• ११ मंसिर २०८१, मङ्गलबार

राजदेवी मन्दिरमा चोरी गर्ने गिरोह पक्राउ

blog

चोरिएका सामानसहित चोरी आरोपमा पक्राउ परेकाहरु । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, फागुन २० गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१, रमदैयास्थित प्रसिद्ध राजदेवी मन्दिरबाट भगवानको मुर्तिसहित चाँदीका गरगहना चोरी गर्ने पाँचजनालाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

प्रहरीले शनिबार जनकपुरस्थित जिल्ला प्रहरी कार्यालय धनुषमा पत्रकार सम्मेलनको आयोजना गरेरे मन्दिरबाट चोरी भएको सामान, एक थान बन्दुक र घरेलु हतियारसहित उनीहरुलाई सार्वजनिक गरेको हो । 

आइतबार राती मन्दिरमा चोरी भएको थियो । सो चोरी घटनामा संलग्न रहेको आरोपमा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–४, बस्ने ३० वर्षीय सरिफ मुसलमान, सोही नगरपालिका–५, का ३७ वर्षीय रजाक मोहमद, विदेह नगरपालिका–४, सुन्दरपुरका २१ वर्षीय मोहमद हबगुल्ला शाह, सोही नगरपालिका–४, का २२ वर्षीय नर्मुदिन शाह र कमला नगरपालिका–७ हथमुन्डाका २२ वर्षीय रमेशकुमार महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वेदप्रसाद गौतमले बताउनुभयो । 

जिल्लाबाट खटिएको प्रहरी टोली जनकनन्दनी गाउँपालिका–३ महुवास्थित भारतीय सिमान नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो । योजनावद्ध तरिकाले भारत प्रवेश गर्न महुवास्थित सीमा नजिकमा रहेको रेल्वे ट्रयाकको बाटो हुँदै गइरहेको अवस्थामा मन्दिरबाट चोरी भएका सामानसहित पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । 

राजदेवी मन्दिरमा चोरी भएको अघिल्लो रात जनकपुर उपमहानगर–१२, हनुमानगढीस्थित हनुमान मन्दिरमा समेत यसै समुहले चोरी गरेको हुनसक्ने अनुमान गरिएको भन्दै प्रहरी प्रवक्ता गौतमले चोरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।  राजदेवी मन्दिरबाट