शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी), मङ्सिर २८ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मिलको फित्तामा अल्झिएर एक जना वृद्धको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर ८ स्थित गम्हरीया प्रवाहा घर भएका ८० वर्षीय बिन्देश्वर यादवको शनिबार साँझ मिलको फित्तामा अल्झिएर मृत्यु भएको हो ।
आफ्नै धान कुट्ने मिलको (पट्टा) फित्तामा यादवले लगाएको धोती अल्झिन गई गम्भीर घाइते भएपछि उहाँलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो ।
अस्पतालमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
उहाँले आवश्यक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।