गतको यो महत्वाकाङ्क्षी परियोजना हो। यसका लागि बर्दिबास–७ स्थित किसान नगरमा ‘बागवानी उत्कृष्टता केन्द्र’ (सेन्टर अफ एक्सिलेन्स फर हर्टिकल्चर) निर्माणाधीन छ।
फोनिजको विधान सम्मेलन सम्पन्न
सर्लाहीको हरिवनमा आइतबार आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को नीति तथा विधान सम्मेलन सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको सम्मेलन १३ बुँदे हरिवन घोषणापत्र जारी गर्दै आइतबार साँझ अबेर सम्पन्न भएको हो ।
चुरे अभियान्ता तथा भूमिहीन सुकुम्वासीद्वारा मन्त्रालयमा धर्ना
चुरे तथा वन जङ्गल संरक्षण अभियानका अभियान्ता तथा भूमिहीन सुकुम्वासीले मधेश प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अगाडि धर्ना दिएका छन्।
निर्माण सम्झौताको अढाई वर्षपछि बिजुलीको खम्बा सार्न सुरसार
विकास निर्माणका काममा सहकार्य र सहजीकरणको अभाव हुँदा योजना सुरु भएको अढाई वर्षभन्दा बढी समयपछि मात्र कञ्चनपुरको महेन्द्रनगरमा बिजुलीको खम्बा स्थानान्तरणका लागि अग्रसरता देखाइएको छ ।
बर्दिबासको जग्गा वर्गीकरण सम्पन्न
बर्दिबास नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको छ । भू–उपयोग नियमावली २०७९ ले निर्देश गरेको मापदण्डको आधारमा जग्गा वर्गीकरण सम्पन्न गर्ने बर्दिबास मधेस प्रदेशकै पहिलो स्थानीय तह भएको जनाइएको छ ।